राष्ट्रिय परीक्षा बोर्डले ल्यायो नयाँ योजना, प्लस टुमा डी प्लस ल्याउनेले पनि स्नातक पढ्न नपाउने

<p>काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कुनै बिषयमा डी प्लस वा सो भन्दा कम ग्रेड ल्याएको बिद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न नपाउने प्रस्ताब अघि बढाएको छ । स्रोतका अनुसार अब ११ र १२ को कुनै पनि एक बिषय वा एक भन्दा बढिमा डी प्लस वा सो भन्दा कम ग्रेड ल्याउने बिद्यार्थीले स्नातक(ब्याचलर्स) पढ्न पाउने छैनन् । [&hellip;]</p>

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कुनै बिषयमा डी प्लस वा सो भन्दा कम ग्रेड ल्याएको बिद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न नपाउने प्रस्ताब अघि बढाएको छ । स्रोतका अनुसार अब ११ र १२ को कुनै पनि एक बिषय वा एक भन्दा बढिमा डी प्लस वा सो भन्दा कम ग्रेड ल्याउने बिद्यार्थीले स्नातक(ब्याचलर्स) पढ्न पाउने छैनन् ।

कक्षा ११ र १२ मा कुनै एक विषयमा डी प्लस वा सो भन्दा कम ग्रेड आएमा ट्रान्सक्रिप्ट, प्रोभिजनल तथा माईग्रेसन प्रमाणपत्र पाउने छैनन् । यी प्रमाणपत्र नभए पछि प्लस टुको शिक्षा पुरा गरेको मान्यता पाइँदैन् ।

यस सम्बन्धि बोर्डको आधिकारीक लिखित धारणा नआएको भएपनि यहि प्रस्तावलाई नियमको रुपमा अघि बढाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अब डी प्लस वा सो भन्दा कम ग्रेड प्राप्त गरेका बिद्यार्थीले ग्रेड बृद्धि परीक्षामा सामेल भई ग्रेड बढाएपछी मात्र प्रमाणपत्र पाइने छ ।

शिक्षामा सबैको पहुच पु¥याउने भनेर प्लसटुमा गे्रडिङमा लगेको थियो । यस सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात कक्षा १० को परीक्षाफलमा डी प्लस ३५ हजार ५८४ र डी ल्याउने ५८ हजार ६८८ विद्यार्थी छन् ।

Share News