बैंकले पैसा माग्न छाडे
नागरिक लगानी कोष (सीआईटी) आजभन्दा ३५ वर्ष अगाडि प्रजातन्त्रको पुनःस्थापना भई बनेको सरकारले तत्कालीन अवस्थामा देश विकासको प्रक्रियामा नागरिक समुदायलाई पनि जोड्ने उद्देश्यका साथ बचत परिचालन र लगानीका अवसर सबैलाई उपलब्ध गराउनुपर्छ भन्ने उद्देश्य राखेर स्थापना गरेको हो । सुरुमा नागरिक लगानी कोष स्थापना गर्दा निजामती कर्मचारीहरूको तलबबाट सानो रकम कट्टी गरी कोषले आफ्नो कारोबार सुरु गरेको हो । कोषको ऐन बन्ने क्रममा मुलुकमा पुँजी बजार बामे सर्ने अवस्थामा थियो र नागरिक लगानी कोषलाई पुँजी बजारको विकासमा पनि योगदान पुर्याउने गरी कार्यक्षेत्र तोकिएर ऐन तर्जुमा भएको पाइन्छ । वि.सं २०४९ सालतिर नेपालमा विभिन्न स्थापित बैंक तथा वित्तीय संस्था र अन्य केही संस्थाहरूले पनि सेयर निष्कासन गरी पुँजी संकलन गरिरहेका थिए । पुँजी बजारको काम गर्ने कुनै पनि संस्था तत्कालीन समयमा स्थापना भएका थिएनन् । नागरिक लगानी कोषले सुरुमा सेयर निष्कासन गर्ने संस्थाहरूलाई मर्चेन्ट बैंकरको सुविधा उपलब्ध गराएर सेयर निष्कासनकर्ता, सेयर व्यवस्थापक, सेयर रजिस्ट्रारको रूपमा पनि काम गरेको थियो । उक्त कार्य हाल पनि निरन्तर रूपमा अघि बढिरहेको छ । सुरुमा निजामती कर्मचारीको तलबबाट कट्टी गरेर जम्मा गरिएको कोषमा अवकाश कोषसँग सम्बन्धित विभिन्न किसिमका योजनाहरू ३५ वर्षको अवधिमा क्रमशः थपिँदै आएका छन् । हाल कर्मचारी बचत वृद्धि अवकाश कोष, उपदान तथा पेन्सन कोष योजना, लगानीकर्ता अवकाश कोष योजना, नागरिक एकांक योजना, नागरिक पेन्सन योजना, राष्ट्रसेवक कर्मचारीको सावधिक जीवन बीमा, नार्क बीमा योजना गरी ७ वटा छन् । यी योजनाहरूमा पुँजी बजारसँग सम्बन्धित नागरिक एकांक योजना (म्युचुअल फण्ड) पनि समावेश छ भने अन्य अवकाश कोषका रूपमा रहेका छन् । यी योजनाबाट कोषले झण्डै ३ सय अर्ब रुपैयाँ फण्ड संकलन गरेको छ । सुरुवाती अवस्थामा १ करोड ४० लाख रुपैयाँ पुँजीबाट स्थापना भएको संस्थाले आज आफ्नो पुँजीको आकार विस्तार गर्दै ६ अर्ब ८० करोड ५७ लाख रुपैयाँ पुर्याएको छ । नागरिक लगानी कोषका सहभागी सदस्यहरू करिब ७ लाख पुगेका छन् । नागरिक लगानी कोषले सांगठनिक रूपमा ठूलो फड्को मारेको छ । भाडाको दुई कोठाबाट सुरु भएको कोषले आज आधुनिक भवनबाट कार्य सञ्चालन गरिरहेको छ । सातै प्रदेशमा शाखा सञ्जाल विस्तार गरी सेवा प्रवाह गरिरहेको छ । संकलित रकमलाई विभिन्न क्षेत्रमा लगानी गरिएको छ । हाल करिब ५० प्रतिशत लगानी वाणिज्य बैंकहरूको मुद्दती निक्षेपमा रहेको छ । २२ प्रतिशत लगानी सहभागीहरूलाई कर्जाको रूपमा उपलब्ध गराइएको छ । नेपाल सरकारका ट्रेजरी बिल तथा ऋणपत्रमा ९१० प्रतिशत लगानी गरिएको छ । साथै इक्विटी तथा विभिन्न संस्थाहरूले निष्काशन गर्ने डिबेन्चरमा पनि करिब ९-१० प्रतिशत लगानी रहेको छ । मुद्दती निक्षेपमा ५० प्रतिशत लगानी केन्द्रित हुनु एकै ठाउँमा लगानी खन्याइएको रुपमा उठाइएको छ, र यो यथार्थ पनि हो । विगतदेखि मुद्दती निक्षेपमा निर्भरता बढी रहेको छ । यसलाई घटाएर लगानी विविधीकरण गर्ने प्रयास भइरहेको छ । सरकारका प्राथमिकता क्षेत्र पूर्वाधार र उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्ने दिशामा काम भइरहेको छ । पछिल्लो समय जलविद्युत परियोजनाहरूसँग छलफल बढाइएको छ र एउटा परियोजनामा वित्तीय समापन (फाइनान्सियल क्लोजर) गरिएको छ । तर, नेपालका जलविद्युत परियोजनाहरूमा इक्विटी परिचालनपछि मात्रै डेब्ट प्रयोग हुने हुँदा कर्जा प्रवाहमा ढिलाइ भएको छ । उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्न प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटललाई पनि माध्यमका रूपमा लिइएको छ । यस सम्बन्धमा नीतिगत परिमार्जन गरिएको छ । ऐनमा स्पष्ट व्यवस्था नभएकाले संशोधन प्रक्रिया अघि बढाइएको छ । संसद् नभएका कारण ढिलाइ भएको भए पनि अब प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ । आन्तरिक रूपमा कोषले निरन्तर विकास गर्दै लगेको छ । यान्त्रीकरण र स्वचालनलाई उच्च प्राथमिकता दिइएको छ । दैनिक काम कारबाही आन्तरिक प्रणालीमार्फत सञ्चालन भइरहेको छ । सेवाग्राहीलाई प्रभाव गर्ने सेवाहरू डिजिटल माध्यमबाट उपलब्ध गराउने व्यवस्था गरिएको छ । तर, प्रणालीलाई अझ सुदृढ र उन्नत बनाउनुपर्ने आवश्यकता अझै रहेको छ । कोषको हिसाब-किताब पारदर्शी, अद्यावधिक र विश्वसनीय बनाउन ध्यान दिइएको छ । विगत दुई वर्षदेखि वार्षिक साधारण सभा समयमै सम्पन्न गरिएको छ । लेखा परीक्षण पनि समयमै सम्पन्न हुँदै आएको छ । नागरिक लगानी कोषले आफ्नो इतिहासमा सहभागी तथा सेयरधनीलाई निरन्तर राम्रो प्रतिफल प्रदान गर्दै आएको छ । नेपालको पुँजी बजारमा दिगो प्रतिफल दिने संस्थाका रूपमा पहिचान बनाएको छ । साथै, ठूला परियोजनामा लगानी गर्न सक्ने सक्षम संस्थाका रूपमा विकास भएको छ । तर, लगानी गर्दा सहभागीहरूको रकम सुरक्षित रहोस् भन्ने विषयमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । नागरिक लगानी कोष नेपालको आर्थिक विकासमा आवश्यक पर्ने ठूला-ठूला परियोजनामा लगानी गर्न सक्ने सक्षम संस्थाका रूपमा पनि विकास भएको छ । तर, लगानी गर्दा सहभागीहरूको रकम सुरक्षित रहोस् भन्ने विषयमा विशेष ध्यान दिनुपर्छ । त्यसकारण अनुकूल लगानी वातावरण आवश्यक छ । सरकारबाट यस्ता वातावरण सिर्जना भएमा अगाडि सारिएका ठूला परियोजनामा कोषले प्रभावकारी रूपमा लगानी गर्न सक्नेछ । यस अवधिमा कोषले हासिल गरेका सफलतासँगै विभिन्न चुनौतीहरू पनि रहेका छन् । सबैभन्दा ठूलो चुनौती भनेको मुद्दती निक्षेपमा बढी निर्भरता हो । पछिल्लो समय ब्याजदरमा आएको उच्च गिरावटका कारण आम्दानीमा कमी आउने अवस्था सिर्जना भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपको माग हुनै छोडेको छ, जसका कारण नागरिक लगानी कोषको ठूलो रकम निष्क्रिय (आइडल) हुने अवस्था आएको छ । कोषको आम्दानीमा ठूलो गिरावट आउने अवस्था छ । यसलाई हामीले बडो गम्भीर रूपमा व्यवस्थापन गर्नुपर्ने चुनौती हाम्रो सामु रहेको छ । अर्को चुनौती भनेको लगानी विविधीकरणको अभाव हो । समग्र अर्थतन्त्रमा लगानीको वातावरण अपेक्षाकृत नबढ्नु र कर्जाको माग कम हुनुका कारण लगानी विस्तार गर्न कठिन भएको छ । कोषजस्तै प्रकृतिका अन्य संस्थाहरू स्थापना भएका छन् । विशेषगरी सामाजिक सुरक्षा कोषसँग कार्यक्षेत्रमा केही दोहोरोपन देखिएको छ । केही नीतिगत व्यवस्थाका कारण सामाजिक सुरक्षा कोष आक्रामक रूपमा अगाडि बढिरहेको छ, जसले नागरिक लगानी कोषका सहभागीहरूलाई समेत प्रभाव पार्ने अवस्था देखिएको छ । नागरिक लगानी कोषमा आबद्ध भइसकेका संघसंस्थालाई सामाजिक सुरक्षा कोषमा पनि आबद्ध हुनुपर्ने, अन्यथा कोषको ऐनअनुसार कारबाही अगाडि बढाइने भन्ने विषय उल्लेख गरी पत्राचार गरिएको छ । यस अवस्थामा हाम्रा सहभागीहरूलाई संस्थामा टिकाइराख्नु (रिटेन गर्नु) अर्को महत्त्वपूर्ण चुनौती बनेको छ । यसका लागि नीतिगत स्पष्टता तथा कार्यक्षेत्रमा स्पष्टता आवश्यक रहेको छ । १० वर्षअघि स्वीकृत नागरिक लगानी कोषको संगठनात्मक संरचनाअनुसार काम गर्नुपर्ने अवस्था रहेको छ । त्यस्तै, १० वर्षअघि स्वीकृत दरबन्दीअनुसार नै काम गर्नुपर्ने अवस्था छ । सीमित जनशक्तिका कारण करार कर्मचारीमार्फत नियमित काम सञ्चालन गर्नुपरेको छ, जसले वित्तीय संस्थामा कोर कार्य सञ्चालन गर्न चुनौती थपेको छ । यस समस्या समाधानका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गरी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेश गरिएको छ । स्वीकृति प्राप्त भएपछि यसले संस्थालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । नागरिक लगानी कोषले नेपाल वायु सेवा निगमलाई ठूलो परिमाणमा कर्जा प्रवाह गरेको छ। सरकारको ग्यारेन्टीमा प्रवाह गरिएको १२ अर्ब रुपैयाँ हाल करिब २२ अर्ब रुपैयाँ बक्यौता रहेको छ। यसको असुलीलाई प्रभावकारी बनाउनु आवश्यक देखिएको छ। यसमा पनि हामीले सरकारबाट सहयोगको अपेक्षा गरेका छौं । अवकाश कोष सञ्चालन गर्ने नागरिक लगानी कोषमा केही आयकरसम्बन्धी विषयले अन्योलता सिर्जना गरेको छ । उपदान कोषमा उपदान भुक्तानी गर्दा लाग्ने करबारे पटक-पटक अदालतमा मुद्दा पर्ने अवस्था छ । पछिल्लो चरणमा आयकर ऐन तथा आर्थिक विधेयक संशोधनमार्फत केही स्पष्टता दिइएको भए पनि करसम्बन्धी अन्योलताका कारण सेवाग्राहीलाई सन्तोषजनक जवाफ दिन कठिन भएको छ । नागरिक पेन्सन योजना पनि सञ्चालनमा ल्याइएको छ, जसले स्वरोजगार तथा अनौपचारिक क्षेत्रका नागरिकलाई समेट्ने उद्देश्य राखेको छ । तर, यसलाई अपेक्षाअनुसार प्रभावकारी रूपमा विस्तार गर्न सकिएको छैन । यस योजनालाई सरकारबाट केही सुविधा प्राप्त भएमा दीर्घकालमा सरकारले दिनुपर्ने पेन्सनलाई प्रतिस्थापन (रिप्लेस) गर्न सक्ने उपयोगी उत्पादन बन्न सक्छ । कर नीतिमा स्पष्टता भएमा दीर्घकालीन रूपमा यो योजना प्रभावकारी हुन सक्छ । यदि यसमा सरकारको कर नीति लागू हुने हो भने दोहोरो कर लाग्ने समस्या आउने भन्दै सेवाग्राहीहरूले गुनासो गरेका छन् । समग्रमा, विभिन्न चुनौतीहरूका बाबजुद पनि कोष पारदर्शी, गुणस्तरीय सेवा प्रदान गर्दै सहभागी तथा सेयरधनीको हितमा काम गर्न प्रतिबद्ध छ । साथै, नेपालको आर्थिक विकासमा सहयोग पुर्याउने उद्देश्यका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं । (कार्की नागरिक लगानी कोषका कार्यकारी निर्देशक हुन् । कोषको ३६औं वार्षिकोत्सव अवसरमा राखेको धारणा)
३ अर्बसम्म कारोबार गर्ने नेपालका ८ ठूला औषधी उद्योग
काठमाडौं । कुनै समय नेपालमा बिरामी पर्दा उपचारका लागि या त जडिबुटीमा भर पर्नुपथ्र्यो या विदेशबाट आयातित औषधीको प्रतीक्षा गर्नुपर्थ्यो । तर समयसँगै परिस्थिति बदलिएको छ । नेपाली उद्योगी–व्यवसायीहरूले देशमै औषधी उत्पादन सुरु गरेपछि यस्तो बाध्यता धेरै हदसम्म हटेको छ । स्वदेशी औषधी उद्योगले नेपाली बजारमा मजबुत उपस्थिति बनाइसकेको छ । अहिले नेपाली औषधीले बजारको करिब ५० प्रतिशत हिस्सा ओगटेको छ भने क्यान्सरबाहेकका अधिकांश औषधी नेपालमै उत्पादन भइरहेका छन्। यद्यपि नेपालमै उत्पादन भइरहेका औषधीहरू अझै पनि भारतलगायत विभिन्न देशबाट आयात भइरहेको छ । कतिपय औषधी उद्योगहरूले नेपाली बजारमा मात्र नभई विश्वका बजारमा आफ्नो औषधी निर्यात गरिरहेका छन् । यस्ता उद्योगहरूले वार्षिक दुईदेखि तीन अर्ब रुपैयाँको कारोबार गर्दै देशको स्वास्थ्य सेवा मात्र होइन, अर्थतन्त्रमा समेत महत्त्वपूर्ण योगदान पुर्याइरहेका छन् । नेपालमा औषधी उद्योग दर्ता हुनेक्रम बढ्दो छ । अहिले करिब ८० वटा औषधी उद्योग सञ्चालनमा छन् । ती उद्योगमा प्रत्यक्षतर्फ कम्तीमा २५ हजार नागरिकले रोजगारी पाएका छन् भने स्टक, फार्मेसी, अस्पताल गरी सबै ठाउँमा दुई लाखभन्दा धेरैले रोजगारी पाएका छन् । यी औषधि उद्योगले नेपाली बजारमै विदेशी करिब चार सय कम्पनीसँग प्रतिस्पर्धा गरिरहेका छन् । कोभिड पछाडि केही उद्योग अप्ठ्यारो अवस्थामा रहेका छन् । कोभिडमा औषधी उद्योगले ठूलै घाटा बेहोर्नुपर्दा अहिलेसम्म माथि आउन सक्ने अवस्था नरहेको नेपाल औषधी उत्पादन संघका अध्यक्ष विप्लव अधिकारी बताउँछन् । ‘कोभिडपश्चात केही स्वदेशी औषधी उद्योग अझै पनि माथि उठ्न सकेका छैनन्, ’ उनले भने । अहिले पनि झण्डै ३० प्रतिशत औषधी उद्योगसंकटमै चलिरहेको उनको भनाइ छ । हामीले यहाँ नेपालको औषधी क्षेत्रमा राम्रो गरिरहेका र आर्थिक हिसाबले सक्षम उद्योगको बारेमा संक्षिप्त रूपमा चर्चा गरेका छौं । लोमस फर्मास्युटिकल्स चार दशकको यात्रा पार गर्दै पाँच दशकको यात्रामा लागेको लोमस फर्मास्युटिकल्स नेपाली औषधी उद्योग क्षेत्रमा राम्रो पफर्मेनस गर्ने उद्योगमध्येमा पर्छ । लोमसले एन्टिबायोटिक, पेनकिलर, भिटामिन, सिरीप, ट्याब्लेट र इन्जेक्सन जस्ता औषधी उत्पादन गर्दै आएको छ । अहिले बजारमा तीन सय बढी प्रकारका औषधी उत्पादन गर्दै आएको यस कम्पनीको उद्देश्य गुणस्तरीय, भरपर्दो र सुलभ औषधी नेपाली बजारमा उपलब्ध गराउनु हो । लोमस फर्मास्युटिकल्सले स्वास्थ्य सेवा क्षेत्रमा योगदान पुर्याउने मात्र नभई कर्मचारी विकास, सामाजिक कार्यक्रम र स्वास्थ्य सचेतना अभियानहरूमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेका अनुसार गुणस्तरीय औषधी उत्पादन गर्दै आएको कम्पनीले भर्खरै नेपालको नम्बर वान कम्पनीको सर्टिफिकेट प्राप्त गरेको छ । यो कम्पनीले सयौं व्यक्तिलाई रोजगार दिएर पाँच महिनाको बोनससमेत कर्मचारीलाई दिँदै आएको अध्यक्ष पाण्डेको दाबी छ । प्रदीपजंग पाण्डे । उनी भन्छन्, ‘मैले मेरो संघर्ष र मेरो टिमको मिहिनेतले यो कम्पनीलाई यहाँसम्म पुर्याएका हौं । यो उद्योगले वार्षिक २ अर्ब बढीको कारोबार गर्दै आएको छ । क्वेस्ट फर्मास्युटिकल्स नेपाली औषधी उद्योगमा गुणस्तरीय सेवा दिँदै आएको औषधी उद्योग हो क्वेस्ट फर्मास्युटिकल्स । करिब २६ वर्षदेखि औषधी उत्पादन गर्दै आएको क्वेस्ट फर्मास्युटिकल्सले अहिले नेपालमा करिब दुई सय प्रकारका औषधी उत्पादन गरिरहेको छ । उमेशलाल श्रेष्ठले स्थापना गरेको क्वेस्टले ७ सय जनालाई रोजगारी दिएको छ । उनीसँग औषधी क्षेत्रमा मेडिकल रेप्रिजेन्टेटिभको रूपमा करिब पाँच दशक काम गरेको अनुभव छ । उमेशलाल श्रेष्ठ । श्रेष्ठका अनुसार यो उद्योगले उत्पादन गरिरहेका औषधीमध्ये २५ प्रकारका औषधी मधुमेह र मुटुसम्बन्धी रोगका रहेका छन् । स्वदेशमा औषधीको क्षेत्रमा राम्रो काम गरे पनि सरकारले नै आफूहरूलाई सहयोग नगरेको श्रेष्ठ बताउँछन् । नेपाली बजारमा विदेशी औषधीलाई खुला छोडेर नेपाली औषधीलाई बाँध्ने प्रयास सरकारीस्तरबाटै रहेको उनको भनाइ छ । यो कम्पनीले वार्षिक २ अर्ब बढीको कारोबार गर्दै आइरहेको छ । देउराली जनता फर्मास्युटिकल्स नेपाली बजारमा गुणस्तरीय औषधी उत्पादन गर्दै आइरहेको अर्को औषधी उद्योग हो देउराली जनता फर्मास्युटिकल्स । देउराली जनताले हाल २ सय ८० प्रकारका औषधी उत्पादन गर्दै आएको छ । २०४७ सालदेखि निरन्तर औषधी उत्पादन गर्दै आएको फर्मास्युटिकल्सले २०७२ साल मंसिरमा अन्तर्राष्ट्रिय स्तरको प्रविधि आयात गरेर काम सुरु गरेको थियो । विगत ३५ वर्षदेखि नेपाली जनताका लागि उच्च प्रविधि आयात गरी अत्यावश्यक औषधीहरू स्वदेशमै उत्पादन गर्दै आएको छ । देउराली जनताका निर्देशक सुरजभक्त शर्मा पौडेल यो उद्योगले देशमा औषधी आयातमा रहेको परनिर्भरतालाई कम गर्दै औषधी उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउनका लागि काम गरिरहेको बताउँछन् । उनका अनुसार उद्योगले जीवनरक्षक औषधीहरू र विभिन्न दीर्घरोगहरूको उपचारमा आवश्यक पर्ने क्याप्सुल, ट्वाबलेट, लिक्विड लगायतका जीवनरक्षक औषधीहरू अनुसन्धान गर्ने, उत्पादन गर्ने र ती उत्पादनहरूको गुणवत्ता निर्धारण गर्ने काम गरिरहेको छ । अध्यक्ष हरिभक्त शर्मा । आफ्नो नयाँ शाखा भरतपुरमा सञ्चालन गर्न लागेको यो कम्पनीमा सबै तहमा करिब ६ सय ७५ जना नागरिकले रोजगारी पाएका छन् । यो कम्पनीले वार्षिक दुई अर्ब बढीको कारोबार गर्दै आएको छ । यो उद्योगको अध्यक्ष हरिभक्त शर्मा हुन् । एशियन फर्मास्युटिकल्स सन् १९९७ मा स्थापना भएको एशियन फर्मास्युटिकल्सले दुई दशकभन्दा बढी समयदेखि औषधी उत्पादन तथा बिक्री गर्दै आएको छ । यस अवधिमा कम्पनीले सुदृढ आपूर्ति शृंखला, व्यापक वितरण सञ्जाल तथा अनुभवी सञ्चालक समिति र व्यवस्थापन टोली विकास गरेको जनाएको छ । कम्पनीले एन्टिबायोटिक, जठरान्त्र प्रणालीसम्बन्धी औषधी (एसिड स्राव नियन्त्रण), हाडजोर्नी तथा युरिक एसिडसम्बन्धी औषधि, पेनकिलर तथा एन्टी–इन्फ्लेमेटरी, दम, एलर्जी तथा विभिन्न प्रकारका भिटामिन उत्पादन गरी बजारमा आपूर्ति गर्दै आएको छ । एशियन फर्मास्युटिकल्सले जठरान्त्र प्रणालीसम्बन्धी, मानसिक रोगसम्बन्धी, एन्टिबायोटिक, अर्थोपेडिक तथा भेटेरिनरी औषधीसहित विभिन्न उपचारात्मक क्षेत्र समेट्ने उत्पादन गर्दै आएको छ । कम्पनीले ६ वटा विभिन्न डिभिजनमार्फत औषधी उत्पादन तथा बिक्री गर्दै आएको छ । विशेषगरी जठरान्त्र र मानसिक रोगसम्बन्धी औषधीमा कम्पनीको राम्रो बजार उपस्थिति रहेको र यसले भविष्यमा पनि आम्दानीको दिगोपनालाई समर्थन गर्ने कम्पनीले दाबी गरेको छ । कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुतानन्द खनाल रहेका छन् भने कार्यकारी निर्देशक शंकर घिमिरे हुन् । एसियनले पाँच सय जनालाई प्रत्यक्ष रोजगार दिइरहेको । त्यसैगरी, कम्पनीको कारोबार चार अर्ब रहेको छ । नेपाल फर्मास्युटिकल्स नेपालका प्रमुख औषधी उत्पादक कम्पनीहरूमध्ये नेपाल फर्मास्युटिकल्स लेबोरेटरी पनि एक हो । यो कम्पनीले मुटुरोग, मधुमेह, स्नायु तथा मानसिक रोग, छालारोग लगायत हाल २ सय ७० प्रकारका औषधी उत्पादन गर्दै आइरहेको छ । यो उद्योग स्थापना हुनुभन्दा केही दशकअघि नेपालका औषधी उद्योग अहिलेको जस्तो अवस्थामा थिएनन् । त्यतिबेला चिकित्सक र उपभोक्ताले स्वदेशी औषधी कम्पनीहरूले उत्पादन गरेका औषधीहरूको गुणस्तर र प्रभावकारितामा विश्वास गर्थे । त्यो बेला नेपालको औषधी बजार मुख्यतः भारतीय तथा बहुराष्ट्रिय कम्पनीहरूको उत्पादनले नै नियन्त्रण गरेको अवस्था थियो । त्यो बेला यो कम्पनीले समग्र नेपाली औषधी उद्योगको वास्तविक आधार निर्माण गर्न धेरै वर्षको संघर्षपूर्ण यात्रा पार गर्नुपरेको थियो । यस यात्राको नेतृत्व डोलेन्द्र अमात्यले गरेका थिए । जसले नेपाली औषधी उद्योगको विकासमा एक प्रकारको क्रान्ति ल्यायो । औषधी क्षेत्रमा ज्ञान भएका महेन्द्रले आफ्ना दाई शैलेन्द्र अमात्य र भिनाजु महेशकुमार गोर्खालीसँग मिलेर कम्पनी विस्तार गरेका थिए । अहिले यस उद्योगको अध्यक्षका रूपमा मिनु अमात्यले गरिरहेकी छन् । महेशकुमार गोर्खाली यो कम्पनीले सन् १९८७ जनवरी १२ देखि औपचारिक रूपमा उत्पादन सुरु गरेको थियो । हाल चार सय बढी औषधी उत्पादन गर्दै आएको कम्पनीले प्रत्यक्षतर्फ ७ सय बढीलाई रोजगारी दिइरहेको छ । कम्पनीले वार्षिक तीन अर्बको कारोबार गरिरहेको छ । नेशनल हेल्थ केयर नेशनल हेल्थ केयर प्रालि नेपालका प्रमुख घरेलु औषधी उत्पादक कम्पनीमध्ये एक हो । यसले बारा जिल्लास्थित उत्पादन केन्द्रबाट विभिन्न प्रकारका औषधी उत्पादन गर्दै आएको छ देशभर १० भन्दा बढी मार्केटिङ डिभिजनमार्फत औषधी वितरण गर्दै आएको यो कम्पनी सन् १९९६ मा स्थापना भएको हो । यो उद्योगले एन्टिमाइक्रोबायल, कार्डियोभास्कुलर, ग्यास्ट्रोइन्टेस्टिनल र नर्भस सिस्टमको औषधि कम्पनीले उत्पादन गर्छ भने मुटु, नसा र ग्याष्ट्रिकका औषधी पनि उत्पादन गरिरहेको छ । नेशनल हेल्थ केयरका मार्केटिङ तथा उपाध्यक्ष अजय पाण्डेका अनुसार नेशनल हेल्थ केयरले हाल बजारमा इन्जेक्सनबाहेक ३ सय २५ प्रकारका औषधीहरू उत्पादन गर्दै आइरहेको छ । कम्पनीले विभिन्न चार देशमा औषधी निर्यात गरिरहेको छ । अजय पाण्डे । नेशनल हेल्थ केयरले एक हजार जनालाई फ्याक्ट्रीमा रोजगार दिएको छ भने करिब चार सय जना मार्केट र सेल्समा काम गरिरहेका छन् । अप्रत्यक्ष रूपमा अझ बढीले काम पाएको पाण्डे दावी गर्छन् । यो कम्पनीले वार्षिक साढे ३ अर्ब बढीको कारोबार गर्दै आइरहेको छ । यो उद्योगको नेतृत्व राधेश्याम प्रसाद थारुले गर्दै आएका छन् । म्याग्नस फर्मा म्याग्नस फर्माले दुई सय बढी प्रकारका औषधी उत्पादन गर्दै आइरहेको छ । यसले उत्पादन गरेको औषधी नेपाली बजारमा मात्र नभइ भेनेजुयला, एक दुई अफ्रिकी देशमा निर्यात सुरु गरेको र यसका लागि आवश्यक पूर्वाधार पनि तयार गरिरहेको छ । उद्योगले हाल प्रत्यक्ष रूपमा चार सय जनालाई रोजगार दिइरहेको छ भने अप्रत्यक्ष रुपमा दुई सय बढीलाई रोजगारी दिएको छ । म्याग्नस फर्माले सवा १ अर्ब रुपैयाँको आर्थिक कारोबार गरेको छ । म्याग्नस फर्माले आफूले उत्पादन गरेका औषधी नेपाल फर्मा एक्स्पो २०२६ मा प्रदर्शनसमेत गरेको थियो । म्याग्नसका प्रवन्ध निर्देशक सुधीर प्रकाश मास्के नेपालका औषधि उद्योगहरूले नेपालको औषधि क्षेत्रलाई प्रयोग गरेर धेरै रोजगारी सिर्जना गरी अर्थतन्त्रलाई पनि टेवा गर्न सक्नुपर्ने बताउँछन् । सुधीर प्रकाश मास्के । नेपालमा औषधी उद्योगले प्रविधि र औषधीका क्षेत्रमा दक्ष व्यक्तिलाई रोजगारी दिइरहेको दाबी गर्दै दक्ष जनशक्तिलाई नेपालमै रोक्न सफल भएको बताए । उनी यसका लागि बजारलाई बिस्तार गर्ने नीति भए अझै काम गर्न सहज हुने बताउँछन् । ‘व्यवसायीको लागि मात्र होइन, देशको अर्थतन्त्र माथि उठाउनेगरी हामीले काम गर्नुपर्छ, ’ उनले भने । टाइम फर्मास्युटिकल्स टाइम फर्मास्युटिकल्सले नेपालमा आवश्यक पर्ने भ्याक्सिनबाहेक करिब तीन सय प्रकारका औषधी उत्पादन गर्दै आएको छ । टाइमले ३ सय ५० बढीलाई प्रत्यक्ष रूपमा रोजगारी दिएको छ भने अप्रत्यक्ष रुपमा त्योभन्दा धेरैलाई दिएको कार्यकारी अध्यक्ष डा. नारायण बहादुर क्षेत्रीले जानकारी दिए । डा. नारायण बहादुर क्षेत्री । यो कम्पनीले वार्षिक कारोबार एक अर्ब १० करोडदेखि एक अर्ब २० करोडसम्म गरिरहेका छ । कम्पनीले दुई देशमा औषधी निर्यात गरिरहेको अध्यक्ष क्षेत्रीले बताए । उनी स्थानीय उद्योगलाई संरक्षण नहुँदा काम गर्न समस्या भएको गुनासो गर्छन् । उनी भन्छन्, ‘हामीले उत्पादन गरिरहेका औषधीको आयातमा मात्र प्रतिबन्ध गरिदिएको भए धेरै राहत हुन्थ्यो ।’ उनले अब नयाँ बन्ने सरकारले यस्ता विषयमा काम गर्ने आशा व्यक्तसमेत गरेका छन् ।
हर्मुज जलडमरूमध्यमा इरानी नाकाबन्दी : कुन देशका जहाजले पाए अनुमति ? को अझै अलपत्र ?
काठमाडौं । इरानले हर्मुज जलडमरूमध्य (स्ट्रेट अफ होर्मुज) मा गरेको ‘डी फ्याक्टो’ (अघोषित) नाकाबन्दीले इतिहासकै गम्भीर विश्वव्यापी तेल आपूर्ति अवरोधको डर पैदा गरेको छ, जबकि मध्यपूर्वको द्वन्द्व तेस्रो हप्तामा प्रवेश गरेको छ । द्वन्द्व सुरु हुनुअघि दैनिक १०० भन्दा बढी जहाजहरू आवतजावत गर्ने यस मार्गमा फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि हालसम्म मात्र २१ वटा ट्याङ्करहरूले यात्रा गरेका छन् । एस एण्ड पी ग्लोबल मार्केट इन्टेलिजेन्सका अनुसार यो नाकाबन्दीले ढुवानी यातायातलाई नगण्य (थोरै मात्र) बनाएको छ । धेरैजसो जहाजहरू हर्मुज बाहिरै रोकिएका देखिन्छन् भने खाडीका जहाजहरूमा हजारौं नाविकहरू अलपत्र परेका छन् । कतिपयले वैकल्पिक बन्दरगाहहरूमा छरिने विकल्पहरू पनि खोजिरहेका छन् । सामुद्रिक गुप्तचर संस्था ‘विन्डवार्ड’को आइतबारको प्रतिवेदन अनुसार ओमानको खाडीमा करिब ४०० जहाजहरू सञ्चालनमा देखिएका थिए, जहाँ चेकपोइन्ट नजिक जहाजहरूको ठूलो लाइन पर्खिरहेको थियो । छनोटपूर्ण अनुमति र सुरक्षित यात्रा इरानले जलडमरूमध्यमा कडा नियन्त्रण कायम राखे तापनि केही थोरै संख्यामा अन्य जहाजहरूले विभिन्न परिस्थितिमा सो मार्ग पार गरेका छन् । सामुद्रिक विश्लेषकहरूका अनुसार यसले तेहरानले वार्तामार्फत केही गैर–इरानी तेल कार्गोहरूलाई छनोटपूर्ण रूपमा सुरक्षित यात्राको अनुमति दिइरहेको बुझिन्छ । युद्ध सुरु भएदेखि यो महत्त्वपूर्ण ऊर्जा मार्ग प्रयोग गर्ने केही देशहरूको अवस्था यस्तो छ : चीन तेहरानले चीनसँग सम्बन्धित जहाजहरूलाई लक्षित गर्नबाट धेरै हदसम्म जोगिएको छ । विन्डवार्डका अनुसार खाडीमा सञ्चालित दर्जनौं जहाजहरूले आफ्नो अटोमेटिक आइडेन्टिफिकेसन सिस्टम (एआईएस)मार्फत गन्तव्य प्रसारण गर्दा चिनियाँ स्वामित्व वा चालक दलको उपस्थिति उल्लेख गरेका थिए । विन्डवार्डका विश्लेषकहरूले गत हप्ताको प्रतिवेदनमा भनेका छन्, ‘यो ढाँचाले अनौपचारिक पहुँच फिल्टरको सम्भावनालाई संकेत गर्दछ, जहाँ चिनियाँ स्वामित्व वा चालक दल भएको संकेत गर्ने जहाजहरूले तटस्थता देखाउन वा वर्तमान द्वन्द्वमा निशाना बन्नबाट बच्न खोजिरहेका हुन सक्छन् ।’ बेइजिङले कच्चा तेल र कतारी तरल प्राकृतिक ग्यास (एलएनजी) वाहकहरूलाई जलडमरूमध्यबाट जान दिन इरानसँग वार्ता गरिरहेको बताइएको छ । युद्ध सुरु भएदेखि इरानले चीनलाई लाखौं ब्यारेल कच्चा तेल पठाउन जारी राखेको छ । लोयड्स लिस्ट इन्टेलिजेन्सका अनुसार मार्च १ देखि १५ सम्म चीनसँग सम्बन्धित जम्मा ११ वटा जहाजहरू हर्मुज जलडमरूमध्य भएर गएका थिए, जसमा अधिकांश सामान्य कार्गो जहाजहरू थिए । यसै महिनाको सुरुमा चिनियाँ सरकारी स्वामित्वको ‘कोस्को शिपिङ’ले मध्यपूर्वका बन्दरगाहहरूका लागि सबै नयाँ बुकिङहरू स्थगित गरेको थियो । यति हुँदाहुँदै पनि चिनियाँ सम्बद्धता देखाउँदैमा सधैं सुरक्षित यात्राको ग्यारेन्टी भने हुँदैन । मार्च १२ मा ‘चिनियाँ मालिक’ भनी प्रसारण गरिरहेको एउटा चिनियाँ स्वामित्वको जहाज संयुक्त अरब इमिरेट्स (यूएई) को जेबेल अलीतर्फ जाँदै गर्दा छर्राले लागेर क्षतिग्रस्त भएको थियो । ग्रीस एथेन्सस्थित डायनाकम ट्याङ्कर्स म्यानेजमेन्टद्वारा सञ्चालित ग्रीक जहाज मालिकहरू यो मार्ग परीक्षण गर्ने पहिलो मुख्यधारका अपरेटरहरूमध्ये परेका छन् । डायनाकमद्वारा व्यवस्थित लाइबेरियाको झण्डा भएको ‘सेनलोङ’ ट्याङ्करले मार्च ८ को आसपास जलडमरूमध्य पार गरेको थियो, जसले करिब १० लाख ब्यारेल साउदी कच्चा तेल मुम्बई पुर्याएको थियो । भारत भारतीय विदेश मन्त्री एस। जयशंकरले तेहरानसँगको प्रत्यक्ष वार्तालाई फलदायी भनी वर्णन गरेका छन् । उनले फाइनान्सियल टाइम्सलाई भने, ‘म अहिले उनीहरूसँग कुरा गरिरहेको छु र मेरो कुराकानीले केही नतिजाहरू दिएको छ ।’ भारतीय ढुवानी निगम अन्तर्गत एलपीजी बोकेका दुईवटा भारतीय जहाजहरूलाई पनि आवतजावत गर्न अनुमति दिइएको थियो । यद्यपि कच्चा तेल र ग्यास बोकेका करिब २२ वटा जहाजहरू अझै पनि सुरक्षित यात्राको पर्खाइमा जलडमरूमध्यमा लङ्गर हालेर बसिरहेका छन् । पाकिस्तान र टर्की सोमबार मात्रै अबु धाबीबाट कच्चा तेल बोकेको पाकिस्तानको झण्डा भएको ‘एफ्राम्याक्स’ ट्याङ्कर आफ्नो स्थान प्रसारण गर्दै सो मार्ग पार गर्ने पहिलो प्रमाणित गैर–इरानी कार्गो जहाज बनेको छ । टर्कीका अधिकारीहरूले पनि इरानी बन्दरगाहमा रोकिएपछि एउटा टर्कीको स्वामित्वको जहाजलाई यात्रा अनुमति दिइएको पुष्टि गरेका छन्, तर अन्य १४ वटा टर्कीका जहाजहरू अझै अनुमतिको पर्खाइमा छन् । ‘अनियमित’ आक्रमण र मार्ग परिवर्तन तेहरानले जहाजहरूमा छिटपुट आक्रमण जारी राखेका कारण हर्मुज जलडमरूमध्य विश्वव्यापी ऊर्जा प्रवाहका लागि प्रभावकारी रूपमा बन्द नै रहेको छ । विश्लेषकहरूका अनुसार खाडीमा जहाजहरूमा भएका आक्रमणहरू ‘अनियमित’ देखिएका छन् र यसमा कुनै निश्चित ढाँचा छैन । यसको उद्देश्य कुनै खास देश वा जहाजको प्रकारलाई लक्षित गर्नु भन्दा पनि अन्यौल र अवरोध सिर्जना गर्नु रहेको देखिन्छ । अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) का अनुसार यूएईको फुजैराह बन्दरगाह, इराकको खोर अल जुबैर बन्दरगाह र ओमानको खाडी नजिकमा कम्तीमा १६ वटा जहाजहरूमा आक्रमण भएको छ । जहाज मालिकहरूले वैकल्पिक मार्गहरू, आकस्मिक बन्दरगाहहरू वा स्थलमार्ग यातायात सञ्जालहरू सुरक्षित गर्न संघर्ष गरिरहेका छन् । युद्ध सुरु हुँदा हर्मुज जलडमरूमध्यका बन्दरगाहहरूका लागि हिँडेका ८१ वटा कन्टेनर जहाजहरूमध्ये ४३ वटाले अन्य खाडी बन्दरगाहहरूमा बाटो मोडेका छन् भने बाँकी यो क्षेत्रबाट पूर्ण रूपमा बाहिरिएका छन् । कार्गोहरूलाई अहिले जलडमरूमध्य बाहिरका बन्दरगाहहरू विशेष गरी यूएईको फुजैराह र खोर फक्कान तथा ओमानको सोहारमा पठाइएको छ र त्यहाँबाट ट्रक मार्फत गन्तव्यसम्म पुर्याइँदैछ । (सीएनबीसीबाट अनुदूति तथा सम्पादित) क्युबातर्फ ट्रम्पको नजर, अर्को द्वन्द्व सुरु गर्ने संकेत खार्ग टापु : अमेरिका–इरान द्वन्द्वको नयाँ ‘कुरुक्षेत्र’ के इरानले ‘स्ट्रेट अफ हर्मुज’ इजरायल र अमेरिकाका लागि मात्र बन्द गर्न सक्छ ? युद्धको रापबीच इरान–चीन तेल ‘कनेक्सन’ : हर्मुजको अवरोध छिचोल्दै करोडौं ब्यारेल बेइजिङतिर मध्यपूर्व द्वन्द्व : एसियामा इन्धन संकट, चारदिने कार्यसप्ताह र विद्यालय बन्द इरानको भविष्य मोज्तबा खामेनेईको हातमा, के उनले सत्ता चलाउन सक्लान् ? मध्यपूर्वको रापमा विश्व अर्थतन्त्र : केन्द्रीय बैंकहरूको ‘अग्निपरीक्षा’ र मुद्रास्फीति बढाउने जोखिम इरान : शून्यमा सत्ता, संकटमा शासन खाडी संकट गहिरिँदै : बीमा कम्पनीहरू पछि हट्दा विश्व ऊर्जा बजार त्रसित इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली