काठमाडौं । बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्यले आर्या फार्माल्याबले नेपाल सरकारलाई ८२ लाख रुपैयाँभन्दा बढी मूल्यका औषधि सहयोग गरेको छ ।
कम्पनीले बाढी तथा विपद् प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकका लागि आवश्यक स्वास्थ्य उपचारसम्बन्धी ८२ लाख ५१ हजार ७५० रुपैयाँ बराबरका औषधि उपलब्ध गराएको जनाएको छ ।
प्रभावित नागरिकको स्वास्थ्य उपचारमा थप सहयोग आवश्यक परे उपचारमा प्रयोग हुने उपकरण तथा औषधिसमेत सहयोग गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ ।
विपद्को समयमा प्रभावित नागरिकलाई आवश्यक औषधि तथा स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न गरिएको सहयोगबाट स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमार्फत प्रभावित समुदायलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने कम्पनीको विश्वास छ ।
कम्पनीले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै गरिएको सहयोगले राहत तथा पुनस्र्थापनाका कार्यमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरेको छ ।
आर्या फार्माल्याबले विपद्को कठिन घडीमा प्रभावित नागरिक तथा परिवारप्रति ऐक्यबद्धता जनाउँदै स्वास्थ्य सुरक्षाका लागि आवश्यक सहयोगमा निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ ।