काठमाडौं । एनआईसी एशिया क्यापिटलले इन्कम ग्यारेन्टिड फण्ड नामक लगानी व्यवस्थापन योजना ल्याएकाे छ । क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत उच्च प्रतिफल सहितको याे फण्ड संचालनमा ल्याएकाे हाे ।
विशेष गरी यो योजना नियमित आय आवश्यक पर्ने, जोखिम लिन नचाहने, अवकाश प्राप्त, गृहणी लगायतका लगानीकर्ताहरुलाई मध्यनजर गर्दै संचालनमा ल्याइएको कम्पनीले जनाएकाे छ ।
यस योजना अन्तर्गत लगानीकर्ताहरुले वार्षिक १०.२५ प्रतिशत निश्चित प्रतिफल प्राप्त गर्नेछन् कम्पनीकाे अनुसार यस योजनामा सहभागी हुनको लागि न्युनतम १० लाख लगानीबाट सुरु गर्न सकिनेछ ।