गेटवे पेमेन्ट र भारतको एनपीसीआई इन्टरनेसनल तथा मनम इन्फोटेकबीच सम्झौता

<p>काठमाडौं । गेटवे पेमेन्ट सर्विस प्रालिले भारतस्थित एनपीसिआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको छ । गेटवेले अन्तरआवद्दता तथा मोबाइल फर्स्ट प्रविधीमा आधारित युनीफाईड पेमेन्ट इन्टरफेस नेपाल संचालनको लागि भारतकाे उक्त दुई कम्पनीसँग सम्झाैता गरेकाे हाे । उक्त सम्झौतामा अध्यक्ष कमलनाथ प्रधान साथै एनपीसिआई इन्टरननेसनलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला र डिजिटल बैंकिङ्ग तथा भुक्तानी [&hellip;]</p>

काठमाडौं । गेटवे पेमेन्ट सर्विस प्रालिले भारतस्थित एनपीसिआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको छ ।

गेटवेले अन्तरआवद्दता तथा मोबाइल फर्स्ट प्रविधीमा आधारित युनीफाईड पेमेन्ट इन्टरफेस नेपाल संचालनको लागि भारतकाे उक्त दुई कम्पनीसँग सम्झाैता गरेकाे हाे ।

उक्त सम्झौतामा अध्यक्ष कमलनाथ प्रधान साथै एनपीसिआई इन्टरननेसनलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला र डिजिटल बैंकिङ्ग तथा भुक्तानी सेवामा लामो अनुभव रहेको भारतीय फिन्टेक कम्पनी मनम इन्फोटेकका तर्फबाट निर्देशक नागाबाबु रामिनेनीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतासँगै अब विभिन्न बैंक वित्तिय संस्था, भुक्तानी सेवा प्रदायकबीचमा अन्तरआवद्व विद्युतिय भुक्तानीको संजाल संचालन गर्ने र भारतबाट विभिन्न भुक्तानी सेवा प्रदायक (जस्तै पेटीएम, गुगलपे, फोनपे आदी) मार्फत नेपालस्थित कुनै पनि बैंक खातामा वा वालेट खातामा तुरुन्तै रकमान्तर गर्न सक्ने व्यवस्था गर्न लागिएको हो ।

साथै यस सेवाको सुरुवातसँगै भारतियहरु नेपाल आउँदा क्युआर कोड स्क्यान गरी सजिलै भुक्तानी गर्नसक्ने र नेपालीहरुले भारतमा यात्रा गर्दा भारत–क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् ।

प्रारम्भिक चरणमा आगामी तीन महिन भित्र उल्लेखित सेवाहरु सुचारु हुने र एनपीसिआईले भारतमा संचालन गरिरहेको सम्पूर्ण सेवाहरु पनि क्रमिक रूपमा सुरुवात गर्दै जाने गेटवेले जनाएको छ ।

Share News