बैंक खाता बन्यो सिन्डिकेटको तगारो, अर्को निर्णय गर्दै यसरी दिइयो व्यवसायीलाई रकम झिक्ने सुविधा (निर्णयसहित)

काठमाडौं । यातायात क्षेत्रको सिन्डिकेट अन्त्यका लागि बैंक खाता तगारो बनेको छ । यातायात व्यवसायीको बैंकमा रहेको रकम सिधै राज्य कोषमा जाने भएपछि त्यसलाई जोगाउन सरकारले अन्तिम प्रयास गरेको छ । सिन्डिकेट विरुद्ध आक्रामक निर्णय लिएको सरकारले व्यवसायीको रकम राज्य कोषमा आउन नदिई घुमाउरो शैलिमा व्यवसायीलाई निकाल्ने व्यवस्था मिलाइएको छ । सरकारले पहिले गरेको निर्णयबाट पछि हट्दै व्यवसायीलाई रकम झिक्ने व्यवस्था गरेको हो । शुक्रबार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयले सामूहिक बैठकमा यातायात व्यवस्थापन सम्बन्धी ६ बुँदे निर्णय भएको हो । यस्तो छ मन्त्रिपरिषले गरेको निर्णयहरु यो पनि हेर्नुहोस २४५ यातायात व्यवसायीको साढे २ अर्ब रुपैंया जफत हुँदै, यसरी आउँदैछ राज्य कोषमा

४ अर्ब ८० करोडको म्युचअल फण्ड निष्कासन, कसको कति (सुचिसहित)

काठमाडौं । गत आर्थिक वर्षमा ४ वटा मर्चेन्ट बैंकरले सामुहिक लगानी कोष (म्युचअल फण्ड) निष्कासन गरेका छन् । ती बैंकले ४ अर्ब ८० करोड रुपैयाँ बराबरको ४८ करोड एकाई म्युचअल फण्ड निष्कासन गरेको नेपाल धितोपत्र बोर्डले जनाएको छ  ।(सुचि हेर्न यहाँ क्लिक गर्नुहोस)  बोर्डका अनुसार म्युचअल फण्ड निष्कासन गर्नेमा सिद्धार्थ क्यापिटल लिमिटेडले १ अर्ब ५० करोड रुपैयाँको सिद्धार्थ इक्विटी फण्ड, सानिमा क्यापिटल लिमिटेडले १ अर्ब ३० करोड रुपैयाँको सानिमा इक्विटी फण्ड रहेका छन् । यस्तै एनआईसी एसिया क्यापिटल लिमिटेडले १ अर्ब रुपैयाँको एनआईसी एसिया ग्रोथ फण्ड र सीबीआईएल क्यापिटल लिमिटेडले १ अर्बको सिटिजन्स म्युचअल फण्ड निष्कासन गरेका छन् । सेयर बजार क्रमश घटदै गएपछि म्युचअल फण्डको बिक्री पनि हुन छाडेकोे छ । म्युचअल फण्ड बिक्री नभएपछि ग्लोबल आईएमई क्यापिटल लिमिटेडले १ अर्ब २० करोड रुपैयाँको ग्लोबल आईएमई ब्यालेन्स फण्ड र एनआईबीएल एस क्यापिटल लिमिटेडले ५० करोड रुपैयाँको एनआईबीएल सहभागीता फण्ड निष्कासन हुन सकेन । अझै १ अर्ब ७० करोड रुपैयाँको म्युचअल फण्ड पाइपलाइनमा छ । सेयर बजार घटेपछि पछिल्लो समयमा म्युचअल फण्डको वित्तीय अवस्था ऋणात्मक देखिएको छ । केहीले मात्र कोषको आकार बढाएको पाइएको छ ।

सीआरआरले बैंकलाई दियो राहात, एकै दिन थपियो ५० अर्ब, तरलता ११७ अर्ब पुग्यो, घट्ला त ब्याजदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनिवार्य नगद अनुपात (सीआरआर) सीमा घटाएपछि शुक्रबार एकै दिन बैंकिङ प्रणालीमा ५० अर्ब रुपैयाँ तरलता थप भएको छ । शुक्रबार तरलता बढेर १ खर्ब १७ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । शुक्रबार केन्द्रीय बैंकले ६० दिने निक्षेप उपकरणमार्फत प्रतिस्पर्धाबाट बजारबाट १५ अर्ब रुपैयाँ उठाउदै छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको सीआरआर घटाएर ४ प्रतिशत कायम गरेपछि बैंकिङ प्रणालीमा तरलता थप भएको हो । सीआरआरले तरलता बढाएपछि बैंक तथा वित्तीय संस्थालाई तत्कालका लागि लगानीयोग्य पुँजीको समस्या समधान भएको छ । गत असारसम्म वाणिज्य बैंकले ६, विकास बैंक र वित्त कम्पनीले ५ प्रतिशत सीआरआर कायम गर्नु पर्ने व्यवस्था थियो । सीमा घटाएर बैंक तथा वित्तीय संस्था सबैलाई एउटै दर कायम गरिएको छ । भारतीय रिजर्व बैंकले पनि सीआरआर ४ प्रतिशत कायम गरेको छ । लगातार २ वर्षयता लगानीयोग्य पुँजीको अभाव भएपछि केन्द्रीय बैंकले तरलता बढाउन सीआरआर सीमा हटाएको हो । बैंकिङ प्रणालीमा तरलता बढेपछि ब्याजदर घट्ने छ । बैंकले दिने कर्जाको ब्याजदर औसत १२.४० प्रतिशत छ । यस्तै निक्षेपको ब्याजदर औसत साढे ६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर अन्तर घटाएर ४.५ प्रतिशत कायम गरेपछि यसले पनि ब्याजदर घटाउन सहयोग पुग्ने अपेक्षा केन्द्रीय बैंकको छ । सरकारको खर्च बढेपछि पछिल्लो समयमा बैंकिङ प्रणालीमा तरलता बढेको हो । अधिक तरलता भएपछि केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाबाट १७ अर्ब ७५ करोड रुपैयाँ उठाएको छ । केन्द्रीय बैंकले मंगलबारदेखि बिहीबारसम्म ३ दिन ९० दिन र ६० दिने निक्षेप संकलन उपकरणमार्फत बजारबाट पैसा उठाएको हो । बैंकले निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीमा भएको ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने लक्ष्य लिएको लिएको थियो । विभिन्न बैंकले ५७ अर्ब ७५ करोड रुपैयाँ प्रस्ताव गरेका थिए । पछि बढी दर प्रस्ताव गरेका थिए । अधिकाँशले बढी ब्याजदर प्रस्ताव गरेपछि धेरैको बोलपत्र अस्वीकृत भएका थिए । बैंकले २.९ देखि ३.८ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका थिए । बिहीबार केन्द्रीय बैंकले १९ बैंक तथा वित्तीय संस्थाबाट ३.४ प्रतिशतमा बैंकबाट १० अर्ब रुपैयाँ उठाएको छ । बैंकिङ प्रणालीमा ६० अर्ब रुपैयाँ बढी अधिक तरलता रहेको राष्ट्र बैंकले जनाएको छ ।