कटहरीया नगरपालिकामा साधना लघुवित्तको नयाँ शाखा विस्तार
काठमाडाैं । साधना लघुवित्त वित्तिय संस्थाले रौतहट जिल्लाको कटहरीया नगरपालिकाको वडा न.६ जलैयाचौकमा नयाँ शाखा कार्यालयकाे उदघाटन गरेको छ । संस्थाले आइतबार उक्त नयाँ शाखाकाे उद्घाटन गरेकाे हाे । शाखा कार्यालयको औपचारिक उदघाटन प्रमुख अतिथी कटहरीया नगरपालिकाको मेयर सियाराम प्रसाद कुशवाहाले दिप प्रजवलन तथा रिबन काटेर कारोवारको शुभारम्भ गरेका थिए । संस्थाले हाल सम्ममा हिमाल, पहाड र तराईका गरी ९३ वटा शाखा कार्यालयहरु मार्फत संस्थाको पहुच ३१ वटा जिल्लाका ७६ हजार भन्दा वढी विपन्न परिवारमा पुगेको छ र हाल सम्म संस्थाको लगानीमा रहेको कर्जा ३ अर्ब ७५ करोड र बचत ९० करोड भन्दा बढी सदस्यहरुवाट संकलन गर्न सफल भएको छ ।
मध्य भोटेकोशीको आईपीओः पहिलो दिनमै मागभन्दा बढी आवेदन, कतिले भरे सेयर ?
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओमा पहिलो दिनमै साढे ५ लाख जनाले आवेदन दिएका छन् । असोज २० गतेदेखि सेयर निष्काशन तथा बिक्री खुला भएको कम्पनीको सेयरमा पहिलो दिनमै ५ लाख ५२ हजार १६७ जना आवेदकले आवेदन दिएका हुन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आज पौने ६ बजेसम्ममा ८८ लाख ९१ हजार ९७० कित्ता अर्थात ८८ करोड ९१ लाख ९७ हजार रुपैयाँ बराबरको आवेदन परिसकेको छ । जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा १.०८५ गुणा बढी आवेदन हो । कम्पनीले कूल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ । र, बाँकी रहेको ८१ लाख ९० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन् । असोज २० गतेदेखि निष्काशन भएको सेयर असोज २५ गतेसम्ममा आवेदन दिन पाइने छ । यससँगै इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई बैंक रहेको छ भने प्रत्याभुतकर्तामा नागरिक लगानी कोष रहेको छ ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ्गमा २१०० मा आजिवन डिम्याट खाता
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले आजिवन डिम्याट खाताको योजनामा ९०० रुपैयाँ छुट दिने भएको छ । कम्पनीले नेपालमै पहिलोपटक नेपालमा ल्याएको आजिवन डिम्याट योजनामा ९०० रुपैयाँको छुटसहित २१०० रुपैयाँमा बनाइदिने भएको हो । कम्पनीले ३००० रुपैयाँमा २०७७ साल पौष २६ गतेदेखि यो योजना ल्याएको थियो । यो योजना असोज २१ गतेदेखि २९ गतेकासम्म लागु हुने कम्पनीले जनाएको छ । यस्तो सुबिधा विद्यमान खातावालाहरुले पनि आफुले भुक्तानी गर्नुपर्ने नबिकरण वापतको बाँकी रकम भुक्तानी गरी प्राप्त गर्न सक्नेछन् । साथै आजिवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्नको लागि नबिल इन्भेष्टको वेबसाइटमा गई खोल्न सकिने छ भने नविकरण वापतको भुक्तानी गर्न बाँकी रकम पनि https://onlinedemat.nabilinvest.com.np/Payment/DematRenew मा गई अनलाईनबाट नै भुक्तानी गर्न सकिनेछ ।