काठमाडौं । महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत कैलाली उद्योग वाणिज्य संघलाई फर्निचर हस्तान्तरण गरेको छ ।
बैंकले आप्नो सामाजिक उत्तरदायित्व कार्यक्रमलाई थप प्रभावकारी बनाउने ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सोही कार्यक्रम अनुसार बैंकले हसुलीया शाखाले उद्योग बाणिज्य संघको कार्यालयलाई अफिस टेबल २ थान, अफिस स्टिल दराज १ थान, सोफा कुर्सी २ थान, प्लास्टिक कुर्सी ५ थान हस्तान्तरण गरेको हो ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।