निफ्राकाे संचालकमा रत्नराज बज्रचार्य नियुक्त
काठमाडौं । नेपाल इन्फास्ट्रकचर बैंक(निफ्रा)को संचालकमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्याकारी अधिकृत (सीइओ) रत्नराज बज्रचार्यलाई नियुक्त भएका छन् । बैंकको आइतबार बसेको संचालक समितिको बैठकले बज्रचार्यलाई संस्थापक संचालकमा नियुक्त गरेको हो । यस्तै, बैठकले सर्वसाधारण समूहका संचालक सुमन पोखरेलको राजीनामा स्वीकृत गरेको छ ।
सिटिजन्स बैंकका ग्राहकलाई जंगल भिल्ला रिर्सोटमा विशेष छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र चितवन स्थित जंगल भिल्ला रिर्सोटबीच सम्झौता भएको छ । बैंक र रिसोर्टबीच बैंकका कार्डवाहक ग्राहकहरुलाई विशेष छुट दिने सम्झौता भएको हो । सम्झौता अनुसार बैंकका ग्राहकले डिजिटल कारोबार १५ प्रतिशतसम्म छुट पाउनेछन् । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा ए।टि।एम। ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजारभन्दा बढि ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
प्रिमियमा आईपीओ जारी गर्न लागेको सिटिजनको नाफा साढे १४ करोड, ५० प्रतिशत बढायो पूँजी
काठमाडौं ।प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्ने तयारी गरिरहेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ३ प्रतिशत बढेर १५ करोड १ लाख ४८ हजार रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ६३ लाख ३७ हजार रुपैयाँ खुद नाफा गरेको थियो । चैत मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन १ प्रतिशत बढेर ३ अर्ब ७२ करोड ८२ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ५९ करोड ५० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद दावी भुक्तानी ४० प्रतिशत बढेर १ अर्ब १३ करोड ८४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८१ करोड ४८ लाख रुपैयाँ मात्रै खुद दावी भुक्तानी गरेको थियो । चैत मसान्तसम्म कम्पनीको चुक्ता पूँजी ५० प्रतिशत बढेर २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ, जगेडा कोष ५४ प्रतिशत बढेर १ अर्ब २८ करोड ५६ लाख रुपैयाँ, जीवन बीमा कोष ५ प्रतिशत बढेर ८ अर्ब ४७ करोड ४१ लाख रुपैयाँ र महाविपत्ति कोष ५३.८४ प्रतिशत बढेर १४ करोड ७ लाख रुपैयाँ पुगेको छ । चालू आवको ९ महिनाको अवधिमा कूल बीमा शुल्क आर्जन ४ अर्ब १ करोड ८३ लाख रुपैयाँ, कूल कायम रहेको बीमालेखको संख्या २ लाख ७४ हजार २१८, कूल जारी बीमा लेखको ंसंख्या २२ हजार ८७७, कूल दावी भुक्तानी १ अर्ब ३३ करोड ३१ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको ३०४ वटा दाबी मार्फत ११ करोड २९ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ ।