कामना सेवाका ग्राहकलाई सिद्धबाबा, सिद्धार्थनगर र लुम्बिनी अस्पतालमा विशेष छुट
काठमाडौँ । कामना सेवा विकास बैंक लि.ले सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि, सिद्घार्थनगर सिटी हस्पिटल प्रालि र लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रालिसँग स्वास्थ्य सेवा सम्बन्धी सम्झौता गरेको छ । सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले उपरोक्त संस्थाहरुबाट उपचार गराउँदा विशेष छुट पाउने छन् । सम्झौतापत्रमा कामना सेवा विकास बैंक लि.को तर्फबाट बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ प्रमुख सुवास भट्टराई र सिद्धबाबाको तर्फबाट अध्यक्ष रमेश श्रेष्ठ र संचालक दिपेश प्रधान, सिद्घार्थनगरको तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेल तथा लुम्बिनी सिटी अस्पताल एण्ड मेडिकल साइन्स प्रालिको तर्फबाट प्रमुख प्रशासक लोकनाथ भुषालले हस्ताक्षर गरेका छन् ।
नेपाल इन्भेष्टमेण्ट बैंकका ग्राहकलाई हाम्स हस्पिटलमा १० प्रतिशत छुट
काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि. र हाम्स हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता अनुसार बैंकका भिसा कार्ड/मास्टर कार्ड भएका ग्राहक, कर्मचारी तथा तिनका आफन्तले हाम्स हस्पिटलमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाउने छन् । सम्झौता पत्रमा नेपाल इन्भेष्टमेण्ट बैंक लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र हाम्सका तर्फबाट अध्यक्ष राजनसिंह भण्डारीले हस्ताक्षर गरेका छन् ।
हाम्रो अस्पतालमा जनता बैंकका ग्राहकलाई विशेष छुट
काठमाडौँ । जनता बैंक नेपाल लिमिटेड र हाम्रो अस्पताल प्रालि, बिराटनगरबीच स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा हाम्रो अस्पतालका सञ्चालक डा. शंकरप्रसाद अधिकारी र बैंकको तीनपैनी शाखाका शाखा प्रमुख प्रशान्त शर्माले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालहरुबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट सुविधा अस्पतालबाट प्रदान गरिने सम्पूर्ण ओपीडी सेवा, ल्याव, भर्ना भई गरिने उपचार सेवा तथा अप्रेशनमा प्रदान गरिने बताइएको छ । छुट सुविधा अस्पतालको बिल भुक्तानीको क्रममा ग्राहकले एटिएम कार्ड अथवा ग्राहक खुल्ने कागजात पेश गरी लिन सक्ने बैंकले जनाएको छ ।