२१ वटा लघुवित्तको नाफा ऋणात्मक

<p>काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा २१ वटा लघुवित्त वित्तीय संस्थाहरूले नोक्सानी बेहोर्नु परेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार पुस मसान्तसम्म २१ वटा लघुवित्तको नाफा ऋणात्मक रहेको छ । समीक्षा अवधिमा विजय लघुवित्तको ९ करोड ६४ लाख रुपैयाँ, एनएमबि लघुवित्तले ५ करोड ७८ लाख रुपैयाँ, फरवार्ड लघुवित्तको १० करोड ४ [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा २१ वटा लघुवित्त वित्तीय संस्थाहरूले नोक्सानी बेहोर्नु परेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार पुस मसान्तसम्म २१ वटा लघुवित्तको नाफा ऋणात्मक रहेको छ ।

समीक्षा अवधिमा विजय लघुवित्तको ९ करोड ६४ लाख रुपैयाँ, एनएमबि लघुवित्तले ५ करोड ७८ लाख रुपैयाँ, फरवार्ड लघुवित्तको १० करोड ४ लाख रुपैयाँ, महुली लघुवित्तको ७९ लाख रुपैयाँ नोक्सानीमा छ ।

यस्तै, सामुदायिक लघुवित्तको ३ करोड ९९ लाख रुपैयाँ, विन नेपाल लघुवित्तको २८ लाख रुपैयाँ, आशा लघुवित्तको ३ करोड १२ लाख रुपैयाँ, इन्फिनिटी लघुवित्तको ३ करोड ८७ लाख रुपैयाँ, सबैको लघुवित्तको १ करोड ९७ लाख रुपैयाँ, मनकामना स्मार्ट लघुवित्तको १ करोड १६ लाख रुपैयाँ नोक्सानी रहेको छ ।

समाज लघुवित्तको १६ लाख रुपैयाँ, महिला लघुवित्तको २ करोड ९३ लाख रुपैयाँ, मानुषी लघुवित्तको १ करोड ७७ लाख रुपैयाँ, उपकार लघुवित्तको १ करोड ७५ लाख रुपैयाँ, धौलागिरी लघुवित्तको ४ करोड १४ लाख रुपैयाँ, स्वस्तिक लघुवित्तको ५९ लाख रुपैयाँ, श्रीजनशील लघुवित्तको १४ करोड ६३ लाख रुपैयाँ ऋणात्मक रहेको राष्ट्र बैंकको तथ्याङ्क छ ।

यस्तै, किसान लघुवित्तको ७ करोड ५९ लाख रुपैयाँ, बीपीडब्ल्यू लघुवित्तको ३ लाख रुपैयाँ, सुपर लघुवित्तको १० करोड ५० लाख रुपैयाँ, अभियान लघुवित्तको ७ करोड ८० लाख रुपैयाँ नाफा ऋणात्मक रहेका छन् ।

Share News