ज्योतिलाईफका ग्राहकलाई ह्याम्स अस्पतालमा विशेष छुट
काठमाडौँ । ज्योतिलाइफ इन्स्योरेन्स कम्पनीले ग्राहकहरुको सेवासुविधालाई ध्यानमा राखी ह्याम्स अस्पतालसंग स्वास्थ्य सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता गरेकोे छ । उक्त सम्झौता अनुसार ज्योतिलाईफ इन्स्योरेन्समा आबद्ध निर्धारित मापदण्ड पूरा गरेका सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले ह्याम्स अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवा शुल्क र औषधी खरिदमा विशेष छुट प्राप्त गर्ने छन् । सम्झौता पत्रमा ज्योतिलाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाशबिक्रम खत्री र अस्पतालका अध्यक्ष आरएस भण्डारीले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर तथा हाडजोर्नी विभाग प्रमुख डा. भाष्करराज पन्तलगायत अस्पताल र कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
झापाको बिर्तामोडमा खुल्यो कामना सेवाकोे ७० औँ शाखा
काठमाडौँ । कामना सेवाविकास बैंक लिमिटेडले सेवा विस्तारको क्रममा झापा जिल्ला, बिर्तामोड नगरपालिकामा मंगलबार शाखा बिस्तार गरेको छ । बिर्तामोडमा ७० औं शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको हो । बैंकका संचालक समिति सदस्य भिमप्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रदेश नं १ का प्रमुख सुजन राई तथा अन्य विशिष्ट व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत बस्नेतले उक्त शाखा प्रदेश नं. १ को तेस्रो शाखाभएको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताउँदै बैंकको आगामी रणनीतिको बारेमा समेत जानकारी गराएका थिए ।
मुक्तिनाथ विकास बैंकबाट लुम्बिनी जनरल इन्स्योरेन्सका निर्जीवन बीमा सेवा पाइने
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि. र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत नोरप्रकाश प्रधानले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भए पश्चात लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. ले जारी गर्ने विभिन्न निर्जीवन बीमा योजनाहरु मुक्तिनाथ विकास बैंक लि.को देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछ । उक्त सम्झौता कार्यक्रममा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि.का नायव प्रमुख कार्यकारी अधिकृत विके श्रेष्ठ तथा मुक्तिनाथ विकास बैंक लि.का सहायक प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग र बैंकासोरेन्स विभाग प्रमुख राजेन्द्र पाण्डेको उपस्थिति रहेको थियो ।