मञ्जुश्री फाईनान्सको सञ्चालकमा गौतम नियुक्त

काठमाडौं । मञ्जुश्री फाईनान्सको सञ्चालकमा सतीस गौतम नियुक्त भएका छन् । फागुन ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सञ्चालक पदमा गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनले फागुन ४ गते देखि नै कार्यभार सम्हालिसकेका छन् ।

सेन्ट्रल फाइनान्सले लाभांश नदिने

काठमाडौं । सेन्ट्रल फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट लाभांश नदिने भएको छ । फागुन ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिने घोषणा गरेको हो । त्यस्तै, संस्थाले कम्पनीको नाफा नोक्सान, हिसाव र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने लगायतका वित्तीय विवरणहरु अनुमोदनको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने छ । उक्त विवरणहरु स्वीकृत भएपछि संस्थाको साधारण सभाले पारित गर्ने छ ।

शिखर इन्स्योरेन्सले लाभांश नदिने, कोषमै सञ्चय गर्ने

काठमाडौं । शिखर इन्स्योरेन्सले यो वर्ष लाभांश नदिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । उक्त निर्णय फागुन ४ गते बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले वितरणयोग्य नाफाबाट लाभांश वितरण नगरी सञ्चित कोषमै सञ्चय गर्ने निर्णय गरेको छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ छ । गत आर्थिक वर्षमा कम्पनीले ४० करोड ३१ लाख रुपैयाँ बराबरको खुद नाफा गरेको थियो भने ६ करोड ४ लाख ७६ हजार रुपैयाँ बराबरको वितरणयोग्य नाफा गरेको थियो । जुन रकम अब कम्पनीको सञ्चय कोषमा जम्मा हुने छ ।