बलवा नगरपालिकामा सिटिजन्स बैंककाे शाखारहित बैंकिङ्ग सेवा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले महोत्तरी जिल्लाको बलवा नगरपालिका ८७ ओैँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले शुक्रबारबाट उक्त सेवाको सुरुवात गरेको हो । देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गर्दै आएको छ । यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु समेत उपलब्ध गराउने बैंकले जानकारी दिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए।टि।एम। र ८७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
एकैदिन ८८ अंकले घट्यो नेप्से, परिसूचक माघ यताकै न्यून बिन्दुमा
काठमाडौं । सेयर बजार निरन्तर रुपमा घटिरहेको छ । आइतबारको कारोबारमा नेप्से परिसूचक एकैदिन ८८.७० अंकले घटेको छ । आइतबार कारोबार खुलेदेखि निरन्तर घटेको परिसूचक अन्त्यमा २३६१.२७ बिन्दुमा अडेको छ । जुन अघिल्लो दिनको तुलनामा ३.६२ प्रतिशत घटी हो भने गत माघ यताकै न्यून बिन्दु हो । गत माघ ६ गते परिसूचक ३२४२ बिन्दुमा रहेको थियो । त्यसयताको कारोबार परिसूचक उक्त बिन्दुसम्म झरेको थिएन । परिसूचक घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । गत बिहीबार २ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा आइतबार ३ अर्ब ३८ करोड बराबरको सेयर कारोबार भएको छ । जुन ७१ करोड रुपैयाँले बढी हो । बजारमा सबैभन्दा बढी मञ्जुश्री फाइनान्सको सेयर कारोबार भएको छ । फाइनान्सको एकैदिन ३१ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार एक लघुवित्त र एक म्युचुअल फण्डको कारोबार सर्किट लेभलमा घटेर कारोबार भएको छ । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत घटेर प्रतिकित्ता ११११ रुपैयाँमा झरेको छ भने लक्ष्मी इक्विटीको इकाई मूल्य ९.६२ प्रतिशतले घटेर प्रतिइकाई ९.४० रुपैयाँ कायम भएको छ । बढी कारोबार भएको फाइनान्सको सेयर मूल्य पनि बढेको छ । फाइनान्सले गत वर्षको बम्पर लाभांश घोषणा गरेसँगै फाइनान्सको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो । आइतबार फाइनान्सको सेयर मूल्य ४.५५ प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ८० रुपैयाँ पुगेको छ । त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ४.४६ प्रतिशतले बढेर प्रतिकित्ता ४९९.३० रुपैयाँ पुगेको छ । आइतबार कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जसमध्ये निर्जीवन बीमा समूह सर्वाधिक अर्थात ४९० अंकले घटेको छ ।
मुद्रा विप्रेषक संघको अध्यक्षमा सिटी एक्सप्रेसका चन्द्र टण्डन
काठमाडौं । नेपाल मुद्रा विप्रेषक संघको अध्यक्षमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका चन्द्र टण्डन चयन भएका छन् । शुक्रबार सम्पन्न १६ औं वार्षिक साधरसभाले संघको अध्यक्षमा टण्डनलाई चयन गरेकाे हाे । रितेश मित्तल(नेपाल रेमिट ईन्टरनेशनल), महासचिवमा सञ्जय सिग्देल (सूर्या रेमिट ), कोषाध्यक्षमा ईन्द्र प्रसाद शर्मा (आईपे रेमिट) तथा सचिवमा दिपेन्द्र खनाल (ईजिलिङ्क रेमिट्यान्स) चयन भएका छन् । यसैगरी सदस्यतर्फ प्रविन अधिकारी (क्यास वे मनिट्रान्सफर), दिवाकर पौडेल (जिएमई रेमिट) र सञ्जिव पाठक एटिटि रेमिट) चयन भएका छन् । यस्तै संघको विधानत अध्यक्षबाट मनोनित हुने २ जना सदस्यहरुमा भने युमा श्रेष्ठ ( हिमालयन बैंक) र रामेश्वर सापकोटा (प्रभू मनिट्रान्सफर) मनोनित भएका छन् । सभामा संघको कार्य प्रगती प्रतिवेदन प्रस्तुत गर्दे पुर्व अध्यक्ष सुमन पोखरेलले रेमिट्यान्सको पछिल्लो अवस्था सन्तोषजनक नरहेको बताउँदै औपचारिक माध्यमबाट रेमिट्यान्स भित्राउन सबैले सामुहिक प्रयत्न गनुपर्नेमा जोड दिए । सभामा संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दे संघका पुर्व महासचिव रितेश मित्तलले कोभिड १९ का कारण नकरात्मक हुने अपेक्षा गरिएको रेमिट्यान्स गत आर्थिक वर्षमा बृद्धि भएको तर यस आर्थिक वर्षमा भने शुरु देखिनै रेमिटेन्स आप्रवाहमा आएको गिरावटप्रति चिन्ता व्यक्त गरेका थिए । त्यस्तै प्रभू ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचनले रेमिट्यान्स व्यवसायलाई अझ व्यवस्थित र प्रविधिमैत्रि बनाउन आफू लागी पर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।