२३ औं वर्षमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २२ वर्ष पूरा गरी २३ औं वर्षमा प्रवेश गरेको छ । २०५८ साल बैशाख २१ गते स्थापित कम्पनीले विभिन्न कार्यक्रमहरु गरेर आफ्नो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । यस अवसरमा कम्पनीले सातवटै प्रदेशबाट रक्तदान कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रममार्फत कुल ३१० पिन्ट रगत संकलन गरिएको कम्पनी जानकारी दिएको छ । वार्षिकोत्सवको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आगामी दिनमा कम्पनीलाई थप सशक्त बनाउन प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको सेवाको गुणस्तरियतालाई थप प्रभावकारी बनाउन योजना ल्याउने बताए । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०८० चैत मसान्तसम्ममा लगानी १६२.२८ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमा कोष करिब १५८ अर्ब रुपैयाँ संचित रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना करिब १९२ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।
सिटिजन्स बैंकका ग्राहकलाई प्याराग्लाइडिङमा विशेष छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र पोखरास्थित हिमालयन फ्रन्टटार्यस प्याराग्लाइडिङ बिच सम्झौता भएको छ । सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डवाहकहरुले हिमालयन फ्रन्टटार्यस प्याराग्लाइडिङमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा एटिएम, ३ विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
कुमारी बैंकको एटिएम झोरमा
काठमाडौं । कुमारी बैंकले झोर क्षेत्रमै पहिलो पटक एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो झोर विस्तारित काउन्टरमा झोरकै पहिलो एटिएम सञ्चालनमा ल्याएको हो । टोखा नगरपालिका वडा नंः १, झोर क्षेत्र यहाँ अवस्थित बौद्धेश्वर महादेवको मन्दिर तथा झरनाका कारण अहिले काठमाडौं एक प्रमुख पर्यटकिय आकर्षणको केन्द्र बन्दै गएको छ । झोरमै पहिलो पटक स्थापित यस कुमारी बैंकको एटिएमको उद्घाटन, टोखा नगरपालिका वडा नंः १, झोरका वडा प्रमुख, रमेश कुमार लामिछानेद्वारा सम्पन्न गरिएको छ । विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ एटिएम तथा ६२ शाखा रहित बैंकिङ्ग ईकाई सहितका सञ्जालहरु मार्फत सेवा दिदै आइरहेको छ ।