आइएमईबाट पैसा प्राप्त गर्दा हरेक दिन मोबाइल र १० लाख रुपैयाँ जित्ने मौका

काठमाडौं । आइएमईले सेवाग्राहीहरूलाई लक्षित गर्दै दशैं अफर सार्वजनिक गरेको छ । यस अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनाले सामसुङ मोबाइल प्राप्त गर्नेछन् । साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनाले २५ हजार र त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेता १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । बुधबार पानीपोखरी काठमाडौंस्थित आइएमई केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत उक्त अफर सार्वजनिक गरिएको हो । कूल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने यस अफर भदौ १६ गतेदेखि कात्तिक १६ गतेसम्म कूल ९ हप्ता अर्थात ६३ दिन लागु हुने ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । अफर अवधिका विजेता सिस्टममा आधारित लक्की ड्र मार्फत सार्वजनिक गरिने र नतिजा कम्पनीका आधिकारिक सामाजिक संजाल पेजहरू तथा मिडिया मार्फत सार्वजनिक गरिने उनले बताए ।

स्रोत नखुलेको ५० लाखसहित पक्राउ परेका घ्याल्चेनलाई जेल चलान

काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको रकमसहित पक्राउ परेका एकजनालाई जेल चलान गरेको छ । प्रहरीले गत साउन १८ गते काठमाडौं महानगरपालिका– ६ भृकुटीचोकमा स्रोत नखुलेको ४९ लाख ५० हजार नगदसहित पक्राउ परेका गोरखा चुननुब्रीका २४ वर्षीय धावा घ्याल्चेनलाई आज केन्द्रीय कारागार सुन्धारा चलान गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले घ्याल्चेनलाई काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार ‘नेपाल राष्ट्र बैँक ऐन, २०५८ को कसूर मुद्दामा’ कारागार चलान गरेको जानकारी दिए । पक्राउ परेका घ्याल्चेनसँग प्रहरीले बा ९९ प ७२०४ नम्बरको मोटरसाइकल ४९ लाख ५० हजार, नागरिकता, मोबाइल र नीलो झोला एक थान बरामद गरेको थियो ।

रिलायन्स लाइफको बर्दिवास र हेटौडामा क्षेत्रीय एजेन्सी भेटघाट सम्पन्न

काठमाडौं । रिलायन्स लाईफ इन्सोरेन्सको बर्दिबास र हेटौडामा ‘क्षेत्रीय एजेन्सी भेटघाट सम्मेलन सम्पन्न भएको छ । कम्पनीले भदौ ८ र ९ गते सम्मेलन सम्पन्न गरेको हो । हरेक वर्ष प्रत्येक क्षेत्रमा गरिँदै आएको एजेन्सी भेलामा कम्पनीको व्यवसायिक प्रयोजनको लागि विभिन्न तालिम दिइएको थियो । उक्त सम्मेलनको प्रमुख अतिथिको रुपमा डेपुटी चिफ एक्जिक्युटिभ अफिसर निराजन कँडेल ज्यूको उपस्थित रहेको थियो । यसका साथै सम्मेलनमा प्रमुख व्यापार अधिकारी सूर्य प्रकाश गुप्ता र सन्दीप कसजु , क्षेत्रीय सहायक प्रबन्धकहरु, तथा रिलायन्स साथीका सो क्षेत्रका सम्पुर्ण सदस्यहरु उपस्थित थिए ।