कुमारी बैंकको एटिएम झोरमा

<p>काठमाडौं । कुमारी बैंकले झोर क्षेत्रमै पहिलो पटक एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो झोर विस्तारित काउन्टरमा झोरकै पहिलो एटिएम सञ्चालनमा ल्याएको हो । टोखा नगरपालिका वडा नंः १, झोर क्षेत्र यहाँ अवस्थित बौद्धेश्वर महादेवको मन्दिर तथा झरनाका कारण अहिले काठमाडौं एक प्रमुख पर्यटकिय आकर्षणको केन्द्र बन्दै गएको छ । झोरमै पहिलो पटक स्थापित [&hellip;]</p>

काठमाडौं । कुमारी बैंकले झोर क्षेत्रमै पहिलो पटक एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो झोर विस्तारित काउन्टरमा झोरकै पहिलो एटिएम सञ्चालनमा ल्याएको हो ।

टोखा नगरपालिका वडा नंः १, झोर क्षेत्र यहाँ अवस्थित बौद्धेश्वर महादेवको मन्दिर तथा झरनाका कारण अहिले काठमाडौं एक प्रमुख पर्यटकिय आकर्षणको केन्द्र बन्दै गएको छ ।

झोरमै पहिलो पटक स्थापित यस कुमारी बैंकको एटिएमको उद्घाटन, टोखा नगरपालिका वडा नंः १, झोरका वडा प्रमुख, रमेश कुमार लामिछानेद्वारा सम्पन्न गरिएको छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४८ एक्सटेन्सन काउन्टर, २९६ एटिएम तथा ६२ शाखा रहित बैंकिङ्ग ईकाई सहितका सञ्जालहरु मार्फत सेवा दिदै आइरहेको छ ।

Share News