लघुवित्तको आधारदर २०.३९ प्रतिशत, १५%को सीमाले गरेन काम

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूको ब्याजदरमा लगाइएको सीमाभन्दा आधारदर नै धेरै रहेको तथ्याङ्क सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार लघुवित्त संस्थाहरूको ब्याजदरमा तोकिएको ब्याजदरभन्दा आधार दर बढी देखिएकाे हाे । गत पुससम्मको तथ्यांकअनुसार लघुवित्तको आधारदर २० प्रतिशतभन्दा बढी देखिएकाे छ । जबकी राष्ट्र बैंकले लघुवित्तको ब्याजदरमा १५ प्रतिशतको सीमा ताेकेकाे छ । बैंकिङ प्रणालीमा उच्च ब्याजदरको प्रभाव लघुवित्तमा देखिएको हो । पुस मसान्तसम्म औसत आधारदर भने १४.७९ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएकाे छ । राष्ट्र बैंकका अनुसार २८ वटा लघुवित्त संस्थाको आधार दर १५ प्रतिशतभन्दा बढी छ । जसमध्ये सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्तको आधार दर २०.३९ प्रतिशत पुगेको छ । यस्तै, एनएमबि लघुवित्तको १९.५८ प्रतिशत, सामुदायिक लघुवित्तको १९.४८ प्रतिशत, विजय लघुवित्तको १९.०६ प्रतिशत पुगेको छ । यस्तै, गणपति लघुवित्तको १८.०९ प्रतिशत, इन्फिनिटी लघुवित्तको १७.९९ प्रतिशत, जालपा लघुवित्तको १७.९० प्रतिशत, नाडेप लघुवित्तको १७.८२ प्रतिशत, धौलागिरी लघुवित्तको १७.१० प्रतिशत, सीवाईसी लघुवित्तको १७.१० प्रतिशत, मानुषी लघुवित्तको १७.०४ प्रतिशत, समता लघुवित्तको १६.६८ प्रतिशत आधार दर रहेको छ । यता लघुवित्तकर्मीहरूले भने ब्याजमा लगाएको १५ प्रतिशतको क्याप खुकुलो पार्नु पर्ने माग गरिरहेका छन् । बैंकिङ प्रणालीमा उच्च ब्याजदरको प्रभाव लघुवित्तमा देखिएपछि क्याप हटाउनु पर्ने उनीहरूको भनाइ छ । [pdf id=464781]

२१ वटा लघुवित्तको नाफा ऋणात्मक

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा २१ वटा लघुवित्त वित्तीय संस्थाहरूले नोक्सानी बेहोर्नु परेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार पुस मसान्तसम्म २१ वटा लघुवित्तको नाफा ऋणात्मक रहेको छ । समीक्षा अवधिमा विजय लघुवित्तको ९ करोड ६४ लाख रुपैयाँ, एनएमबि लघुवित्तले ५ करोड ७८ लाख रुपैयाँ, फरवार्ड लघुवित्तको १० करोड ४ लाख रुपैयाँ, महुली लघुवित्तको ७९ लाख रुपैयाँ नोक्सानीमा छ । यस्तै, सामुदायिक लघुवित्तको ३ करोड ९९ लाख रुपैयाँ, विन नेपाल लघुवित्तको २८ लाख रुपैयाँ, आशा लघुवित्तको ३ करोड १२ लाख रुपैयाँ, इन्फिनिटी लघुवित्तको ३ करोड ८७ लाख रुपैयाँ, सबैको लघुवित्तको १ करोड ९७ लाख रुपैयाँ, मनकामना स्मार्ट लघुवित्तको १ करोड १६ लाख रुपैयाँ नोक्सानी रहेको छ । समाज लघुवित्तको १६ लाख रुपैयाँ, महिला लघुवित्तको २ करोड ९३ लाख रुपैयाँ, मानुषी लघुवित्तको १ करोड ७७ लाख रुपैयाँ, उपकार लघुवित्तको १ करोड ७५ लाख रुपैयाँ, धौलागिरी लघुवित्तको ४ करोड १४ लाख रुपैयाँ, स्वस्तिक लघुवित्तको ५९ लाख रुपैयाँ, श्रीजनशील लघुवित्तको १४ करोड ६३ लाख रुपैयाँ ऋणात्मक रहेको राष्ट्र बैंकको तथ्याङ्क छ । यस्तै, किसान लघुवित्तको ७ करोड ५९ लाख रुपैयाँ, बीपीडब्ल्यू लघुवित्तको ३ लाख रुपैयाँ, सुपर लघुवित्तको १० करोड ५० लाख रुपैयाँ, अभियान लघुवित्तको ७ करोड ८० लाख रुपैयाँ नाफा ऋणात्मक रहेका छन् ।

समस्यामा परेपछि लघुवित्तले शाखा विस्तार रोके, सदस्य पनि घट्दै

काठमाडौं । पछिल्लो समय लघुवित्त वित्तीय संस्था शाखा विस्तारमा सुस्त देखिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार लघुवित्तहरू शाखा विस्तारमा सुस्त देखिएका हुन् । अघिल्लो आर्थिक बर्षको दोस्रो त्रयमासमा लघुवित्त वित्तीय संस्थाहरुको शाखा संख्या ०.३४ प्रतिशतले वृद्वि भएकोमा यस आर्थिक बर्षको दोस्रो त्रयमासमा भने ०.०६ प्रतिशतले वृद्वि भएको देखिन्छ । यस्तै, समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको सदस्य संख्या ०.२२ प्रतिशतले घटेर ६० लाख ३ हजार पुगेको छ भने यस बैंकको निर्देशन बमोजिम एक संस्था एक ऋणीको व्यवस्था भएसँगै ऋणीको संख्या ८.३३ प्रतिशतले घटेर २७ लाख ३६ हजार पुगेको छ । लघुवित्त वित्तीय संस्थाहरुको संख्या मर्जर तथा एक्विजिसनका कारण घट्दो क्रममा रहेको देखिन्छ । २०७९ पुस मसान्तसम्ममा ६४ वटा लघुवित्त वित्तीय संस्थाहरु रहेकोमा २०८० पुस मसान्तसम्ममा ५७ वटा कायम भएको छ । ५७ वटा लघुवित्त वित्तीय संस्थाहरुमध्ये ३ वटा थोक कर्जा प्रदायक संस्था रहेका छन् भने बाँकी ५४ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्थाहरु रहेका छन् । लघुवित्त वित्तीय संस्थाहरुको शाखा विस्तार पछिल्लो समयमा सुस्त गतिमा रहेको देखिन्छ ।