नबिल इन्भेष्टमेन्ट बैंकिङ्गमा २१०० मा आजिवन डिम्याट खाता

<p>काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले आजिवन डिम्याट खाताको योजनामा ९०० रुपैयाँ छुट दिने भएको छ । कम्पनीले नेपालमै पहिलोपटक नेपालमा ल्याएको आजिवन डिम्याट योजनामा ९०० रुपैयाँको छुटसहित २१०० रुपैयाँमा बनाइदिने भएको हो । कम्पनीले ३००० रुपैयाँमा २०७७ साल पौष २६ गतेदेखि यो योजना ल्याएको थियो । यो योजना असोज २१ गतेदेखि २९ गतेकासम्म लागु हुने [&hellip;]</p>

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले आजिवन डिम्याट खाताको योजनामा ९०० रुपैयाँ छुट दिने भएको छ । कम्पनीले नेपालमै पहिलोपटक नेपालमा ल्याएको आजिवन डिम्याट योजनामा ९०० रुपैयाँको छुटसहित २१०० रुपैयाँमा बनाइदिने भएको हो ।

कम्पनीले ३००० रुपैयाँमा २०७७ साल पौष २६ गतेदेखि यो योजना ल्याएको थियो । यो योजना असोज २१ गतेदेखि २९ गतेकासम्म लागु हुने कम्पनीले जनाएको छ ।

यस्तो सुबिधा विद्यमान खातावालाहरुले पनि आफुले भुक्तानी गर्नुपर्ने नबिकरण वापतको बाँकी रकम भुक्तानी गरी प्राप्त गर्न सक्नेछन् ।

साथै आजिवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्नको लागि नबिल इन्भेष्टको वेबसाइटमा गई खोल्न सकिने छ भने नविकरण वापतको भुक्तानी गर्न बाँकी रकम पनि https://onlinedemat.nabilinvest.com.np/Payment/DematRenew मा गई अनलाईनबाट नै भुक्तानी गर्न सकिनेछ ।

Share News