सगरमाथा र ईस्ट्रनबीच संझौता, दुर्घटनामा परेको गाडी बनाउँदा नगद तिर्नु नपर्ने

काठमाडौँ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडमा बीमा भएका आईसर कम्पनीका गाडीहरुको दुर्घटना भई क्षती पुगेकोमा ईस्ट्रन एजेन्सी प्रालिको आधिकारिक सर्भिस सेन्टरमा नगद भुक्तान गर्नु नपर्ने भएको छ । गाडी बनाउदा बीमितले नियमान’सार प्राप्त गर्ने रकम सोझै ईस्ट्रन एजेन्सी प्रालि अन्तर्गगतका सर्भिस सेन्टरहरुलाई सगरमाथा इन्स्योरेन्सले भुक्तानी गर्ने र सो भन्दाअधिक रकम बीमितले भुक्तानी गर्ने गरी सम्झौता भएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनी लि. र ईस्ट्रन एजेन्सी प्रालिबीच सोमबार क्यासलेस भुक्तानी सम्वन्धि सम्झौता भएको हो । सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रम’ख कार्यकारी अधिकृत चंकी क्षेत्री र ईस्ट्रन एजेन्सी प्रालिका प्रमुख कार्यकारी अधिकृत एण्ड प्रवन्ध निर्देशक प्रकाश पौडेलले क्यासलेस भुक्तानी सम्वन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त अवसरमा यस सम्झौता पश्चात सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले आफ्ना ग्राहकले आफुलाई समस्या परेको समयमा गाडी मर्मतका लागी रकमको ब्यवस्था गर्नु पर्ने झन्झटबाट मुक्त हुने गरी सुबिधा ल्याएको बताए ।

सप्तरीको फत्तेपुरमा एनआईसी एशियाले खोल्यो नयाँ शाखा

काठमाडौँ । एनआईसी एशिया बैंक लिले को सप्तरीको सप्तकोशी नगरपालिकामा नयाँ शाखा सञ्चालन गरेको छ । सो फत्तेपुर शाखाको सप्तकोशी नगरपालिकाका नगर प्रमुख उत्तमकुमार शर्माले फागुन २७ गते एक समारोहबीच उद्घाटन गरे । उक्त शाखाको उद्घाटन समारोहमा नगर प्रमुख शर्माले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको बैंकको प्रशंसा गरेका थिए । बैंकले मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवम् २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा गर्दै आएको छ ।

मिथिला लघुवित्तको साधारणसभा चैत २३ गते, के के छन् विशेष एजेण्डा ?

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था आगामी चैत २३ गते १०औं वार्षिक साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि संस्थाले आगामी चैत ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त सभाले सेयरधनीलाई गत असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीको १०.४५ प्रतिशत बोनस सेयर स्वीकृत गर्दै छ । सो अवधिमा संस्थाको चुक्ता पुँजी ६ करोड ५९ लाख ७७ हजार रुपैयाँ रहेको थियो । साथै, संस्थाले गत नवौं वार्षिक साधारणसभाबाट पारित ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने छ । उक्त हकप्रद पश्चात संस्थाको चुक्ता पुँजीको ९ करोड ८९ लाख रुपैयाँ हुने छ । त्यस्तै, प्रस्तावित बोनस सेयरपछि संस्थाको कूल जारी पुँजी र चुक्ता पुँजी १० करोड ५८ लाख रुपैयाँ पुग्ने संस्थाले जनाएको छ । साथै, सभाले बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि संस्थाले ०.५४९ अर्थात ३ लाख ६२ हजार ८७८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्तावलाई सभाले पारित गदैं छ । त्यस्तै, संस्थाको हाल कायम रहेको अधिकृत पुँजी १० करोडमा १० करोड थपेर जम्मा २० करोड रुपैयाँ पुर्याउने विशेष प्रस्ताव रहेको छ । संचालक समितिको उक्त प्रस्तावलाई साभाले पारित गर्ने भएको छ ।