आँखुखोला जलविद्युतको आईपीओ साउन १७ देखि, ४००० कित्तासम्म भर्न पाइने
काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा साउन १७ गतेदेखि आयोजना प्रभावित धादिङ जिल्लाका स्थानीयबासिन्दालाई १० प्रतिशत अर्थात ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा साउन ३१ गते र ढिलोमा भदौ १५ गतेसम्म तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । न्युनतम ५० देखि अधिकतम ४ हजार कित्तासम्म आवेदन दिन पाउने सिभिलले जनाएको छ । स्थानीयबासिन्दालाई बाँडफाँड गरेपछि सर्वसाधारणलाई १५ प्रतिशत अर्थात १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आईपीओ निष्कासन हुने छ । आईपीओ निष्कासनपछि चुत्तापुँजी बढेर ८० करोड रुपैयाँ पुग्ने छ । कम्पनीले धादिङ जिल्लामा ८.४ मेगावाटको आँखुखोला १ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस्तै कम्पनीले २५ मेगावाटको सिंगटी जलविद्युत आयोजनामा समेत लगानी गरेको छ । २०७० भदौ ८ गतेदेखि कम्पनीले व्यवसायीक रुपमा बिजुली उत्पादन थालेको हो । आयोजना निर्माण गर्न २ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ खर्च भएको छ । आयोजनाको लागत प्रतिमेगावाट २८ करोड ८९ करोड रुपैयाँ पुगेको छ । लगातको हिसावले यो सर्वाधिक मंहगो आयोजना भएको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने समय झण्डै ९ वर्ष रहेको छ । कम्पनीको क्रेडिट रेटिङ कमजोर रहेको छ । इक्रा नेपालले आईपीओ ग्रेड ५ निर्धारण गरेको छ ।
न्युरोड, ठमेल, दरबारमार्ग लगायत क्षेत्रमा बहाल कर बढ्यो, अब ८ तलासम्म घर बनाउन पाइने
काठमाडौं । काठमाडौं महानगरपालिकाले घरबहाल करमा नयाँ मापदण्ड ल्याएको छ । महानगरले आर्थिक ऐन २०७५ मा सम्पत्ति कर घर बहाल कर अब प्रति वर्गमिटर अनुसार तिर्नुपर्ने भएको हो । महानगरले पहिलो पटक कर निर्धारण गर्ने नया मापदण्ड तयार गरेको हो । महानगरका राजस्व विभागका निर्देशक राज्यप्रकाश प्रधानाङगाका अनुसार ठाउँ अनुसारको जग्गा हेरी प्रति आना जग्गाको मूल्य तोकिएको छ । प्रतिआना जग्गाको रकमलाई १०० ले भाग गरी आउने रकमलाई स्थान अनुसार फरक फरक अंकले गुणन गरिनेछ । यसपछि घरको बनावट अनुसार प्रतिवर्गमिटर गुणन गरी आउने रकम र घरको मूल्यलाई ०.२० ले गुणन गरी आउने योगफललाई पहिलेको जग्गाको मूल्यमा जोडेर प्रतिवर्गमिटर सटरको क्षेत्रफलसँग गुणन गरी निकालिने योगको १० प्रतिशत कर तिर्नु पर्नेछ । यस हिसाबले रत्नपार्क, खिचापोखरी, न्युरोड, असन, त्रिपुरेश्वर लगयतको क्षेत्रमा आनाको ५० लाख रुपैयाँ तोकिएको छ । यस क्षेत्रमा बहाल कर प्रतिवर्गमिटर ५७ रुपैयाँ पर्नेछ । ४० लाख प्रतिआना तोकिएको पुतली सडक दरबारमार्गमा ४९.५० रुपैंया कर पर्नेछ । यसरी तोकिएको रकमले पुरा सतहको वर्ग मिटरलाई गुणन गरी आएको योगको १० प्रतिशत कर तिर्नुपर्नेछ । अब महानगरभित्र आठ तलासम्मको घर निर्माण गर्न पाउने ऐनमा व्यवस्था गरिएको निर्देशक प्रधानाङगाले बताए । ‘महानगरभित्र अब हाइराइज बिल्डिङलाई पनि स्वीकृति दिइएको छ । यसको उदेश्य अग्ला बिल्डिङ बनाउने र खाली स्थानको बृद्धि गर्ने रहेको छ, प्रधानाङगाले विकासन्युजसँग भने यो वर्ष गत आर्थिक वर्ष भन्दा बढी कर असुल गर्ने उदेश्य राखेका छौं ।’ यसअघि सरकारले भूकम्पछि २ तला भन्दा माथिका घर बनाउन रोक लगाएको थियो । चालु आर्थिक वर्षदेखि बहाल कर स्थानीय तहले नै उपयोग गर्न पाउनेछ । यसअघि बहालकर अन्दाजी मूल्यको १२ प्रतिशत उठाउँदै आएको थियो ।
भावी प्रधानन्यायधीशले पाए एकै वर्ष दुई विद्यालयबाट एसएलसी पास हुने सौभाग्य, यस्ता छन् प्रमाणहरु
काठमाडौं । प्रधानन्यायधिसमा प्रस्ताव गरिएका दिपकराज जोशीले एकै बर्षमा दुई वटा विद्यालयबाट एसएलसी परिक्षा उतिर्ण गरेको तथ्य फेला परेको छ । कायम मुकायम प्रधानन्यायधिशको जिम्मेवारीमा रहेका जोशीले २०२९ सालमा काठमाडौंको बिजय मेमोरियल स्कुल र पर्साको नेपाल राष्ट्रिय विद्यापीठबाट एसएलसी परिक्षा उतिर्ण गरेका हुन् । उनले विजय मेमोरिल स्कुलबाट हाई स्कुल एक्जामिनेशन पास गरेको भेटिन्छ भने विद्यापीठबाट प्रवेशिका परिक्षा उतिर्ण गरेको देखिन्छ । यी दुबै स्कुलबाट उतिर्ण गरिएका परिक्षाहरुको सिम्बोल नम्बर भने ३६६७ नै रहेको छ । उनले नेपाल ल क्याम्पसमा बुझाएको प्रोग्रेस कार्डमा आफुले दुबै शैक्षिक संस्थाबाट एउटै सिम्बोल नम्बरमा परिक्षा उतिर्ण गरेको विवरण भरेका छन् । यस्ता छन् जोशीको शैक्षिक प्रमाणपत्रहरु