सेयर बजार घटेपछि म्युचअल फण्डहरुको दुर्दशाः सिटिजन्स मात्रै नाफामा
काठमाडौं । सेयर बजार घट्दै गएपछि सामुहिक लगानी कोष (म्युचअल फण्ड) को प्रतिफलमा असर परेको छ । हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका ६ मध्ये ५ वटा घाटामा गएका छन् । पछिल्लो समयमा सेयरको मूल्य निरन्तर गिरावट आउनु र बजारको अवस्था नबुझी लगानी बढाउदा नोक्सानी भएको हो । नोक्सानी बढ्दै गएपछि प्रति इकाई खुदमुल्यमा समेत गिरावट आएको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । म्युचअल फण्डले हकप्रद, बोनस, साधारण सेयर (आईपीओ) र थप निष्कासन (एफपीओ) मा लगानी गरेको छ । फण्ड व्यवस्थापकको सही विश्लेषणको अभावमा लगानीको प्रतिफल घटेदै गएको छ । म्युअल फण्डको प्रतिफल निरन्तर गिरावट आउन थालेपछि निष्कासन गरिएका यस्ता फण्ड बिक्री हुन छाडेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले एनआईबीएल एस क्यापिटल लिमिटेडमार्फत सञ्चालनमा ल्याएको एनआईबीएल समृद्धि फण्ड १ र एनआईबीएल प्रगति फण्डको वित्तीय अवस्था ऋणात्मक देखिएको छ । एनएआईबीएल समृद्धि फण्ड साढे १८ करोड रुपैयाँ नोक्सानीमा गएको छ । गत जेठमा साढे १६ करोड रुपैयाँ नोक्सानीमा थियो । एक महिनामा २ करोड नोक्सानमा गएको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । गत असारमा फण्डको प्रतिइकाइ खुद मुल्य पनि घटेर २१ पैसा घटेर ११ रुपैयाँ २९ पैसामा झरेको छ । गत जेठमा खुद ईकाई मूल्य ११ रुपैयाँ ५० पैसा थियो । प्रतिइकाई १० रुपैयाँ रहेको १ अर्ब रुपैयाँको ईकाई फण्डले गत असारसम्म ८० सुचिकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सेयरमा मात्रै कम्पनीले ७७ करोड ८६ लाख रुपैयाँ लगानी गरेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । यस्तै एनआईबीएलको प्रगति फण्ड पनि नोक्सानमा गएको छ । गत असारसम्म १६ करोड ७६ लाख रुपैयाँ नोक्सानमा गएको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । गत जेठमा १५ करोड १ लाख रुपैयाँ नोक्सानीमा थियो । फण्डमा ७५ करोड रुपैयाँ भएपनि ६६ कम्पनीको सेयरमा ५२ करोड ९१ लाख रुपैयाँ लगानी गरेको छ । यस्तै लक्ष्मी बैंकले ल्याएको लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी भ्यालु फण्ड दुबै नोक्सानमा गएका छन् । लक्ष्मी इक्विटीको गत असारमा मात्रै खुद सम्पत्ति १२ पैसाले घटेर ८ रुपैयाँ ६६ पैसा कायम भएको छ । गत जेठमा ८ रुपैयाँ ७६ पैसा थियो । फण्डको खुद सम्पत्ति पनि १ करोड ४६ लाख रुपैयाँ घटेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । लक्ष्मी इक्विटी फण्डले ५८ सुचिकृत कम्पनीको ७० करोड ४४ लाख रुपैयाँ लगानी गरेको छ । लक्ष्मी भ्यालु फण्ड १ को खुदमूल्यमा थोरै गिरावट आएको छ । गत असारमा भ्यालु फण्डको खुदसम्पत्ति १० रुपैयाँ ८४ पैसा छ । गत जेठमा १० रुपैयाँ ८६ पैसा थियो । फण्डको खुद सम्पत्ति ११ लाख १९ हजार रुपैयाँ घटेको वित्तीय विवरणमा उल्लेख छ । फण्डको खुद सम्पत्ति घटेर ५४ करोड १८ लाख रुपैयाँमा सीमित भएको छ । जेठमा ५४ करोड २९ लाख रुपैयाँ थियो । फण्डले ३३ सुचिकृत कम्पनीमा लगानी गरेको छ । सिद्धार्थ बैंकले सञ्चालनमा ल्याएको सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीम म्युचअल फण्डको खुदसम्पत्ति पनि घटेर प्रति इकाई ११ रुपैयाँ ५४ पैसामा झरेको छ । गत जेठमा ११ रुपैयाँ ८० पैसा थियो । एक महिनाको अन्तरालमा खुद इकाई मूल्य २६ पैसा घटेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । फण्डको खुद सम्पत्ति ३ करोड रुपैयाा घटेर १ अर्ब १५ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ । गत जेठमा १ अर्ब १८ करोड रुपैयाँ थियो । फण्डले विभिन्न ७४ सुचिकृत कम्पनीको २२ लाख ७७ हजार ४२१ कित्तामा ५९ करोड रुपैयाँ लगानी गरेको छ । यस्तै गत फागुनदेखि सञ्चालनमा आएको सिटिजन्स बैंकको सिटिजन्स म्युचअल फण्ड १ को खुदसम्पत्ति बढेको छ । गत असारमा फण्डको सम्पत्ति मूल्य बढेर प्रतिइकाई १० रुपैयाँ २२ पैसा पुगेको छ । गत जेठमा १० रुपैयाँ १८ पैसा थियो । एक महिनाको बीचमा सम्पत्ति मूल्य ४ पैसा बढेको छ । खुदसम्पत्ति बढेर ८३ अर्ब ७७ करोड २० लाख रुपैयाँ पुगेको छ । गत जेठमा सम्पत्ति ८३ अर्ब ४७ करोड रुपैयाँ थियो । सिटिजन्सलदे ३२ संस्थाको ५ लाख ५ हजार ४८१ कित्ता सेयरमा १४ करोड ८९ लाख रुपैयाँ लगानी गरेको छ । सिटिजन्सले १ करोड ७७ दाख २० हजार रुपैयाा आम्दानी गरेको छ । गत जेठमा १ करोड ४७ लाख १७ हजार रुपैयाँ आम्दानी गरेको थिो ।
इचंगुनारायण जग्गा एकिकरण आयोजनामा उपभोक्ताको प्रश्नै प्रश्न
काठमाडौं । ११ बर्ष अघि सुरु भएको इचंगुनारायणर(रानीवन) जग्गा एकिकरण आयोजनामा उपभोक्ताहरुले आधा दर्जन भन्दा बढि प्रश्न उब्जाएका छन् । आयोजना सञ्चालनका लागि गठित उपभोक्ता समितिका उपाध्यक्ष उदय राज सिंखडाले नै प्रश्नहरु खडा गरेका हुन् । ‘जनताको जग्गामा एकिकरण आयोजनाका कर्मचारीले मोज गरेका छन्, कमाई खाने भाँडो बनाएका छन्’, उपभोक्ता समितिका उपाध्यक्ष सिंखडाले भने । इचंगुनारायण जग्गा एकिकरण आयोजना क्षेत्रमा निर्माण भएको सडक र घरहरु अर्का उपभोक्ता हरि अर्यालले पनि आयोजनाले गरेको कामको गुणस्तर, जग्गा बाडफाँट, खर्चको पारदर्शितामा दर्जनौं प्रश्न गर्ने ठाउँ रहेको बताए । एक लाख लिटर क्षमताको ओभर हेड पानी ट्याङकी चुहिएको, प्रति सेकेन्ड साढे ७ लिटर पानी आउनुपर्ने बोरिङबाट प्रति सेकेन्ड साढे २ लिटर मात्रै पानी आएको, न्युन गुणस्तरमा सडक कालोपत्रे गरिएको, खुल्ला क्षेत्रमा गलत ठाउँमा तोकिएको, पार्क बनाउने स्थानमा फुटबल मैदान बनाउन खोजेको, उपभोक्ताले खरिद गरेको जग्गाको पैसा नअसुलेको, खाल्डोमा जमिन खरिद गरेका भू माफियाहरुलाई मुल चोकमा जमिन उपलब्ध गराएको लगायतका आरोप पनि लगाएका छन् । काठमाडौं उपत्यका विकास प्राधिकरणले सञ्चालन गरेको जग्गा एकिकरण आयोजनाको प्रमुखको जिम्मेवारी केशब न्यौपानेले सम्हालिरहेका छन् । उपभोक्ता समितिको अध्यक्षमा जीत बहादुर घिमिरे रहेका छन् । आर्थिक बर्ष २०६४।६५ मा आरम्भ भएको जग्गा एकिकरण आयोजनाले २०७५ बैशाख मसान्त अवधीमा ४७ करोड ४ लाख आम्दानी गरेर ४६ करोड ८२ लाख रुपैंयाँ खर्च गरिसकेको छ । अपारदर्शी खर्च गरेको भन्दै आयोजनाका उपभोक्ताहरुले असन्तुष्ठि व्यक्त गरिरहेका छन् ।
कालोधन धन स्वीकार्य छैन, विदेशबाट सुटुक्क नल्याउनुस्ः ओली
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विदेशबाट कालोधन सुटुक्क ल्याएर बाढ्न नपाइने बताएका छन् । तत्कालिन एमाले र माओवादी केन्द्र निकट इञ्जिनियरहरुको एकता सभालाई सम्बोधन गर्दै ओलीले भने -नेपालमा पैसा सुटुक्क आउन पाउँदैन्, बैंकबाट आउनु पर्छ । उनले कालोधनलाई वर्तमान सरकारले कुनै हालतमा स्वीकार गर्न नसक्ने पनि स्पष्ट पारेका छन् । ‘कालोधन आउन दिँदैनौं । कालोधन ल्याएर बाड्न पाइँदैन् । एकथरी मान्छेहरु पैसा पठाउन पाउनु पर्यो भनिरहेका छन् । अर्काथरी कानुन मिचेर पैसा ल्याउन खोजिरहेका छन् । यो सरकारले यी सबैलाई कानुनी दायरामा ल्याउँछ ।’ ओलीले भने । उनले सबैका कामहरु कानुन सम्बत हुनुपर्ने बताउँदै भित्रभित्रै गलत क्रियाकलाप नगर्न चेतावनी पनि दिए । उनले पाँच बर्षभित्र बिरगञ्ज काठमाडौं रेलमार्ग निर्माण सम्पन्न गर्ने दावी पनि गरे । उनले मेची-महाकाली रेलमार्ग र केरुङ-काठमाडौं रेलमार्गको निर्माण तथा काठमाडौं हुँदै पोखराबाट लुम्बिनी पुग्ने रेलमार्ग पनि सरकारको प्राथमिकतामा रहेको बताए । उनले काठमाडौंबाट बनेपा-धुलिखेल हुँदै खुर्काेटबाट सिन्धुली-बर्दिबास रेलमार्ग पनि बताउने घोषणा गरे ।