माछापुच्छ्रे बैंक र श्रमज्योति सहकारीको सहकार्यमा डेबिट कार्डको सुरुवात
काठमाडाैं । माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकहरुका लागि डेबिट कार्डको सुरुवात गरेकाे छ । नेपाल विद्मुत प्राधिकरणकाे प्राङ्गणमा औपचारिक कार्यक्रम गरी सहकार्य सुरु गरेकाे हाे । कार्यक्रममा नेपाल विद्मुत प्राधिकरणका तर्फबाट उप कार्यकारी निर्देशक डिल्लि रमण दाहाल, श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लोकेन्द्र बहादुर साउद र बैंकका तर्फबाट नायव महाप्रबन्धक सर्जु कुमार थापाले उक्त सेवाकाे संयुक्त रुपमा औपचारिका उद्घाटन गरे । डेबिट कार्डकाे प्रयाेगले डिजिटल क्षेत्रलाई प्रोत्साहित गरी बैंकिङ्ग कारोबार अझ सहज र सुदृढ हुने विश्वास बैंक र सहरकारीले जनाएकाे छ ।
शिखर इन्स्योरेन्स १८ औं वर्षमा, सबैभन्दा बढी प्रिमियम संकलन गर्न सफल
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी स्थापनाको १७ औं वर्ष पुरा गरी १८ औं वर्षम प्रवेश गरेको छ । २०६१ मंसिर २ गतेदेखि कम्पनीले निर्जीवन बीमा व्यवसायको शुभारम्भ गरेको थियो । कम्पनीले १७ औं वार्षिकोत्सवको अवसरमा दश वर्ष सेवा अवधि पूरा गरेका २५ जना कर्मचारीलाई सम्मान गरेको छ । यसका साथै कम्पनीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका थिए । सुरुमा कम्पनी स्थापना गर्दा १० करोडको चुक्ता पुँजी भएको शिखर इन्स्योरेन्स आज १७५ करोडको चुक्ता पुँजी रहेको छ । शिखर इन्स्योरेन्स आ।व २०७७र०७८ मा निर्जिवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा बढी ३९७ करोडको बीमाशुल्क आर्जन गर्न कम्पनी बन्न सफल भएको थियो । यसले उपत्यकाभित्र १६ र उपत्यका बाहिर ७६ सहित कुल ९२ वटा शाखा कार्यालय मार्फत निर्जीवन बीमा व्यवसाय गर्दै आइरहेको छ ।
बागमतीमा भन्दा कर्णालीमा घरजग्गाको मूल्यवृद्धि बढी
काठमाडौं । बागमती प्रदेशमा भन्दा कर्णाली प्रदेशमा घरजग्गाको मूल्यवृद्धि बढेको छ । नेपाल राष्ट्र बैंकले तयार पारेको घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन अनुसार सबैभन्दा बढी कर्णालीमा घरजग्गाको मूल्यवृद्धि भएको पाइएको छ । मालपोत कारोबारको आधारमा आर्थिक वर्ष २०७७/७८ को पहिलो नौ महिनामा कर्णालीमा घरजग्गाको मूल्य औसत २३.८८ प्रतिशतले बढेको छ । उता बागमती प्रदेशमा भने सबैभन्दा कम अर्थात ५.९५ प्रतिशतले घरजग्गाको मूल्य बढेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, प्रदेश नं. २ मा १७.४२ प्रतिशत, लुम्बिनीमा १४.४५ प्रतिशत, प्रदेश नं. १ मा १४.२० प्रतिशत, गण्डकीमा ११.८३ प्रतिशत र सुदूरपश्चिममा ६.३५ प्रतिशतले घरजग्गाको मूल्य बढेको छ । यो तथ्यांक मालपोत कार्यालयबाट संकलित हो । त्यस्तै, बैंकले वाणिज्य बैंकहरुले कर्जा प्रवाह गर्दा गरेको घर जग्गाको मूल्याङकनको आधारमा भने गण्डकी प्रदेशमा सबैभन्दा बढी मूल्यवृद्धि भएको देखिन्छ । गत आर्थिक वर्षको पहिलो नौ महिनामा गण्डकीमा घरजग्गाको मूल्य औषत १९१९ प्रतिशतले बढेको छ । त्यस्तै, कर्णालीमा १९.०२, बागमतीमा १८.२६, सुदूरपश्चिममा १६.३२, प्रदेश नं. २ मा १६.०२ प्रतिशत, प्रदेश नं. १ मा १५.१४ र लुम्बिनी प्रदेशमा घरजग्गाको मूल्य ४.३२ प्रतिशतले बढेको छ । उता आर्थिक वर्ष २०७६/७७ मा भने बैंकिङ्ग मूल्याङ्कनको आधारमा प्रदेश नं. २ मा सबैभन्दा धेरै ४३.११ प्रतिशतले घरजग्गाको मूल्य बढेको राष्ट्र बैंकले जनाएको छ । केन्द्रिय बैंकले वाणिज्य बैंकहरुको घरजग्गाको धितोमा प्रवाह भएको कर्जा कारोबार संख्या र शाखा सञ्जालको आधारमा ६ वटा बैंकलाई लिएको छ । जसमा नेपाल बैंक, एनआईसी एशिया बैंक, ग्लोबल आईएमई बैंक, एभरेष्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक रहेका छन् । राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ लाई आधार वर्षको रुपमा लिई नेपालमा पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण गरेको हो । घरजग्गाको मूल्यमा आउने उतारचणव मापन गर्ने उद्देश्यले केन्द्रिय बैंकले उक्त सर्वेक्षण गरेको हो । सम्बन्धित समाचार घर जग्गाको मूल्यवृद्धि २६ प्रतिशत, सर्वेक्षण महंगो नगर क्षेत्रमा मात्र