काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले महोत्तरी जिल्लाको बलवा नगरपालिका ८७ ओैँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले शुक्रबारबाट उक्त सेवाको सुरुवात गरेको हो ।
देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गर्दै आएको छ ।
यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु समेत उपलब्ध गराउने बैंकले जानकारी दिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए।टि।एम। र ८७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।