काठमाडौं । पाँचखाल तथा बारा जिल्लाको आर्थिक क्षेत्र विकासको लागि विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)बीच सम्झौता भएको छ ।
उक्त सम्झौचामा आर्थिक क्षेत्र प्राधिकरणको तर्फबाट कार्यकारी निर्देशक बलराम रिज्याल र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरे ।
सम्झौताको मुख्य उद्देश्य पाँचखाल र बारा जिल्लाको सिमरामा अवस्थित विशेष आर्थिक क्षेत्र ब्लक ‘बी’ र ‘सी’ को प्राविधिक र आर्थिक प्राविधिक विश्लेषण, परियोजनाको बजारीकरण र विकासकर्ता छनौटका लागि आवश्यक सहयोग गर्नु र बैंकको तर्फबाट स्वपुंजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग गर्नु रहेको बैंकले जनाएको छ ।