ग्लोबल आइएमई लघुवित्तको २८ प्रतिशत लाभांश पारित, सम्पन्न भयो साधारणसभा
काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको प्रस्तावित २८ प्रतिशत लाभांश पारित भएको छ । मंगलबार सम्पन्न संस्थाको नवौं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै, सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २८ प्रतिशत बोनस सेयर पाउने भएका छन् । प्रस्तावित बोनस सेयर वितरण पश्चात् संस्थाको चुक्ता पुँजी ५५ करोड २५ लाख रुपैयाँ पुग्नेछ । सभाले वित्तीय संस्थाले आर्थिक बर्ष २०७७/०७८ मा संचालन मुनाफा ३४ करोड ९४ लाख रुपैयाँ र कर पछिको मुनाफा २१ करोड ८३ लाख आर्जन गरेको वित्तीय विवरण पारित गरेको छ । संस्थाले हाल ५४ जिल्लाका ११८ वटा शाखा कार्यालयहरु मार्फत १ लाख ३७ हजार भन्दा बढी सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै करिब २ अर्ब ४५ करोड बचत संकलन गरी करिब ७ अर्ब ८९ करोड लगानी गरेको छ । साथै, निकट भविष्यमा थप जिल्लाहरुमा समेत आफ्ना सेवाहरु विस्तार गर्ने संस्थाको लक्ष्य छ । संस्थाको सभा मंसिर २८ गते कास्कीको होटल पोखरा ग्राण्डमा भएको हो ।
प्रभु लाइफ इन्स्योरेन्सले समता शैक्षिक गुठीलाई दियो ५ लाख रुपैयाँ
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले समता शैक्षिक गुठीलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । इन्स्योरेन्सले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा नेपालका ७७ जिल्लाभरि कूल ८० विद्यालय संचालन गरिरहेको उक्त गुठीलार्ई सो मात्राको सहयोग गरेको हो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले उक्त रकम हस्तान्तरण गरेका थिए । कम्पनीले आफ्नो पाँचौ वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजनाकासाथ सम्पन्न गरेको छ । कम्पनीले यसै उत्सव पारेर आफ्नो वार्षिक रुपमा संचालित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्ष निम्न आयस्तर भएका अभिभावकका बालबालिकाहरुका शिक्षाको लागि यथासक्य योगदान गर्ने कार्यक्रम संचालन गरेको छ । गत वर्ष पनि यसैगरी कम्पनीले उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका सम्पूर्ण ट्राफिक कर्मचारीहरुका लागि कोभिड १९ बाट बच्नका लागि तयार पारिएको मास्क, स्यानिटाईजर तथा हात धुने साबुन भएको किट वितरण गरेको थियो । सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरुले समेत आ-आफ्नो क्षेत्रका ट्राफिक कार्यालय, विद्यालय वा सार्वजनिक स्थानमा सो किटहरु वितरण गरेका थिए ।
२ म्युचुअल फण्ड बाहेक सबैको सेयर मूल्य बढ्यो, एकैदिन ६० कम्पनीमा लाग्यो सर्किट
काठमाडौं । मंगलबारको बजारमा ६० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । करिब अडाई २ घण्टा मात्रै खुलेको बजारमा कारोबारमा आएका मध्ये ६० कम्पनीको सेयर १० प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भएको हो । उक्त ६० कम्पनीमध्ये ४३ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । र, बाँकी १७ कम्पनीको प्रतिकित्ता सेयर साढे ९ प्रतिशतभन्दा बढी मूल्यमा बढेको छ । मंगलबार सर्किट लेभलमा सेयर किनबेच हुनेमा अधिकांश हाइड्रो र फाइनान्स समूहका कम्पनी रहेका छन् । त्यस्तै, केही माइक्रोफाइनान्स, केही विकास बैंक छन् भने वाणिज्य बैंक अन्तर्गतका एउटा पनि छैनन् । त्यस्तै, आजै साधारणसभा र बुक क्लोजको मिति तय गरेको नेपाल रि इन्स्योरेन्सको सेयर पनि सर्किट लेभलमा कारोबार भएको छ । इन्स्योरेन्सको सेयर मूल्य ९.६३ प्रतिशतले बढेर प्रतिकित्ता १२३९ रुपैयाँ पुगेको छ । ६ प्रतिशतले बढेको बजारमा पनि दुई म्युचुअल फण्डको इकाई मूल्य भने घटेको छ । नबिल ब्यालेन्स्ड फण्ड ३ र कुमारी इक्विटी फण्डको इकाई मूल्य सामान्य अर्थात ०.२१ र ०.११ प्रतिशतले घटेको छ । यससँगै यी दुईको प्रतिइकाई मूल्य क्रमशः ९.४१ र ८.८९ रुपैयाँमा झरेको छ । सेयर मूल्य १० प्रतिशतले बढेका ६० कम्पनी सम्बन्धित समाचार साढे एक घण्टा अघि नै बन्द भयो मंगलबारको सेयर बजार सेयर कारोबार पुनः सुचारु नेप्सेमा लाग्यो सर्किट ब्रेक, सेयर कारोबार स्थगित सेयर बजारमा छायो हरियाली, एक घण्टामै ९० अंकले बढ्यो परिसूचक