नेप्सेमा २ करोड कित्ता आईपीओ सूचीकृत, बिहीबारदेखि किनबेच गर्न पाइने

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा एकैदिन २ करोड कित्ता साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ । न्यादी हाइड्रोपावर र सामलिङ्ग पावर कम्पनीको गरी सो मात्राको आईपीओ नेप्सेमा थपिएको हो । जसमध्ये न्यादी हाइड्रोपावरको एक करोड ५० लाख कित्ता रहेको छ । यससँगै संस्थाको उक्त सेयर मंसिर ९ गते बिहीबारदेखि दोश्रो बजारमा किनबेच गर्न पाइने छ । दोश्रो बजारमा पहिलो कारोबारको लागि नेप्सेले न्यूनतम ९४.१३ रुपैयाँदेखि अधिकतम २८२.३९ रुपैयाँ तोकिदिएको छ । लगानीकर्ताले संस्थाको स्टक सिम्बोल ‘एनवाईएडीआई’ बाट न्यादीको सेयर कारोबार गर्न पाउने छन् । त्यस्तै, सामलिङ्ग पावर कम्पनीको ५० लाख कित्ता सेयर सूचीकृत भएको हो । यससँगै लगानीकर्ताले मंसिर ९ गतेदेखि संस्थाको सेयर किनबेच गर्न पाउने छन् । दोश्रो बजारमा पहिलो कारोबारको लागि संस्थाको ओपनिङ्ग रेञ्ज न्यूनतम ९८.७७ र अधिकतम २९६.३१ रुपैयाँ तोकिएको छ ।

एनआईसी एशिया क्यापिटलकाे नयाँ फण्ड: १०.२५ प्रतिशत प्रतिफल पाइने

काठमाडौं । एनआईसी एशिया क्यापिटलले इन्कम ग्यारेन्टिड फण्ड नामक लगानी व्यवस्थापन योजना ल्याएकाे छ । क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत उच्च प्रतिफल सहितको याे फण्ड संचालनमा ल्याएकाे हाे । विशेष गरी यो योजना नियमित आय आवश्यक पर्ने, जोखिम लिन नचाहने, अवकाश प्राप्त, गृहणी लगायतका लगानीकर्ताहरुलाई मध्यनजर गर्दै संचालनमा ल्याइएको कम्पनीले जनाएकाे छ । यस योजना अन्तर्गत लगानीकर्ताहरुले वार्षिक १०.२५ प्रतिशत निश्चित प्रतिफल प्राप्त गर्नेछन् कम्पनीकाे अनुसार यस योजनामा सहभागी हुनको लागि न्युनतम १० लाख लगानीबाट सुरु गर्न सकिनेछ ।  

आशा लघुवित्तका अध्यक्ष भट्टचनले लिए शपथ

काठमाडाैं । आशा लघुवित्त वित्तीय संस्था अध्यक्ष निर्गुण प्रसाद भट्टचन शपथ ग्रहण गरेका छन् । उनले आज (मंसिर ८ गते) नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकालबाट अर्को  अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन् । उनलाई कार्तिक २७ गतको बसेकाे संस्थाको संचालक समितिको बैठकले अध्यक्षमा चयन गरेकाे थियाे । ‘विपन्नको समुदायको निम्ति आशा’’ भन्ने मुल नाराको साथ २०७३ भाद्र १५ गते देखि कारोबार शुरु गरेको संस्थाको हालसम्ममा ६८ हजार ग्राहक सदस्य मार्फत ४ अर्ब ४८ करोड कर्जा लगानीमा रहिरहेको तथा १ अर्ब ४३ करोड निक्षेप संकलन गरेको प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले जानकारी दिए ।