काभ्रे दुर्घटना अपडेटः थप एकको मृत्यु

काठमाडौं । काभ्रेको बीपी राजमार्ग सडकखण्डमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । शुक्रबार दिउँसो २ बजे बनेपाबाट रोशी सुगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खस्दा दुर्घटनाग्रस्त भएको थियो। २४ जना सवार मध्ये दुर्घटनामा ८ जनाको मृत्यु र १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रवक्ता रविन विष्टले जानकारी दिए ।  उनका अनुसार घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।   

काभ्रेमा बस दुर्घटना, सात जनाको शव फेला

काठमाडौं । काभ्रेमा बस दुर्घटना भएको छ । बनेपाबाट रोशी गाउँपालिकाको खार्पा चोक जाँदै गरेको बस दुर्घटनामा परेको हो ।  सडकबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनास्थलमा सात जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ ।  घाइते १५ जनालाई उपचारका लागि अस्पताल पठाइएको प्रवक्ता रविन विष्टले जानकारी दिए । घटनास्थलमा प्रहरीमार्फत उद्धार कार्य जारी रहेको उनले विकासन्युजलाई जानकारी दिए । घटनास्थलमा उद्धार कार्य भइ रहेकाले थप विवरण आउन बाँकी रहेको उनले बताए ।

शुलभको दावी– चेकमा हस्ताक्षरमात्र गर्थेँ

काठमाडौं । शुलभ अग्रवालले दीपक भट्टसँग व्यावसायिक क्रममा चिनजान भएको बयान दिएका छन् । काठमाडौं जिल्ला सरकारी वकिलले अदालतमा पेश गरेको अभियोग पत्रमा उनले व्यापार व्यवसायको क्रममा चिनजान भएको उल्लेख गरेका हुन् । भट्टसँग चिनजान भएपछि सापटी रकम दिने गरेको उनले बताएका छन् । आफ्नो संलग्नतामा सौर्य सिमेण्ट, ऋद्धिसिद्धि सिमेण्ट, जगदम्बा सिन्थेटिक र एसजी वर्ल्ड लगायतका कम्पनीहरू रहेको उनको भनाइ छ । ‘अन्दाजी ३० वटा प्रालि कम्पनीहरू हुनुपर्छ, अन्यको नाम हाल याद भएन । अंशबण्डा भएपछि सो कम्पनीमा पछि भाइ शाहिल अग्रवालको भागमा पर्‍यो र निज समेतको नाममा दर्ता भयो,’ उनले बयानमा भनेका छन्, ‘मैले बेलायतमा अध्ययन सकाई नेपाल फर्केपश्चात सो कम्पनीमा बुवाले खाता संचालकमा मेरो नाम राख्नु भएको हुँदा हस्ताक्षरमा म समेतको नाम रहेको छ । मैले सुरुमा बुवाको र भाइ शाहिल अग्रवालको भागमा परे पश्चात भाईको आदेशले हस्ताक्षर गर्ने गरेको छु ।’ जगदम्बा स्टील्स लिमिटेडको चेकमा मात्र आफ्नो दस्तखत चल्ने र कुनै कारोबारमा हस्ताक्षर गर्ने नगरेको सुलभले बयानमा खुलाएका छन् । सुरुदेखि सो कम्पनीमा चेकमा दस्तखत गर्ने  (खाता सञ्चालक) को रूपमा मात्र रहेको उनले प्रस्ट पारेका छन् । मिसिल संलग्न रहेका एनआइएमबीको केवाइसी फर्म देखाउँदा थाहा पाएको सुलभले उल्लेख गरेका छन् । केवाइसी फर्ममा खाता सञ्चालक भएको नाम र डिक्लिर्यसनमा रहेको हस्ताक्षर आफ्नो रहेको उनले प्रस्ट बयान दिएका छन् । जगदम्बा स्टील्सको नाममा सञ्चालनमा रहेका खाताहरूमा हाल खाता सञ्चालक नभएको तर हस्ताक्षरकर्ता मात्र रहेको उनले बताएका छन् ।  ‘मेरो नाममा एनआइएमबी, प्रभु बैंक, कुमारी बैंक, सानिमा बैंक, ग्लोबल बैंक, एभरेष्ट बैंक, एनएमबी बैंक, सिटिजन्स बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक लगायतका बैंकहरूमा खाता सञ्चालनमा रहेका छन्,’ उनले भनेका छन् । जगदम्बा स्टील्सको एनआइएमबीको केवाइसी फर्ममा शुलभ अग्रवालसमेत शाहिल अग्रवाल, शंकरलाल अग्रवालको नाममा खाता सञ्चालकको रूपमा उल्लेख छ । उनले यो केवाइसी सन् २०१८ को भएको बताएका छन् । शुलभले भाइ शाहिल अग्रवाल र व्यवस्थापकको आदेशले मात्र चेकहरुमा दस्तखत मात्र गरेको बयान दिएका छन् । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कृषिव अग्रवालको खाता नम्बर ००१०५०३०२७४४५६ को चेकहरुमा भएको हस्ताक्षर आफ्नो रहेको स्वीकारेका छन् । कृषिव अग्रवाल मेरो जेठो छोरा रहेको र उक्त खाता छोरा नाबालक हुँदाको अवस्थामा खोलेको उनले बताए । दीपक भट्टले सापटी रकम माग गर्दा छोरा कृषिवको खातामा भएको रकम छोरालाई भनेर चेक मार्फत भुक्तानी गरिदिएको उनले बताएका छन् ।  ‘रकमको स्रोत सम्बन्धमा कारोबार हेर्नु पर्ने हुन्छ । दीपक भट्टले मलाई सापटी मागेको हुँदा उक्त रकम दिएको हुँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लि।को शुभी अग्रवालको खाता नं।००७०५०३०२७३४९७ को चेक न। ३०३०५७१०७८०५०१ भएको चेक दीपक भट्टले मलाई सापटी रकमको लागी आग्रह गरेको हुँदा मैले श्रीमती शुभी अग्रवाललाई आग्रह गरि उक्त रकम दिन लगाएको हुँ,’ उनले भनेका छन्, ‘म उद्योगी भएको हुँदा मैले दीपक भट्टलाई दिएको सबै रकमको स्रोत छ । जगदम्बा स्टील्स लिमिटेडले के कुन शीर्षकमा लिएको कर्जा रकम भुक्तानी गरेको मलाई थाहा छैन ।’