ग्लोबल आइएमईका ग्राहकलाई सुमेरु अस्पतालमा १० प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लि. र सुमेरु अस्पताल प्रालिबीच अस्पतालले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकको कार्ड बिक्रि तथा बजार प्रबद्र्घन विभाग प्रमुख नवीन सुवेदी र सुमेरु अस्पताल प्रालिका निर्देशक दिलिप डंगोलले हस्ताक्षर गरेका छन् । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ÷संस्थाहरुसँग समन्वय गरी यस्ता योजनाहरु ल्याउने गरेको जनाएको छ । उक्त सम्झौता पश्चात सुमेरु अस्पताल, धापाखेल, ललितपुरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने छन् ।

बढी मुल्यमा डेंगु किट बेच्ने स्वास्थ्य संस्थालाई कारबाही हुन्छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं। डेंगु रोगको किटलाई भएको भन्दा बढी रकममा बेच्ने अस्पताल तथा मेडिकल कलेजलाई कारबाही गर्ने चेतावानी दिएको छ। बढी मुल्य लिएर किट बेचेको उजुरी बढ्दै गएपछी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पर्ने भन्दा बढी मुल्यमा बेचिएको पाईएमा कारबाही गर्ने चेतावनी दिएको हो। मन्त्रालयले सोमबार विज्ञप्ती जारी गर्दै यस्तो भएको पाईएमा संस्थालाई कालोबजारीको कुसुरमा कारबाही गर्ने बताएको छ। केही हप्ता अघि सुनसरी क्षेत्रमा फैलिएको डेंगु रोगको अवस्थालाई हेरेर स्वास्थ्य संस्थाहरुले ४०० पर्ने किटलाई १८०० देखी २४०० लिएको गुनासोहरु आईरहेका छन्। पुर्वको सुनसरी जिल्लामा गत बैशाख ३० देखी डेंगु महामारीको रुपमा फैलिरहेको छ। हाल सम्म उक्त स्थानमा ५७६ जनामा डेंगु पोजिटीभ देखिएको छ यधापी कसैको मृत्‍यु भने भएको छैन। बर्षायाम समयभन्दा अगाडि भएको कारण लामखुट्टेहरु सक्रिय भएर डेंगुले महामारीको रुप लिएको सरुवा रोग बिशेषज्ञ बताउँछन्।

सिटिजन्स बैंकका ग्राहकलाई गोल्डेन हस्पिटल प्रालि बिराटनगरमा विशेष छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र गोल्डेन हस्पिटल प्रा.लि, बिराटनगर, मोरङ्गबीच सहकार्य गर्ने सम्बन्धी सम्झदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पश्चात बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले गोल्डेन हस्पिटल प्रालिमा उपचार गराउँदा विशेष छुट पाउने छन् । यस किसिमको सहकार्यबाट बैंककाग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकिङ सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना ८१ वटा शाखा, ७६ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिब चार लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।