अब ‘खल्ती’बाट कुनै पनि सहकारीमा नि:शुल्क पैसा पठाउन सकिने

<p>काठमाडाैं । खल्ती डिजिटल वालेटले सम्पूर्ण ग्राहकहरुको लागि खल्ती मा उपलब्ध ४०० भन्दा बढी सहकारी अर्थात् कोअपरेटिभ खातामा नि:शुल्क रकम पठाउन सकिने आकर्षक सेवा कार्यान्वयनमा ल्याएको छ। यस सेवा अन्तर्गत प्रयोगकर्ताहरुले खल्ती बाट आफ्नो सहकारी खातामा प्रत्येक पटक २५ हजार र दिनको १ लाखसम्मको रकम नि:शुल्क पठाउन वा जम्मा गर्न सक्नेछन् । त्यसैगरी, प्रत्येक महिनाको [&hellip;]</p>

काठमाडाैं । खल्ती डिजिटल वालेटले सम्पूर्ण ग्राहकहरुको लागि खल्ती मा उपलब्ध ४०० भन्दा बढी सहकारी अर्थात् कोअपरेटिभ खातामा नि:शुल्क रकम पठाउन सकिने आकर्षक सेवा कार्यान्वयनमा ल्याएको छ।

यस सेवा अन्तर्गत प्रयोगकर्ताहरुले खल्ती बाट आफ्नो सहकारी खातामा प्रत्येक पटक २५ हजार र दिनको १ लाखसम्मको रकम नि:शुल्क पठाउन वा जम्मा गर्न सक्नेछन् । त्यसैगरी, प्रत्येक महिनाको अधिकतम १० पटक वा २ लाख ५० हजारसम्मको रकम बिना कुनै सेवा शुल्क खल्तीबाट कुनै पनि सहकारी खातामा ट्रान्सफर गर्न सकिन्छ।

खल्ती केवाईसी भेरिफाई गराएको प्रयोगकर्ता, खल्ती पसल, र एजेन्टहरुको हकमा यो अफर लागु हुनेछ। नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरि खल्ती केवाईसी भेरिफाई गरि उक्त आकर्षक अफर मा सहभागी हुन सक्नेछन् ।

‘खल्ती बाट घरमै बसी सहकारी संस्थाहरुमा पैसा डिपोजिट गर्न वा सहकारीको ऋण तिर्न सकिने सुविधाबाट ग्राहकहरुको अमुल्य समय बचाउन पाउँदा हामी ज्यादै उत्साहित छौँ । हामी आशावादी छौँ कि खल्ती को यो सेवाले हाम्रो डिजिटल नेपाल को अभियानमा थप टेवा पुग्नेछ,’ सोसियल मिडिया तथा कन्टेन्ट मार्केटिंगकी वरिष्ठ अधिकारी रोनिका श्रेष्ठले भनिन् ।

 

Share News