आईएमई लाइफ इन्स्योरेन्सले कोरोना कोषमा दियो साढे ७ लाख रुपैयाँ

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल सरकारको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा ७ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीले अफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारी कोषमा उक्त सहयोग गरेको हो । यस संकटको घडीमा एउटा सानो सहयोगले पनि कोरोना भाईरस विरुद्ध रोकथाम, तथा नियन्त्रणको साथै उपचारका लागि केही थप सहयोग हुने आशा कम्पनीले गरेको छ । साथै, यस कम्पनीले नेपालभरको विभिन्न अस्पतालहरुमा चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई ब्यक्तिगत सुरक्षाका लागि सुरक्षा सामग्री पीपीई लगायतका सामानहरु समेत हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

जनरल इन्स्योरेन्सले प्रदेश ७ को कोरोना कोषमा दियो ५ लाख रुपैयाँ

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले प्रदेश ७ को कोरोना कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले सुदुरपश्चित प्रदेश ७ सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा उपचार केन्द्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । कम्पनीले कारोना रोकथामको लागि केही राहत होस् भन्ने हेतुले उक्त रकमको चेक सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो ।

अब सहकारीबाट जुनसुकै बैंकमा रकम ट्रान्सफर गर्न सकिने

काठमाडौं । अब सहकारी संस्थाको सदस्यले आफ्नो  खाताबाट सिधै बैंक खातामा रकम ट्रान्सफर सकिने भएको छ । हाम्रो टेक्नोलोजीको मोबाइल बैंकिंग प्लेटर्फम ‘एम बैंक एप’ प्रयोग गरि सहकारीको खाताबाट सिधै बैंक खातामा रकम ट्रान्सफर गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपाल भरका जुनसुकै बैंकमा सहकारीको खाताबाट पैसा ट्रान्सफर गर्न सकिन्छ । ‘एम बैंक एप’ सर्भिस लिएका सहकारी संस्थाले आफ्ना सदस्यलाई यस्तो सुविधा दिन सकिने हाम्रो टेक्नोलोजीका सञ्चालक संजय महासेठले जानकारी दिए । हाम्रो टेक्नोलोजीमा करिब १० वटा बैंक र  ३ सय वटा सहकारी संस्थाहरु आवद्ध छन् । कम्पनीमा आवद्ध सम्पूर्ण सहकारीका सदस्यले यस्तो सुविधा लिन सकिने कम्पनीका  सञ्चालक बिष्णु महर्जनले बताए । विगत ५ वर्षदेखि हाम्रो टेक्नोलोजीले नेपालको बैंकिङ तथा सहकारी क्षेत्रमा केही नयाँ र नौलो काम गर्ने उदेश्यका साथ लागिपरेको उहाँले बताए । एम बैंक एपमा धेरै नयाँ सुबिधाहरु थप गरिएको हाम्रो टेक्नोलोजीका सिनियर मनेजर सुशिला पुरी शाहीले बताए । एम बैंक एप मा आहिले आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर गर्न, व्यालेन्स चेक गर्न, स्टेटमेन्ट हेर्न, लोनको  जानकारी हेर्न, फोन, नेट, टिभि, रिचार्ज गर्न सकिने उनले बताए । त्यस्तै ईसेवा, खल्ती, प्रभु पे, आइएमई पे जस्ता डिजिटल वालेट लोड गर्न सकिने, विजुलीको विल, खानेपानी बिल भुक्तानी गर्न, हवाई टिकट, ओयो होटल बुक गर्न, क्यु आर भुक्तानी लगायतका सेवाहरु उपलब्त्र रहेको कम्पनीले जनाएको छ । कम्पनीले हाल ४ ओटा सहकारीमा सफल परिक्षण गरिरहेको छ । झपाको शिखर साकोस, काठमाडौंको चन्द्रागिरी साकोस, धनगढीको नवजीबन सहकारी र काठमाडौंको नेजु गुरु सहकारीमा सफल परिक्षण भईरहेको कम्पनीले जनाएको छ । यी चार सहकारीले छिट्टै आफ्नो सदस्यहरुबीच यो सुविधा प्रदान गर्दैछ । हाम्रो टेक्नोलोजीले बैंक/सहकारी तथा वित्तीय संस्थाहरुमा डिजिटल बैंकिङको सेवा प्रदान गरिरहेको छ ।