‘आइएमई पे’ले क्युआर भुक्त्तानीमा रिवार्ड पोइन्ट दिने
काठमाडौं । आइएमई डिजिटल सोलुसनको ‘आइएमई पे’ ले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको छ । ग्राहकलाई विद्युतीय तथा क्युआर भुक्तानीतर्फ प्रेरित गर्ने उदेश्यका साथ आइएमई पेले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको हो । सो भुक्तानी बाहेक आइएमई पेले अन्य विभिन्न सुविधामा पनि रिवार्ड पोइन्ट दिने बताएको छ । रिवार्ड पोइन्ट जुनसुकै किसिमको क्युआर भुक्तानीमा समेत पाउन सकिने कम्पनीले बताएको छ । कम्पनीको अनुसार सो रिवार्ड पोइन्ट कारोबार गर्दै जाँदा जोडिदै जाने र भविष्यमा ग्राहकले रिवार्ड पोइन्ट रिडीम पनि गर्न सकिने छ । ।
भैरहवाको आफ्नै भवनबाट सुरु गर्यो एभरेष्ट बैंक
काठमाडौं । एभरेष्ट बैंकको भैरहवा शाखाको सेवा अब आफ्नै नवनिर्मित भवनबाट हुने भएको छ । बैंकका अनुसार उक्त भवन आईतबारदेखि रुपन्देही जिल्लाकोको सिद्धार्थनगर नगरपालिकामा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग सेवा तथा कारोबारहरु सञ्चालन गरेको छ । उक्त भवनको उद्घाटन समारोहमा सिद्धार्थनगर चेम्बर अफ कमर्सका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंक भैरहवाको नायब निर्देशक जिवन प्रकाश पाण्डे, जि.प्र.का रुपन्देहीका प्रहरी निरिक्षक सुरेश पन्त, बैंकका लुम्बीनी प्रदेशका प्रादेशिक–प्रबन्धक लव प्रसाद कुईकेल साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले एभरेष्ट बैंक सो क्षेत्रको एक अग्रणी बैंक भएको र भैरहवा र सो आसपासको क्षेत्रको विकासमा बैंकले उल्लेख्निय भूमिका खेलेको धारणा व्यक्त गरे भने बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले आफनै नवनिर्मित भवनबाट ग्राहकहरुले सम्पूर्ण आधु्निक बैंकिङ्ग सेवा तथा सुविधा उपभोग गर्न सक्ने बताए । साथै सो समारोहमा बैंकले विगत २५ वर्ष देखी निरन्तर रुपमा बैंकसंग आवद्ध ग्राहक नारायण बराईलाई सम्मान समेत गरेको थियो ।
महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थालाई सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंक संस्थागत सामाजिक उत्तरदायित्व विभिन्न संस्थालाई सहयोग गरेको छ । बैंकले यसअन्तरर्गत स्वास्थ्य प्रतिष्ठान, नेपाल प्रहरी र विद्यालयलाई सहयोग गरेको छ । बैंकको नेपालगंज शाखाले कोहलपुर नगरपालिका वडा नं ११ मा अवस्थित निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई सेमी अटो बायोकेमेस्टी हस्तान्तरण गरेको छन् । स्वास्थ्य प्रतिष्ठानमा उपचारका निमित्त आउने त्यस क्षेत्रमा बसोबास गर्ने विपन्न वर्गका समुदायलाई न्युनतम मुल्यमा किडनी, लिभर, सुगर र युरीक एसिड सम्वन्धी प्रयोगशाला चेकजाँचमा सहजता पु¥याउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको जनाएको छ । त्यस्तै, बैंकको डल्लु र ठमेल शाखाले जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंलाई ब्यारिकेट, कोन तथा गोप्रो क्यामरा हस्तान्तरण गरेको छ । काठमाडौं महानगरपालिकामा सार्वजनिक सुरक्षा, अमन चयन कायम राख्न, सम्भावित अपराधको रोकथाम नियन्त्रण तथा अनुसन्धान गर्नका साथै तिव्र गतिमा सवारी साधन चलाउने, मादक पद्घार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरुको नियन्त्रण तथा चेक जाँच गर्ने प्रयोजानार्थ बैंकले उक्त सहयोग गरेको जनाएको छ । यस्तै, बैंकको विरगंज शाखाले विरगंज महानगरपालिका वडा नं १४ मा अवस्थित सिद्धार्थ माध्यामिक विद्यालयलाई छ थान स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ । बालविकास इसिडीदेखि १२ कक्षासम्म अध्यापन गराईने विद्यालयलाई विद्यार्थी मैत्री बनाउन मद्दत पु¥याउने उद्देश्यले बैंकले इसिडी सहयोग गरेको जनाएको छ ।