सप्तरीको मुसहर समुदायमा वित्तीय साक्षरता कार्यक्रम

<p>काठमाडौं । सबैंको लघुवित्त वित्तीय संस्थाले सप्तरीको राजविराज नगरपालिका वडा नं. १४ स्थित पर्साहीमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । सबैको महिला समूहका स्थानीय मुसहर समुदायका सदस्य, सदस्यका छोराछोरीहरु तथा वृद्धवृद्धाहरुको सहभागितामा एक दिने वित्तीय साक्षरता कार्यक्रम गरेको हो । डुम्रेमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको लघुवित्त वित्तीय संस्थाले सप्तरी जिल्ला स्थित तोपाबजार [&hellip;]</p>

काठमाडौं । सबैंको लघुवित्त वित्तीय संस्थाले सप्तरीको राजविराज नगरपालिका वडा नं. १४ स्थित पर्साहीमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । सबैको महिला समूहका स्थानीय मुसहर समुदायका सदस्य, सदस्यका छोराछोरीहरु तथा वृद्धवृद्धाहरुको सहभागितामा एक दिने वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।

डुम्रेमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको लघुवित्त वित्तीय संस्थाले सप्तरी जिल्ला स्थित तोपाबजार शाखाको आयोजनामा सो कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रममा आयआर्जन गर्ने तौरतरिका, स्वावलम्वी हुने तरिका, उद्यमी बन्ने तरिका, बचत गर्ने तरिका, कर्जा तथा बचतका फाइदाहरु, कर्जा सदुपयोगिता गर्दा हुने फाईदाहरु, बालबालिकालाई शिक्षादिक्षाको लागि उत्प्रेरणा, वित्तीय सुशासन, सचेतनामूलक जानकारी, सरसफाई आदि बारेमा जानकारी दिईएको थियो ।

कार्यक्रमका सहभागीहरुले कार्यक्रम ज्ञानमूलक, जानकारीमूलक, ब्यवहारमूलक भएको जानकारी दिएको थिए ।

उक्त कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिस कुमार सिंह, राजविराज नगरपालिका वडा नं. १४ का वडाध्यक्ष शोभालाल मण्डल, पर्साही विद्यालयका प्रधानाध्यापक राजकुमार मण्डल, स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा संस्थाको शाखा कार्यालय तोपाबजारको कार्यक्षेत्र सप्तरी जिल्ला राजविराज नगरपालिका वडा नं. १४ मा अवस्थित पर्साही सबैको महिला समूहका स्थानीय मुसहर समुदायका बालबालिकाहरुलाई स्टेशनरी प्रदान गरेको थियो । उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलद्वारा राजविराज नगरपालिका वडा नं. १४ का वडाध्यक्ष शोभालाल मण्डल लगायत वृद्धवृद्धाहरुलाई ३० थान न्यानो कम्बल वितरण गरेका थिए ।

उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेल, वरिष्ठ प्रवन्धक तथा विभागिय प्रमुख गंगापाल चौधरी, सहायक प्रवन्धक सन्तोष कुमार दत्त, सुपरीवेक्षण अधिकृत प्रेम बहादुर कार्की तथा शाखा कार्यालय तोपाबजारका शाखा प्रवन्धक तथा शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Share News