एनएलजी इन्स्योरेन्सका संचालक कविराज अधिकारीले दिए राजीनामा
काठमाडौ । एनएलजी इन्स्यारेन्सका स्वतन्त्र संचालक कविराज अधिकारीले राजीनामा दिएका छन् । अधिकारीले व्यक्तिगत कारण देखाउँदै कम्पनीको स्वतन्त्र संचालकबाट राजीनामा दिएका हुन् । उनको राजीनामा बिहीबार स्वीकृत भएको छ । संचालक समितिको बिहीबार ११:५० मा बसेको बैठकले उनको राजीनामा स्वीकृत गरेको कम्पनीले जनाएकाे छ ।
कामना बैंकका ग्राहकलाई मनकामना अस्पतालमा छुट
काठमाडौं । कामना सेवा विकास बैंक र मनकामना अस्पतालबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । उक्त्त सम्झौता अनुसार कामना सेवा विकास बैंकका ग्राहकले भरतपुरको चितवन स्थित मनकामना अस्पतालमा विभिन्न सेवाहरुमा छुट हुने भएको छ । उक्त बैंकका ग्राहकहरुलाई प्रदान गर्ने ओपिडि सेवा, सामान्य वार्ड, बेड शुल्क, ओटि शुल्क, सिटि स्क्यान, आईसियु, लगायत एनआईसियु, एचडियु/नर्सरी सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सकिनेछ । अस्पतालले प्रदान गर्ने सो सेवासुविधाहरुमा बैंकका कर्मचारीहरुले २० प्रतिशतसम्मको र बैंकका ग्राहकले १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
गुहेश्वरी मर्चेन्टका ग्राहकलाई सेल्सवेज डिपार्टमेण्टमा छुट
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स र ललितपुर जिल्लाको सेल्सवेज डिपार्टमेण्ट स्टोर बिच सम्झौता भएको छ । उक्त्त सम्झौत अनुसार सो फाइनान्सका ग्राहकलाई स्टोरका समान खरिदमा डिस्काउण्ट दिने सम्बन्धी सम्झौता भएको हो । उक्त्त संस्थाका सहायक महाप्रबन्धक श्रीमती अर्चना प्रधान र सो स्टोरका अपरेशन म्यानेजर भुवन अधिकारीबाट सम्झौता पत्र आदान प्रदान गरिएको थियो । सो सम्झौतामा यस संस्थाका संस्थापक अध्यक्ष राजेश लाल श्रेष्ठको समेत सक्रिय भूमिका रहेको थियो । उक्त सम्झौता बमोजिम यस संस्थाका ग्राहकहरुले उक्त स्टोरमा प्रत्येक खरिदमा १० प्रतिशतसम्म डिस्काउण्ट पाइनेछ । यस संस्थाले आफ्नो ग्राहकहरुलाई सो डिस्काउण्ट अफरको लागि प्रिभिलेज नम्बर वितरण गर्ने जनाएको छ ।