प्रभु क्यापिटल र एन्ट फाउन्डेसनबीच सम्झौता
काठमाडौं । प्रभु क्यापिटल र एन्ट फाउन्डेसनबीच समझदारी पत्रमा सम्झौता भएको छ । नोभेम्बर २८ मा एन्ट फाउन्डेसनको ‘नाे सेभ नाेबेम्बर-फेसन फर अ कज’, क्यान्सर सम्बन्धी चेतनामुलक कार्यक्रममा आफ्नो ऐक्यबद्घता जनाउँदै सो फाउन्डेसनलाई सामाजिक उत्तरदायित्व कोष मार्फत आर्थिक सहयोग गरी सो क्याम्पेन बिचमा एकआपसमा सहकार्यको सम्झौता गरेका छन् । प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशीष गौचन र एन्ट फाउन्डेसनका फाउन्डर प्रशान्त ताम्राकारले हस्ताक्षर गरी समझौतापत्र आदानप्रदान गरे। सम्झौतामा प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गतको प्रोडक्टहरु मध्ये ‘प्रभु ऐश्वर्या योजना’ मा आबद्व हुने महिला दिदीबहिनीहरुबाट क्यापिटललाई प्राप्त भएको पहिलो वर्षको वार्षिक सेवा शुल्क बाट ५० प्रतिशत सेवा शुल्क बराबरको रकमसाथै, सो योजनाबाट प्राप्त हुने मुनाफाबाट २० प्रतिशत बराबरको रकम फाउन्डेसनलाई महिला सशक्तिकरण तथा महिलामा हुने स्तन क्यान्सर सम्बन्धी सचेतनामूलक कार्यक्रमका लागि सामाजिक सुरक्षा दायित्व अन्तर्गत प्रभु क्यापिटलले सहयोग गर्ने जनाएको छ । महिलाहरुलाई केन्द्रित गरी सञ्चालित यो लगानी व्यवस्थापन सेवामा महिला ग्राहकहरुले न्यूनतम रु ३ लाखबाट लगानी व्यवस्थापन सेवा शुरु गर्न सक्ने क्यापिटलले उल्लेख गरेको छ । ‘महिलाहरुलाई आर्थिक रुपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणा लिई प्रभु क्यापिटलले सञ्चालनमा ल्याएको यो ‘प्रभु ऐश्वर्या योजना’ तथा एन्ट फाउन्डेसन दुबैले महिलाहरुको आर्थिक तथा वित्तीय स्वतन्त्रतामा समेत केन्द्रित रही कार्यक्रम गर्ने हुदाँ दुबै संस्थाको उद्येश्यमा एकरुपता देखिएकाले यो सम्झौता गरेका हौं’, प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशीष गौचनले भने । प्रभु क्यापिटलले मर्चेन्ट सम्बन्धी सेवाका साथै साथै आफ्ना सेवा तथा एचयमगअत हरु संगै गाँसेर सामाजिक उत्तरदायित्व समेत वहन गर्दै आईरहेको छ । सिएसआर अन्तर्गत पूँजीबजारसँग सम्बन्धित सचेतना कार्यक्रम तथा तालिमपनि प्रदान गर्दछ प्रभु क्यापिटलले प्रदान गर्ने सेवाहरु मध्ये पिएमएस लगानी व्यवस्थापन सेवा, लगानी विविधिकरणको राम्रो विकल्प मानिन्छ । क्यापिटलको लगानी व्यवस्थापन सेवा पिएमएसमा आवद्घ हुने ग्राहक तथा संस्थाहरुलाई विज्ञ परिचालन गरी ग्राहकको इन्भेष्टमेन्ट फण्ड वासञ्चालनमै रहेको पोर्टफोलियोलाई प्रभावकारी रुपमा पूँजी बजार तथा धितोपत्रको उपकरणमा लगानी गरी अधिकतम मुनाफा प्रदान गर्ने लक्ष्यका साथ सेवा दिने गर्दछ । एन्ट फाउन्डेसन एक स्वैच्छिक गैर नाफामुखी संस्था हो, जसले स्वास्थ्य, शिक्षा, वातावरण तथा क्यान्सर सचेतना अभियानमा सहयोग गर्न विभिन्न कार्यक्रमहरू आयोजना गरी कोष सङ्कलन गर्दछ तथा सो कोषलाई फाउन्डेसनको उद्येश्य पूर्तिका लागि उपयोग गर्दछ । यसले क्यान्सर सचेतना अभियानमा नेपाल क्यान्सर रिलिफ सोसाइटी, नेपाल स्तन क्यान्सर फाउन्डेसन, क्यान्सर केयर नेपाल तथा नेपाल क्यान्सर सरभाइभर सोसाइटीसँग हातेमालो गरी हेल्थ क्याम्प तथा क्यान्सर सम्बन्धी विभिन्न सचेतना कार्यक्रम सञ्चालन गर्ने गर्दछ ।
स्वावलम्बन लघुवित्तले डाक्यो साधारणसभा, लाभांश र मर्जर प्रस्ताव पारित गर्ने
काठमाडौं । लाभांश वितरण प्रस्ताव पारित गर्न स्वावलम्बन लघुवित्तले वार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्त सञ्चालक समितिको मंसिर १२ गते बसेको बैठकले २२औँ वार्षिक साधारणसभा पुस ४ गते बालुवाटार काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । लघुवित्तको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १२.३६ प्रतिशत बोनस सेयर र ०.६५०५ प्रतिशत नगद गरी कूल १३.०१ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । हाल लघुवित्तको जारी तथा चुक्ता पुँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार रुपैयाँ रहेकोमा बोनस सेयर बाँडफाँटपश्चात् १ अर्ब ४५ करोड रुपैयाँ कायम हुने छ । लघुवित्तको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । सर्वसाधारण समूहबाट एक जना सञ्चालक निर्वाचन गर्नेछ । यस्तै, सभाले कुनै उपयुक्त संस्थासँग मर्जर गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिनेछ । लघुवित्तले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर २२ गते सेयरधनी किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर २१ गतेसम्म कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् ।
राष्ट्रिय बीमा कम्पनीका सीईओ बरालले दिए राजीनामा
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बरालले राजीनामा दिएका छन् । सीईओ बरालले मंगलबार सञ्चालक समितिमा राजीनामा पत्र पेश गरेको कम्पनी स्रोतले जनाएको छ । स्रोतका अनुसार सीईओ बरालले २ महिनापछि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् । राष्ट्रिय बीमा कम्पनीले वि.सं. २०७९ भदौ २३ गते बराललाई सीईओमा नियुक्त गरेको थियो । सीईओ बरालले भदौ २७ गतेदेखि लागू हुने ४ वर्षका लागि सीईओ पद सम्हालेका थिए । तर, १५ महिना नपुग्दै उनले राजीनामा दिएका हुन् । खुला प्रतिस्पर्धाबाट सीईओ पदमा बरालले बाजी मारेका थिए । सीईओ बरालसँग बीमा क्षेत्रमा लामो समय काम गरेको अनुभव छ । उनीसँग साविक लुम्बिनी जनरल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्समा सीईओ भएर काम गरेको अनुभव छ ।