के मेरो सपना पूरा होला त ?
एक दिन अवश्य जाने छु… आँसु खस्ने मुहारमा हाँसो साट्न, बा र आमालाई सुखमा राख्न । दुःख, कष्ट र बेदाना निचोड्दा निस्किएको रस पिएर, बालाई चप्पल, आमालाई सारी फेरिदिने धोको लिएर । जाने छु, संघर्षका सहर, भारी अनि मिठो सपनाको झोला लिएर । अब त ! ठाउँ पनि बिरानो भयो । आफ्नै इष्टमित्र, गाउँ पनि बिरानो भयो । आँखा भरी आँसु बग्दा पुछ्ने को छ र यहाँ, आफू बाहेक अरुकोनी मन दुख्छ भनी सोच्ने को छ र यहाँ । सफलताको शिखर चढ्न खोजिरा छु यहाँ, पाइला रोकिँदा अघि बढाइ दिने को छ र यहाँ । एक्लो पारी जाने त धेरै हुन्छन्, हात समाई सँगै हिँड्ने को छ र यहाँ । देख्न त सबैले देख्छन्, खुसी छ भनेर अनुहार हेरी मनको पीडा बुझ्ने को छ र यहाँ ? उमेर सँगै काँध पनि भारी भयो चर्को घाममा तालु डढ्छ पैतालामा किला गड्छ मेरो सपना पनि अधुरो रह्यो । साथीहरू भन्छन्, भन् न ! सपना पुरा गर्ने हैन ? म भन्छु, बिपनाको ओइरो लागेको छ, सपना देख्ने साहस नै छैन । के मेरो सपना पुरा होला त ? कहिले होला मेरो सपना पूरा ?
रुटिन अफ नेपाल बन्द पुरुषतर्फका विजयी क्लाउड फ्याक्ट्रि महिला विजेता
काठमाडौं । आईटी टेक डिजिटल फुटसल प्रतियोगिता सनिबार सम्पन्न भएको छ । हडिगाउँमा आयोजना भएको प्रतियोगितामा केही उत्कृष्ट कर्पोरेट टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् । पुरुषतर्फको फाइनलमा आइएमई ग्रुपविरुद्धको फाइनलमा अरोएनबि विजयी भएको हो । क्लाउड फ्याक्ट्रीले प्रतियोगिताभर आफ्नो असाधारण सीप र टिमवर्क देखाएर महिला उपाधि जितेको हो । यो कार्यक्रम फुट(टेक फुटसलको पहिलो संस्करण थियो र यो वार्षिक कार्यक्रम निरन्तर अर्को वर्ष पनि गर्दै लाने कुरा आयोजक ‘लेट्स प्ले स्पोर्टस्’ ले निर्धारण गरेको छ । यो प्रतियोगिताले आगामी दिनमा पनि आईटीरटेकरडिजिटल कम्पनीहरूलाई स्वस्थ प्रतिस्पर्धामा संलग्न हुन र टिमवर्क र खेलकुदलाई प्रवर्द्धन गर्न प्लेटफर्म प्रदान गर्दछ। ‘फुट(टेक फुटसल २०२३ को सफलताबाट हामी हर्षित छौं र विजेता टोलीहरूलाई बधाई दिन चाहन्छौं’, कार्यक्रममा आयोजक लेट्स प्ले स्पोर्टस्का नरेश खनालले भने। यो कार्यक्रम ‘म सतर्क छु’ अभियानको एक पाटो थियो, जसको उद्देश्य डिजिटल साक्षरता र इन्टरनेट सुरक्षाको बारेमा आम जनतामा चेतना जगाउने हो। फुट(टेक फुटसल २०२३ खेलकुदमा प्रविधिको शक्ति प्रदर्शन गर्ने र डिजिटल साक्षरताको महत्त्वबारे चेतना जगाउने उत्कृष्ट अवसर थियो।
तीन पुस्ते कलाकारको सामुहिक चित्रकला प्रर्दशनी
काठमाडौं । तीन पुस्ते कलाकारको सामुहिक चित्रकला प्रर्दशनी सुरु भएकाे छ । २५६७ औं बुद्ध जयन्तिको अवसरमा नेपाली कला आकाशको तीन पुस्ता कलाकारहरुद्वारा सृजना गरिएका कलाकृतिको सामुहिक प्रर्दशनी ३ जेनेरेशन अन्डर द फुल मुन शीर्षकमा यहि बैशाख २२ गते सम्पन्न भएको हाे । उक्त प्रर्दशनीको उद्घाटन नेपालका लागि जर्मन राजदुत डा. थोमस प्रिन्ज र नेपाल जर्मन चेम्वर अफ कमर्स एण्ड ईन्डष्ट्रिजका अध्यक्ष सन्तोष कुंवरद्वारा संयुक्त रुपमा मोक्षको विन्स हर्स ग्यालरी, झम्सीखेलमा गरेका थिए । प्रर्दशनी जेठ १२ सम्म रहनेछ । प्रर्दशनीको संयोजन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व संस्थापक कुुलपति किरण मानन्धरले गर्नु भएका थिए भने कलाकार संयोजन प्राज्ञ सुषमा राजभण्डारीले गरेका थिए । प्रर्दशनीको अवधारणा र शिर्षक कलाकार उमेश श्रेष्ठले गरेका थिए । प्रर्दशनीमा पहिलो पुस्ताका कलाकारहरु कलाकारहरु किरण मानन्धर,विजय थापा, गोविन्दलाल सिं डंगोल, कृष्ण मानन्धर, श्यामलाल श्रेष्ठ, गौतमरत्न तुलाधर, विपिन घिमिरे, आईविमल्ल, राधेश्याम मुल्मी, शशी शाह, रागिनी उपाध्याय दोस्रो पुस्ताका कलाकारहरु हरिजंग बमजम, एससीसुमन, डा.सिमा शाह, सुषमा राजभण्डारी, उमाशंकर शाह, उमेश श्रेष्ठ तथा तेस्रो पुस्तका कलाकारहरु अनिता भट्टराई,गौरव तुुलाधर, कौशल श्रेष्ठ,प्रविन श्रेष्ठ, राजेश मर्हजन, रत्न शाक्य, शंकर श्रेष्ठ, सुर्य दुराज, सुष्मिता कंवरका चित्रहरु प्रर्दशनीमा रहेका छन् ।