काठमाडाैं । कालिका लघुवित्त वित्तीय संस्थाको सम्पूर्ण शाखाहरुको शाखा प्रमुख स्तरीय २ दिने गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।
कास्कीको पोखरामा केन्द्रीय कार्यालय रहेको संस्थाकाे मंसिर २५ र २६ गते ९१ शाखाहरुबाट शाखा प्रमुख एवं शाखाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
गोष्ठीको उद्घाटन सत्रको अध्यक्षता प्रबन्ध संचालक केशवनारायण प्रधानले गरेका भने प्रमुख अतिथिको रुपमा संस्थाका संचालक चन्द्र बहादुर क्षेत्रीले कार्यक्रमकाे उद्घाटन गरेका थिए ।
उक्त २ दिने गोष्ठीमा शाखाहरुमा देखिएका समस्याहरु, लक्ष्य हासिलका लागि अपनाईने आगामी योजना र समस्या समाधानका उपायहरुको वारेमा विस्तृत छलफल भई संस्थाको नीति नियमको परिधिमा रही कारोबार संचालनको लागि प्रबन्ध संचालक प्रधानले निर्देशन दिएका थिए ।
कार्यक्रमको अन्तमा विभिन्न विधामा उत्कृष्ठ भएका शाखाहरुलाई संचालक विश्व नेपाल, प्रवन्ध संचालक केशवनारायण प्रधान लगायतले सम्मान गर्दै प्रमाण पत्र वितरण गरेका थिए ।