महालक्ष्मी लाइफले पोखरामा दियो बीमा सचेतना प्रशिक्षण कार्यक्रम
पोखरा । महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम पोखरामा सम्पन्न भएको छ। पोखरा महानगर वडा न ३३ कालिकास्थानको सरस्वती टीका मा बि मा पोखरा क्षेत्रको पहिलो कार्यक्रम सम्पन्न भएको हो । सो अभियानको पोखरा महानगरपालिका वडा न ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले उद्घाटन गरेका थिए । आचार्यले जीवन बीमा अब मानव जीवनको आधारभुत आबश्यकता भैसकेको भन्दै बीमाबारे जागरण ल्याउन महालक्ष्मीको कदम प्रशंसनीय भएको बताए । उनले बीमाले जीवन र परिवारको आर्थिक र पारिवारिक सुरक्षा प्रदान गर्ने हुदा निश्चिन्त भएर बीमा कर्ममा लाग्न युवाहरुलाई आग्रह गरे। सो अवसरमा उक्त इन्स्योरेन्सका गण्डकी क्षेत्रीय प्रबन्धक अखिल धमलाले ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण राष्ट्रिय अभियान उद्देश्यको बारेमा प्रमुख प्रशिक्षण प्रदान गरेका थिए । १०० भन्दा बढी युवा विद्यार्थी सहभागी सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिती अध्यक्ष रिशिराज आचार्य शिक्षक अभिभावक संघ अध्यक्ष गणेशप्रसाद ढकाल, सो इन्स्योरेन्सका पोखरा शाखा प्रबन्धक रामजी प्रसाद लम्साल, युवासँग महालक्ष्मी लाइफका केन्द्रिय सदस्य चन्द्रकुमारी राना, एजेन्सी म्यानेजर दिपकराज आचार्य लगाएतले जीवन बीमा र महत्वबारेमा प्रकाश पारेका थिए । युवासँग महालक्ष्मी पोखराका संयोजक सन्तोष पराजुलीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
लाभांश पारित गर्न मेरो माइक्रोफाइनान्सले बोलायो एजीएम, तोक्यो बुक क्लोजको मिति
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आगामी मंसिर २४ गते वार्षिक साधारणसभा (एजीएम) आव्हान गरेको छ । संस्थाले सो दिन बिहान ११ः३० बजे नुवाकोटको बट्टारस्थित होटल वाटर टावरमा आफ्नो नवौं वार्षिक साधारणसभा गर्न लागेको हो । उक्त सभामा जाने प्रयोजनको लागि संस्थाले आगामी मंसिर ९ गतेदेखि मंसिर २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यससँगै मंसिर ८ गतेसम्म कायम सेयरधनीले संस्थाले प्रस्तावित गरेको गत वर्षको लाभांश पाउने छन् । संस्थाले सेयरधनीलाई २० प्रतिशत बोनस र १.०५२६ प्रतिशत नगद (कर प्रयोजनको लागि) गरी २१.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावलाई आगामी साधारणसभाले पारित गर्दै छ । सम्बन्धित सामाग्री मेरो माइक्रोफाइनान्सले सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने
नेशनल माइक्रोफाइनान्सले घोषणा गर्यो ४५ प्रतिशत लाभांश, बोनस कति ?
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ४५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । मंसिर १ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत वर्षको नाफाबाट सो मात्राको लाभांश वितरण गर्ने घोषणा गरेको हो । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ४० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कूल ४५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । प्रस्तावित लाभांश अघिल्लो वर्षको तुलनामा १८ प्रतिशत बढी हो । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २७ प्रतिशत (२१ प्रतिशत बोनस र ६ प्रतिशत नगद) लाभांश वितरण गरेको थियो । हाल संस्थाको चुक्ता पुँजी ४१ करोड ९० लाख रुपैयाँ छ । ४० प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ५८ करोड ६६ लाख रुपैयाँ नाघ्ने छ ।