लघुवित्तको आधारदर २०.३९ प्रतिशत, १५%को सीमाले गरेन काम

<p>काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूको ब्याजदरमा लगाइएको सीमाभन्दा आधारदर नै धेरै रहेको तथ्याङ्क सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार लघुवित्त संस्थाहरूको ब्याजदरमा तोकिएको ब्याजदरभन्दा आधार दर बढी देखिएकाे हाे । गत पुससम्मको तथ्यांकअनुसार लघुवित्तको आधारदर २० प्रतिशतभन्दा बढी देखिएकाे छ । जबकी राष्ट्र बैंकले लघुवित्तको ब्याजदरमा १५ प्रतिशतको सीमा ताेकेकाे [&hellip;]</p>

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूको ब्याजदरमा लगाइएको सीमाभन्दा आधारदर नै धेरै रहेको तथ्याङ्क सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार लघुवित्त संस्थाहरूको ब्याजदरमा तोकिएको ब्याजदरभन्दा आधार दर बढी देखिएकाे हाे ।

गत पुससम्मको तथ्यांकअनुसार लघुवित्तको आधारदर २० प्रतिशतभन्दा बढी देखिएकाे छ । जबकी राष्ट्र बैंकले लघुवित्तको ब्याजदरमा १५ प्रतिशतको सीमा ताेकेकाे छ । बैंकिङ प्रणालीमा उच्च ब्याजदरको प्रभाव लघुवित्तमा देखिएको हो ।

पुस मसान्तसम्म औसत आधारदर भने १४.७९ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएकाे छ ।

राष्ट्र बैंकका अनुसार २८ वटा लघुवित्त संस्थाको आधार दर १५ प्रतिशतभन्दा बढी छ । जसमध्ये सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्तको आधार दर २०.३९ प्रतिशत पुगेको छ । यस्तै, एनएमबि लघुवित्तको १९.५८ प्रतिशत, सामुदायिक लघुवित्तको १९.४८ प्रतिशत, विजय लघुवित्तको १९.०६ प्रतिशत पुगेको छ ।

यस्तै, गणपति लघुवित्तको १८.०९ प्रतिशत, इन्फिनिटी लघुवित्तको १७.९९ प्रतिशत, जालपा लघुवित्तको १७.९० प्रतिशत, नाडेप लघुवित्तको १७.८२ प्रतिशत, धौलागिरी लघुवित्तको १७.१० प्रतिशत, सीवाईसी लघुवित्तको १७.१० प्रतिशत, मानुषी लघुवित्तको १७.०४ प्रतिशत, समता लघुवित्तको १६.६८ प्रतिशत आधार दर रहेको छ ।

यता लघुवित्तकर्मीहरूले भने ब्याजमा लगाएको १५ प्रतिशतको क्याप खुकुलो पार्नु पर्ने माग गरिरहेका छन् । बैंकिङ प्रणालीमा उच्च ब्याजदरको प्रभाव लघुवित्तमा देखिएपछि क्याप हटाउनु पर्ने उनीहरूको भनाइ छ ।

[pdf id=464781]

Share News