माछापुच्छ्रे बैंकबाट सिटिजन लाइफइन्स्योरेन्सको बीमा सेवा पाइने, दुई कम्पनीले गरे संझौता
काठमाडौँ । सिटिजन लाइफइन्स्योरेन्स कम्पनी र माछापुच्छ्रे बैंकबीच ‘बैंकास्योरेन्स’ सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा सिटिजन लाइफइन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरेका छन् । सिटिजन लाइफइन्स्योरेन्स कम्पनी र माछापुच्छ्रे बैंकबीच भएको यो सम्झौताले ग्राहकवर्गका लागि थप सुविधा हुने विश्वास दुवै कम्पनीले लिएका छन् । सम्झौता अनुसार ग्राहकहरुले माछापुच्छ्रे बैंकका सम्पूर्ण शाखाहरुबाट सिटिजन लाइफइन्स्योरेन्सको जीवन बीमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी गर्न लगायत सम्पूर्ण जीवनबीमा सेवाहरु प्राप्त गर्न सक्ने छन् ।
सप्तरीको महादेवामा एनआईसी एशिया बैंकको नयाँ शाखा
काठमाडौँ । सप्तरीको महादेवा गाउँपालिका वडा नं ६ मा एनआईसी एशिया बैंक लि.को शाखा खुलेको छ । महादेवा शाखाको गाउँपालिकाका अध्यक्ष दीपककुमार यादवले एक समारोहबीच शाखा उद्घाटन गरे । उक्त शाखाको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष यादवले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएकोमा बैंकको प्रशंसा गरे । मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकले बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । करिब १४ लाख ५० ग्राहक रहेको बैंकले जनाएको छ ।
कामना सेवाको तीन नयाँ बचत योजना, १ लाखको उपचार / ७ लाखको दुर्घटना बीमा
काठमाडौँ । कामना सेवा विकास बैंकले तीन नयाँ ‘स्वर्णिम सुरक्षित, बैेंङ्कासुरेन्स र रिकरिङ्ग’जस्ता योजनाहरु सार्वजनिक गरेको छ । योजना अन्र्तगत ग्राहकहरुको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राख्दै एक लाखसम्मको औषधि उपचार बीमा र सातलाख सम्मको दुर्घटना बीमा सहित स्वर्णिम सुरक्षित बचत खाता, एक तोलाचाँदीको सिक्काउपहार सहित बैेंङ्कासुरेन्स बचत खाता र मासिक बचत गर्न सकिने गरी मुद्दति प्रकृतिको अत्याधिक ब्याज सहित रिकरिङ्ग खाता सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । सबैको लागी अझ बढी सहज, सवल, गतिशील र उत्तरदायी बैंक बन्ने उद्देश्यका साथ नयाँ योजना सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।