आफ्नो परिवारकै कोरोना बीमा गर्दै अध्यक्ष चापागाईंले भने- अहिलेको अवस्थामा अति जरुरी छ

काठमाडौ । बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले कोरोना सम्बन्धि नयाँ बीमा पोलिसी खरिद गरेर कोरोना बीमाको शुभारम्भ गरेका छन् । अध्यक्ष चापागाईंले आफ्नो परिवारकै बीमा गरेर कोरोना बीमाको सुरुवात गरेका हुन् । याे बीमा अहिलेको अवस्थामा गर्न अति जरुरी भएकाले सबै नागरिकले गर्न आवश्यक रहेकाे उनले बताए । ‘कुनै पनि नेपालीहरुले कोरोना रोग लागेको खण्डमा बीमा क्षेत्रले दिने आर्थिक सहयोग पाउँन यो बीमा गर्न अनिवार्य देखिएको छ । सोही कारण मैले आफैले पनि यस बीमा योजनामा सहभागी भएको हो,’ अध्यक्ष चापागाईंले विकासन्युजसँग भने । विश्वमा नै कोरोना महामारी एक किसीमको संन्त्रास उत्पन्न गरि रहेको छ । सोही महामारीकै कारण विश्वका धेरै देशहरुमा लक डाउन घोषणा भइरहेको छ । नेपालले पनि गत २०७६ साल चैत ११ गतेदेखि सुरु गरेको लकडाउनकाे अवधि थप लम्ब्याइ वैशाख १५ गतेसम्म पुर्याएकाे छ । यसरी कोरोना महामारी फैलिएर समस्या थपि रहेको अवस्थामा बीमा समितिले बिमितलाई कोरोना भाइरस लागेको अवस्थामा आर्थिक अभाव झेल्नु नपरोस् भनेर कोरोना बीमा योजना ल्याएको  हाे । समितिले केहि दिन अघि जारी गरेको निर्देशन अनुसार आईतबारबाट यस बीमाको शुभारम्भ भएको हो ।

अब घरबाटै जीवन बीमा गर्न सकिने, सानिमा लाइफ इन्स्योरेन्सले ल्यायो यस्तो व्यवस्था

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले घरमै बसेर बीमा गर्न सकिने गरि क्लिक एण्ड कभरको व्यवस्था गरेको छ । कम्पनीले हालको परिस्थितिलाई मध्यनजर गर्दै अनलाइन बाटै जीवन बीमा खरिद गर्न सकिने उक्त व्यवस्था ल्याएको हो । यस्तो विषम परिस्थीतिमा पनि आफु र आफनो परिवारको आर्थीक सुरक्षाको बारेमा चिन्तन गरि जीवन बीमा गराउन चाहाने सचेत नागरिकहरुलाई लक्षित गरी उक्त योजना ल्याएको हो । जस अनुशार इच्छुक व्यक्तिहरुले अन लाइन पोर्टल www.sanimalife.com मा लग अन गरी आफ्नो विवरण भरि आफ्नो इच्छा अनुसारको जीवन बीमा पोलिसी खरिद प्रकृया सुरु गर्न सक्नेछन् । यस व्यवस्थाले विषम परिस्थीतिमा पनि ग्राहक वर्गलाई सेवा पुग्ने विश्वास कम्पनीले लिएको छ ।

नेपाल एसबिआई बैंकले कोरोना नियन्त्रण कोषमा एक करोड सहयोग गर्ने

काठमाडौं । नेपाल एसबिआई बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बैंक संचालक समितिका निर्णयनुसार प्रदेश नं. दुईको मुख्यमन्त्री लालबाबु राउत, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट तथा कर्णली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई ५/५ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । सो कार्यक्रमअन्तर्गत बाँकी रहेका प्रत्येक प्रदेश सरकारलाई ५/५ लाख र केन्द्रीय सरकारलाई ५० लाख रुपैयाँ अविलम्ब उपलब्ध गराइने साथै बाँकी रहेको १५ लाख रुपैयाँ कोरोना रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा विभिन्न वर्ग अति विपन्न व्यक्ति र समुदायमा खर्च गरिरहेको बैंकले जनाएको छ ।