अब ‘खल्ती’बाट कुनै पनि सहकारीमा नि:शुल्क पैसा पठाउन सकिने
काठमाडाैं । खल्ती डिजिटल वालेटले सम्पूर्ण ग्राहकहरुको लागि खल्ती मा उपलब्ध ४०० भन्दा बढी सहकारी अर्थात् कोअपरेटिभ खातामा नि:शुल्क रकम पठाउन सकिने आकर्षक सेवा कार्यान्वयनमा ल्याएको छ। यस सेवा अन्तर्गत प्रयोगकर्ताहरुले खल्ती बाट आफ्नो सहकारी खातामा प्रत्येक पटक २५ हजार र दिनको १ लाखसम्मको रकम नि:शुल्क पठाउन वा जम्मा गर्न सक्नेछन् । त्यसैगरी, प्रत्येक महिनाको अधिकतम १० पटक वा २ लाख ५० हजारसम्मको रकम बिना कुनै सेवा शुल्क खल्तीबाट कुनै पनि सहकारी खातामा ट्रान्सफर गर्न सकिन्छ। खल्ती केवाईसी भेरिफाई गराएको प्रयोगकर्ता, खल्ती पसल, र एजेन्टहरुको हकमा यो अफर लागु हुनेछ। नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरि खल्ती केवाईसी भेरिफाई गरि उक्त आकर्षक अफर मा सहभागी हुन सक्नेछन् । ‘खल्ती बाट घरमै बसी सहकारी संस्थाहरुमा पैसा डिपोजिट गर्न वा सहकारीको ऋण तिर्न सकिने सुविधाबाट ग्राहकहरुको अमुल्य समय बचाउन पाउँदा हामी ज्यादै उत्साहित छौँ । हामी आशावादी छौँ कि खल्ती को यो सेवाले हाम्रो डिजिटल नेपाल को अभियानमा थप टेवा पुग्नेछ,’ सोसियल मिडिया तथा कन्टेन्ट मार्केटिंगकी वरिष्ठ अधिकारी रोनिका श्रेष्ठले भनिन् ।
आई पे रेमिट टिकटक च्यालेन्ज: प्रथम हुनेलाई २० हजार
काठमाडौं । आई पे रेमिटले नेपाली नारीहरुका लागि विशेष महत्व राख्ने हरितालिका तीजलाई लक्षित गरी टिकटक च्यालेज घोषणा गरेको छ । भाद्र १४ गतेबाट सुरु हुने यस प्रतियोगितामा सहभागी हुन चाहनु हुने प्रतियोगीहरुले आई पे रेमिटको तीज गीतमा आफ्नो टिकटक भिडियो बनाई अपलोड गर्नुपर्ने छ । भाद्र २४ गतेसम्ममा संचालन हुने यस टिकटक च्यालेन्जमा सहभागी हुने एक भाग्यशाली प्रतियोगी ले लक्की ड्रमार्फत बम्पर क्यास प्राइज २० हजार जित्ने मौका पाउनेछन् । साथै यस च्यालेन्जमा सहभागी हुने मध्ये दैनिक ५ जनाले लक्की ड्र मार्फत ५०० को टपअप पाउनेछन् भने सर्वाधिक लाइक आएको कुनै एक प्रत्योगिले नगद पुरस्कार १० हजार जित्ने मौका पाउनेछन् । मलेशिया, जापान लगाएत विश्वका विभिन्न मुलुक बाट रकम ल्याईरहेको आई पे रेमिट ले रियल टाईम एकाउन्ट डिपोजि सुविधा साथै नेपाल भर छरिएर रहेको १२ हजार भुक्तानि काउन्टरबाट ग्राहकवर्गहरुलाई सुविधा दिँदै आइरहेको छ । अघिल्लो वर्ष पनि आयोजना गरिएको आई पे रेमिटको टिकटक च्यालेन्जमा देश तथा विदेशबाट उल्लेखनीय सहभागिता देखिएको थियो र यस वर्ष सो सहभागिता थप उल्लासमय हुने अपेक्षा गरिएको कम्पनीले जनाएकाे छ ।
ग्लोबल आइएमई लघुवित्तले दियाे ९० लाखकाे ब्याज छुट
काठमाडाैं । पोखरा–२६, विजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्ना ऋणी सदस्यहरुलाई करिब ९० लाख बराबरको ब्याज रकम छुट प्रदान गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभावले सम्पूर्ण क्षेत्र, पेशा र व्यावसाय प्रभावित भइरहेको यस बिषम परिस्थीतिमा वित्तीय संस्थामा आवद्ध ऋणी सदस्यहरुलाई राहत स्वरुप संस्थाले १०(दश) प्रतिशत ब्याज छुट प्रदान गरेको हो । वित्तीय संस्थाको हाल देशभर ११२ वटा शाखा कार्यालयहरु, १ लाख २८ हजार ५०३ जना ग्राहक सदस्यहरु र लगानीमा रहिरहेको कर्जा रकम ६ अर्ब ५६ करोड रहेको छ ।