राष्ट्र बैंकले जारी गर्याे निफ्रा बैंकलाई यस्तो निर्देशन

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)का लागि नयाँ निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको नियमन विभागले बुधबार एकीकृत निर्देशन २०८० संशोधन गर्दै नयाँ निर्देशन जारी गरेको हो । अब ब्याज पुँजीकरण गरिएको परियोजना व्यावसायिक रुपमा सञ्चालनमा आएको अवस्थामा इन्ट्रेष्ट क्यापिटलाइज्ड टर्म लोन (आईसीतीएल)मा रहेको सम्पूर्ण रकमलाई इन्ट्रेष्ट क्यापिटलाइज्ड रिभर्ज (आईसीआर)बाट घटाई [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)का लागि नयाँ निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको नियमन विभागले बुधबार एकीकृत निर्देशन २०८० संशोधन गर्दै नयाँ निर्देशन जारी गरेको हो ।

अब ब्याज पुँजीकरण गरिएको परियोजना व्यावसायिक रुपमा सञ्चालनमा आएको अवस्थामा इन्ट्रेष्ट क्यापिटलाइज्ड टर्म लोन (आईसीतीएल)मा रहेको सम्पूर्ण रकमलाई इन्ट्रेष्ट क्यापिटलाइज्ड रिभर्ज (आईसीआर)बाट घटाई संचित मुनाफा हिसाबमा सार्न सकिनेछ ।

जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपूर्व ऋणीले सुरक्षणस्वरुप राखेको धितो लिलाम गरी असुली गर्नुपर्नेछ । यस्तो सुरक्षणबाट भएको असुली पर्याप्त नभई बैंकको लेना रकम बाँकी रहेमा सोको भुक्तानीका लागि जमानतदातालाइ ९० दिनको समय प्रदान गर्नुपर्नेछ । सो सूचना अवधिपश्चात मात्र जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपर्नेछ ।

अब जे.भी.मा आवद्ध कुनै फर्म/कम्पनी कालोसूचीमा परेको कारणले मात्र सोही जे.भी.मा आवद्ध अन्य फर्म÷कम्पनीहरुलाई कालोसूचीमा राख्न अनिवार्य हुने छैन ।

[pdf id=448877]

Share News