चालु आर्थिक बर्षमा १ हजार ५७ मुटुको शल्यकृया, १ लाख भन्दा बढीलाई ओपिडी सेवा
काठमाडौं। चालु आर्थिक बर्षमा १०५७ बिरामीको मुटुको शल्यकृया भएको छ। सोमबार संसदमा प्रकाशित आर्थिक सर्वक्षणले आर्थिक बर्ष २०७५/७६ को फागुन महिना सम्मामा १०५७ बिरामीको मुटुको शल्यकृया भएको देखाएको हो। सर्वक्षण अनुसार यसमा १५ बर्ष मुनिका ६०१ बालबालिकाको र ७५ बर्ष भन्दा माथिको ४५६ बिरामीको मुटुको शल्यकृया भएको देखाएको हो। आर्थिक बर्ष २०७५/७६ को फागुनसम्म १ लाख ४ हजार ४ सय ७४ मुटुको बिरामीहरुलाई बहिरङ्ग मार्फत स्वास्थ्य सेवा उपलब्ध गराईएको छ। त्यस्तै ११८८ बिरामीको विभिन्न खाले मुटुको शल्यकृया तथा ५१२९ बिरामीको क्याथल्याब मार्फत उपचार गरिएको छ। यस अवधिमा १२५७ विद्यार्थीको एन्जियोप्लास्टिक र १९३५ बिरामीको क्याथल्याब गरिएको छ। यस्तै ४४३३ विपन्न नागरिकले मुटुको उपचारको लागि औषधी उपचार खर्च पाएका छन्।
ज्योति लाइफका ग्राहकलाई लुम्बिनी हस्पिटलमा विशेष छुट
काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स र बुटवल स्थित लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्ड बाहक तथा निजका परिवारका सदस्यहरुले अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन् । सम्झौतापत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाशबिक्रम खत्री र अस्पतालका कार्यकारी निर्देशक भीम तुलाचनले हस्ताक्षर गरेका छन् ।
अर्को वर्ष सबै जिल्लामा स्वास्थ्य बीमा, बजेट मार्फत घोषणा गरिने
काठमाडौँ । अर्को वर्ष सबै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम पुग्ने भएको छ । यसअघिको लक्ष्यअनुसार स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुन नसकेपछि सरकारले अर्को वर्षका लागि पुनः लक्ष्य तय गर्ने भएको हो । सरकारले आगामी वर्षको बजेटमार्फत उक्त घोषणा गर्न लागेको हो । नमुनाका रूपमा ०७२ चैतदेखि कैलालीबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको थियो । त्यतिबेला तीन वर्षभित्र सबै नेपालीको स्वास्थ्य बिमा गर्ने सरकारको योजना थियो । यसअघि तोकिएको अवधि ०७५ चैतमा सकिएको छ । बिमा कार्यक्रम भने ४६ जिल्लामा मात्र फुगेको छ । सोही कार्यक्रमको निरन्तरताका लागि सरकारले आगामी वर्ष सबै जिल्लामा स्वास्थ्य बिमा कार्यत्रम पुर्याउने योजना बनाएको हो । ‘गत वर्ष विभिन्न अवरोध भएकाले लक्ष्यअनुसार कार्यक्रम सञ्चालन हुन पाएन,’ स्रोतले भन्यो, ‘आगामी वर्ष जसरी भए पनि सबै जिल्लामा फुर्याइनेछ ।’ ०७६ वैशाखदेखि सरकारले ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ । सोही कार्यत्रम विस्तार र प्रभावकारिताका लागि पनि आगामी बजेटमा प्राथमिकता पाउने स्रोतले बताएको छ । वैशाखदेखि सरकारले ७० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम ल्याए पनि सबै नागरिकले उक्त सुविधा पाउन सकेका छैनन् । सरकारले स्वास्थ्य बिमा बोर्डमार्फत ऊक्त कार्यत्रम सञ्चालन गरेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।