काठमाडाैं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्ना कर्मचारीहरुका लागि लघुवित्त व्यवस्थापन सम्बन्धी २ दिने तालिम प्रदान गरेको छ ।
भाद्र १४ र १५ गते संस्थाका नवप्रवेशी कर्मचारीहरुलाई संस्थाले तालिम प्रदान गरेकाे हो ।
कर्मचारीहरुलाई संस्था तथा लघुबित्त सम्बन्धी कामहरु तथा नीति–नियमको बारेमा जानकारी दिने, सिकाउने तथा अभिमुखीकरण गराउने उद्देश्यले तालिम दिइएको संस्थाले जनाएको छ ।
२ दिने कार्यक्रमको समापनको अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले कर्मचारीहरुलाई हौसला प्रदान गर्नुका साथै यस किसिमको तालिमले कर्मचारीहरुको कार्यकुशलता बढ्ने बताए । उनले यस्ता तालिमबाट आफूले सिकेको कुरा प्रयोगमा ल्याई कर्मचारी स्वयंको तथा संस्थाको दिगो विकासमा योगदान पुग्ने बताए ।
कार्यक्रममा सहभागी कर्मचारीहरुले उक्त तालिमबाट लघुवित्त सम्बन्धि जानकारी हासिल गर्नुका साथै काम गर्ने हौसला समेत प्राप्त भएको बताएका थिए ।