बेष्ट फाईनान्सको शाखा लगनखेलमा

<p>काठमाडौं । बेष्ट फाईनान्स कम्पनीको ललितपुर थतिचोकमा रहेको लगनखेल शाखा कार्यालय लगनखेल बसपार्कसँंगै स्थानान्तरण गरी आईतबारबाट संचालनमा आएको छ । उक्त नयाँ शाखा कार्यालयको महिला संचालक लक्ष्मी श्रेष्ठ र पूर्व संचालक मिलन थापाले संयुक्त रुपमा उद्घाटन गरेका छन् । यस वेष्ट फाईनान्स कम्पनीले हाल १४ वटा शाखा कार्यालय मार्फत वित्तिय सेवा दिँदै आएको छ । [&hellip;]</p>

काठमाडौं । बेष्ट फाईनान्स कम्पनीको ललितपुर थतिचोकमा रहेको लगनखेल शाखा कार्यालय लगनखेल बसपार्कसँंगै स्थानान्तरण गरी आईतबारबाट संचालनमा आएको छ ।

उक्त नयाँ शाखा कार्यालयको महिला संचालक लक्ष्मी श्रेष्ठ र पूर्व संचालक मिलन थापाले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

यस वेष्ट फाईनान्स कम्पनीले हाल १४ वटा शाखा कार्यालय मार्फत वित्तिय सेवा दिँदै आएको छ ।

यस फाइनान्सले डिजिटल बैकिङ्ग सेवा लगायत सबै प्रकारका बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ । फाइनान्सले हालै अनलाइन खाता खोल्ने सुविधा संचालनमा ल्याएको छ जसबाट देशविदेशमा रहेका नेपालीहरुले अनलाइन खाता खोल्न सक्नेछन् ।

Share News