काठमाडौं । समृद्धि फाइनान्सले २५६७ औं बुध्द जयन्ती तथा उभौली पर्वको अवसरमा बिभिन्न कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त फाइनान्सले आज २५६७ औं बुध्द जयन्तीको अवसरमा बुटबल शाखा कार्यालय बाट बुटबल स्थित पद्म चैत्य विहारमा फलफूल तथा जूस वितरण कार्यक्रम सम्पन्न गरेको छ । यसका साथै, फाइनान्सले हेटौंडा शाखा कार्यालयबाट जिक्देन शिवा छेत्रालिङ गुम्बालाई गुम्बाकी अध्यक्ष डोल्मा स्याङबो मार्फत खाद्यान्न वितरण गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनीले हाल आठ वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
साथै, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोड जस्ता डिजिटल सुविधाहरुका साथै बचत खातामा ९ प्रतिशतसम्मको उच्चतम ब्याजदर समेत प्रदान गरिरहेको छ ।