एनसीसी बैंकका ग्राहकलाई ह्याम्स अस्पतालमा विशेष छुट

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक) र ह्याम्स अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरmलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र ह्याम्स अस्पतालका तर्फबाट अध्यक्ष आरएस भण्डारीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकहरmले ह्याम्स अस्पतालका सेवाहरmमा विशेष छुट पाउनेछन् । बैंकका ग्राहकहरmले उक्त छुट बैैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

ग्रीनसिटी अस्पतालमा निशुल्क शल्यक्रिया, रविनाले पाइन् नयाँ जीवन

काठमाडौँ । आठ बर्षसम्म जीबन मरणको संघारमा रहेकी दाङ्ग जिल्ला तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ की रविना योगीले मलद्धारको शल्यक्रिया भएपछि नयाँ जीबन पाएकी छन् । आर्थिक अवस्था अत्यन्त कमजोर रहेको परिवारको सदस्य रहेकी योगीको अबस्थाको जानकारी पाउना साथ बसुन्धरा स्थित ग्रीनसिटी अस्पतालले आफ्नै अस्पतालमा बोलाई उनको निःशुल्क अप्रेशन गरिदिएपछि उनको परिवारले आफनो छोरीले नयाँ जीवन पाएको बताएको छ । बरिष्ठ वालशल्य चिकित्सक डा. गेहराज दाहालको नेतृत्वमा एनेस्थेसियामा डा. आशिष अमात्य र स्टाफ नर्सहरुको टोलीले पाँच घण्टा लगाएर उनको मलद्धारको अप्रेशन गरिएको थियो । त्यसअघि उनलाई अन्य बिभिन्न अस्पतालमा उपचारका लागि लगिएको तर अप्रेशन सफल हुन नसकेको योगीका परिवारले बताएका छन । ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले यस्तो खालको सेवागर्ने अबसर अस्पताले पायो भने जुनसुकै बेला तयार रहेको बताए । ग्रीनसिटीले यसअघि आर्थिक विपन्नताका कारण लामो समयसम्म उपचार नपाएका मलद्वार विहिनदुई दलितवालिकाहरु ९ महिना उमेरकी लोकमाया सुनार र १३ वर्षिया लिला विकको निःशुल्क उपचार गरेको थियो । कुपण्डोलको सडकमा खुट्टा सुनिएको अबस्थामा मागेर बसेका दष्टिबिहीन दम्पत्ति सन्त मुखिया र उनकी श्रीमतीलाई १५ दिन सम्म अस्पतालमै भर्ना गरी पुर्ण स्वास्थ्य बनाएर पठाइएको थियो भने अहिले सम्म १८ वटा मुटुको अप्रेशन निुशुल्क गरिएको अस्पातालले जनाएको छ ।

नवीकरण नगराएका निजी स्वास्थ्य संस्थालाई सात दिनभित्र बन्द गर्न निर्देशन

काठमाडौं । लामो समयदेखि नवीकरण नगराएका निजी स्वास्थ्य संस्थाहरुलाई सात दिनभित्र बन्द गर्न सिरहास्थित जिल्ला स्वास्थ्य कार्यालयले निर्देशन दिएको छ । नवीकरणका लागि पटक–पटक ताकेता गर्दा पनि बलमिच्याईं गरेर सञ्चालन गरिरहेको जिल्लाका आठ अस्पताल र छ पोलिक्लिनिकलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिएको हो । लहानस्थित लहान लाइफ केयर हस्पिटल, डिभाइन हस्पिटल केयर, फ्रेण्डस हस्पिटल, कामना नर्सिङ होम, सिरहाको गोलबजारस्थित सगरमाथा मोडेल हस्पिटल, माँ धमिनी हस्पिटल, मिर्चैयास्थित रेखा नर्सिङ केयर एण्ड डाइग्नोस्टिक सेन्टरलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिइएको जिल्ला स्वास्थ्य अधिकृत उमेशलाल कर्णले जानकारी दिएका छन । त्यसैगरी लहानस्थित आदित्य मेडिकेयर सेन्टर, वेष्ट राधा कृष्ण डेण्टल क्लिनिक, अलफ्रेण्ड हेल्थ केयर र मिर्चैयास्थित सहलेश पोली क्लिनिक पनि बन्द गर्न निर्देशन दिइएको उनले बताए । नवीकरण नगराएका स्वास्थ्य संस्थालाई दुई महिनाको समय दिइए पनि अटेर गरेकाले कानूनबमोजिम बन्द गरी सम्बन्धित कार्यालयमा जानकारी गराउन आग्रह गरेका छन् । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेशलाई सुखी र समृद्ध बनाउने प्रदेश सरकारको लक्ष्य रहेको बताए ।सप्तरीको मलेठ घटनाका शहीदहरुको स्मृतिमा प्रदेश सरकारले निर्माण गर्न लागेको शहीद स्तम्भ शिलान्यासका क्रममा सोनलले प्रदेशलाई सुखी र आर्थिक रुपमा सम्बृद्ध बनाउन सकिए मात्र शहीदको सपना पूरा हुने भएकाले त्यहीअनरुप प्रदेश सरकारले योजनाहरु बनाएको बताएका हुन् । यसरी आफूहरुले संविधान संशोधनको मुद्दामा अझै सङ्घर्ष जारी राखेका छौँ भन्दै राजपाका नेतासमेत रहेका मन्त्री सोनलले संविधान संशोधन नभए आन्दोलनमा उत्रिने चेतावनी समेत दिए । गत २०७३ साल फागुन २३ गते तत्कालीन एमालेको मेची महाकाली अभियानका क्रममा प्रहरी र संयुक्त मधेशी मोर्चाका कार्यकर्ताबीच झडप हुँदा प्रहरीको गोली लागेर पाँच जनाको मृत्यु भएको थियो । सो घटनामा शहीद भएकाहरुको सम्झनामा प्रदेश २ सरकारले घटनास्थलमा शहीद स्तम्भ निर्माण गर्न लागेको हो । रासस