सनराइज बैंक लिमिटेडको टाँडी शाखा कार्यालय स्थानान्तरण

काठमाडौँ । सनराइज बैंक लिमिटेडले चितवन जिल्लाको रत्ननगर न.पा. वडा नं २ स्थित शाखा कार्यालयलाई साविकको स्थानबाट करिब ५० मि. को दुरीमा स्थान्तरण गरेको छ । बुधबार एक कार्यक्रमका बीच रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यद्वारा स्थानान्तरण गरिएको शाखाको संयुक्त रूपमा उद्घाटन गरियो । उक्त उद्घाटन समारोहमा बैंकका नायव महाप्रबन्धक अपछकुमार यादव लगायत स्थानीय खबासिहरुको उपस्थिती रहेको थियो ।

चार्टड इन्स्योरेन्स इन्स्टिट्युट बेलायतको सद्भावना दुतमा पौड्याल नियूक्त

काठमाडौँ । विगत ४० बर्ष भन्दा बढि बीमा क्षेत्रमा सक्रिय दिनेशप्रकाश शर्मा पौड्याललाई बेलायतको चार्टड इन्स्योरेन्स इन्स्टिट्युटले सद्भावना दुतका रुपमा नियूक्त गरेको छ । चार्टड इन्स्योरेन्सका प्राक्टिसनर समेत रहेका पौड्याल बीमा, पूर्नबीमा, जोखिम व्यवस्थापन र व्यवस्थापन क्षेत्रमा बरिष्ठ परामर्शदाताका रुपमा परिचित छन् । वेलायतबाट बीमा बिषयमा एडभान्स डिप्लोमा गरेका पौड्यालले त्रिभुवन विश्वबिद्यालयबाट एमबिए गरेका छन् । राष्ट्रिय बीमा संस्थान, नेपाल इन्स्योरेन्स कम्पनी लि., प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स लिमिटेडमा उच्च तहमा रही कार्यकारी भुमिका निर्वाह गरिसकेका पौड्यालय सिआईआई कलेज अफ इन्स्योरेन्स युकेका अलमनाई, स्वीस रि–एकेडेमी, स्वीजरल्याण्ड र आईआईआई कलेज इन्स्योरेन्स इण्डियाका पनि अलमुनाई हुन् । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी र बिट्रिस अलमुनाई अफ नेपालका आजिवन सदस्य समेत रहेका पौड्याललाई चार्टड इन्स्योरेन्स इन्टिच्यूटले बीमा क्षेत्रको सद्भावना दुतका रुपमा नियूक्त गरेको हो । उनले बीमा क्षेत्रको विकास र विस्तारका लागि बीमा समिति, बोर्ड लगायतका क्षेत्रमा रहेर काम गरिसकेका छन् ।

सिराहामा एकैदिन कामना सेवाका दुई शाखा सञ्चालन

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले प्रदेश नं. २ अन्तरगत सिराहा जिल्लाको लहान नगरपालिका, वडा नं ०६, लहान र गोलबजार नगरपालिका, वडा नं. ०४, गोलबजारमा बुधबार ७१औँ र ७२ औँ शाखा कार्यालय स्थापना गरेको छ । बैंकका संचालक भीमप्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा कारोबार शुभारम्भ भएको थियो । सोही क्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले यी शाखा समेत गरी प्रदेश नं. २ मा पाँच शाखा पुगेको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताए ।