सिरहाको गोलबजारमा एनआईसी एशियाको नयाँ शाखा
काठमाडौँ । एनआईसी एशिया बैंक लि.को गोलबजार नगरपालिका वडा नं ४, सिरहामा नयाँ शाखा खुलेको छ । बिहीबार एक समारोहका बीच गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ शाहले शाखाको उद्घाटन गरे । सो अवसरमा नगर प्रमुख शाहले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको बैंकको प्रशंसा गरे ।
प्यान नम्बरबारे बोर्डको निर्णयप्रति इन्भेष्टर्स फोरमले गर्यो स्वागत
काठमाडौँ । साना लगानीकर्ताको हितमा प्यान नम्बर अनिवार्य नगर्ने नेपाल धितोपत्र बोर्डको निर्णयलाई नेपाल इन्भेष्टर्स फोरमले स्वागत गरेको छ । फोरमले विहीबार विज्ञप्ति प्रकाशित गर्दै बोर्डले बिहीबार गरेको निर्णयको स्वागत गरेको हो । ‘आगामी दिनमा नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लगायत सम्पूर्ण नियामक निकायहरुले लगानीकर्ताहरुको जायज माग पूरा गर्ने अपेक्षा राख्दछौँ’-फोरमले विज्ञप्तिमा उल्लेख गरेको छ । प्यानबाट पछि हट्यो धितोपत्र बोर्ड, बैशाख १ गतेदेखि ५ लाख बढीको सेयर कारोबारमा मात्रै अनिवार्य
५ सय सवारी चालकलाई ग्लोबल आइएमईले बाँड्यो पोशाक
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा सार्वजनिक सवारी साधनका चालक तथा परिचालकलाई सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ५०० थान पोशाक वितरण गरेको छ । प्रदेश नं. १ अन्तर्गतका १४ वटै जिल्लाहरुमा संचालन हुने सार्वजनिक सवारी साधनका चालक तथा परिचालकहरुले अनिवार्य पोशाक लगाउनु पर्नेे व्यवस्थालाई कार्यान्वयन गर्न/गराउन निम्न आयस्तर भएका सवारी चालक तथा परिचालकहरुलाई उक्त पोशाकहरु वितरण गरिएको हो । ग्लोबल आइएमई बैंकले ट्राफिक प्रहरीसँगको सहकार्यमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सवारी दुर्घटना न्यूनीकरण एवम् ट्राफिक व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न कार्यक्रहरुमा सहयोग गर्दै आएको जनाएको छ ।